|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
२८६ रुपियाँ तिरेर फलामको काँटी खान्छन् हाम्रा सभासद काठमाडौँ, September 26, 2008- दुई वर्ष भित्र संघीय गणतान्त्रिक नेपालको समावेशी संविधान निर्माण गर्ने जिम्मेवारी पाएका हाम्रा माननीयहरुले खानासँगै फलामको काँटी खान्छन् भन्दा तँपाईलाई पत्यार नलाग्न सक्छ । तर यो कुनै साहित्यकारको साहित्यक प्लटको शुरुवात भने अवश्य हैन । घट्ना असोज १० गतेको हो । प्रसङ्ग विनियोजन विद्येयक माथिको छलफलको । संविधान सभाका मुली सुवास नेम्वाङ्गले विहान ८ बजेको लागि डाकेको भएपनि ११ बजेसम्म वैठक शुरु भएको थिएन । वैठक ढिलाई हुनुको कारण थियो प्रतिपक्षमा बस्नै नसक्ने काँग्रेसी माननीयहरुको रचनात्क प्रतिपक्षीको भूमिका अर्थात वैठक अवरुद्ध गर्ने अग्रीम चेतावनी । हुन पनि प्रजातन्त्रकालको १२ मध्ये सवा ११ वर्ष शासन सत्तामा हाली मुहाली गरेको पार्टी प्रतिपक्षमा बस्दाको अनुभव जनतालाई देखाउनु त थियो नै । वाहाना थियो माओवादी सभासदहरुका सुरक्षा गार्डहरुको हतियार । खैर- यो विषय तर्फ अहिले नजाउँ । वैठक शुरु हुने छाँटकाँट नदेखेपछि माननीयहरु स्कूले नानीहरु झैं लाम लागेर बसे अन्तराष्ट्रिय सम्मेलन केन्द्र भित्र रहेको क्यान्टिन अगाडि । कुरो बुझी हाल्नु भयो होला हैन विहान ११/१२ बजेको क्यान्टिनको लाइन खानाकै लागि भनेर । सभासदहरु पालै-पालो खानाका परिकार निकाल्दै थिए । लाइनको पुछारमा रहेका माननीयहरु पनि खानाको चुचुरो अगाडि पुगेका मात्र के थिए । ऐया भन्ने आवाज सुनीयो एक्कासी आएको यस्तो आवाज सुनेर सबै माननीयहरु खाना उचालेको गास हातमै लिएर टक्क अडिए । एकै छिनमा त्यहाँ माननीयहरुको भीड लाग्यो । आफूहरु जस्तै गाढा निलो र कालो मिसिएको सुट लगाएको अध वैंसे मानीसको मुखबाट रगत आइरहेको थियो । उनी खानाको प्लेट छाडेर सहयोगको याचना गरी रहेका थिए । पछि थाहा भयो उनी हाम्रै भक्तपुर क्षेत्र न. २ बाट निर्वाचित सुनील प्रजापति रहेछन् । उनको विहानको खानामा क्यान्टिनवालाले काँटी पनि मिसाइ दिएका रहेछन् । आधा इन्च लामो फलामको काँटीले मुखमा घोंचेपछि उनी चिच्याएका रहेछन् । नेपाली उखानमा भने झैं सस्तो वेसाले पखाला लागि हाल्छ नि भन्ने अड्कल बाजी गर्नु भएको छ भने त्यो १६ आना गलत छ है । किनभने संविधान सभा परिसरमा भएको क्यान्टिनमा एक खाना बराबर दुई सय ८६ रुपियाँ बुझाउनु पर्छ । त्यति मात्रै कहाँ हो र? ६ रुपियाँ बजार मुल्य भएको रसबरीलाई ४ सय प्रतिशत बढी मूल्य तिरेर खानु पर्छ त्यहाँ । त्यहाँ पाइने ४८ वटै परिकारहरुको मूल्य बजार भाउभन्दा कम्तिमा सय प्रतिशत बढीका छन् । केही वेरमा वैठक शूरु हुने घण्टी बजेपछि माननीयहरु फेरी इन्टरबल सकिएपछि स्कूले नानीहरु जस्तै खुर्र दौडिए अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा । त्यहाँ पुगेपछि उही सुनील प्रजापति गम्किए 'ओ सभामुख ज्यू ! २ सय ८६ रुपियाँ तिरेर फलामको काँटी खाएर बस्नु । त्यो काँटी मेरो पेटमा पुगेर केही तलमाथि परेको भए को जिम्मेवार हुन्थ्यो ?' आफैले खाने खानाको धेरै मुल्य तिरेर अत्यन्त निम्न स्तरको सेवा उपभोग गरी रहेका हाम्रा माननीयहरुले जनताले चाहे जस्तो संविधान बनाउन सक्लान् ? -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||