Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

लौ चिनौ बेश्यालय धाउने सभासद



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काम कुरो संबिधानतिर सभासद, मन्त्री सुन्दरीतिर

काठमाण्डौ, 2 Mar, 09- वेश्यालमा पुगेर यौन कार्यमा संलग्न युवतीहरुसँग मस्ती गर्दै गर्दा संविधान सभाका एक सदस्य पक्राउ परेका छन् । प्रहरीको पक्राउबाट एक मन्त्री, नेपाली सेनाका उच्च अधिकारीहरु भने भाग्न सफल भएका छन् ।

प्रहरी फन्दामा पर्ने ती अभागी सभासद् रौतहट क्षेत्र नं ४ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद् कृष्णप्रसाद यादव हुन् ।

स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले शुक्रबार बेलुकी महाराजगन्ज सुकुम्वासी बस्ती नजिकै रहेको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा सभासद् यादव यौन सम्पर्क गरिरहेको अवस्थामा युवति सहित पक्राउ परेका थिए । पक्राउ परेका उनलाई प्रहरीले कपडा लगाउन दिएर हिरासतमा ल्याएको थियो । उनलाई दरवारमार्गमा रहेको प्रहरी कार्यालयमा राखिएको छ ।

महाराजगन्ज कान्ति बाल अस्पताल पछाडि रहेको कोठीमा प्रहरीले छापा मार्दा त्यहाँ एकजना बहालवाला मन्त्रीपनि आफ्ना पिए सहित यौन सम्पर्ककालागि गएको तर उनी भाग्न सफल भएको प्रहरीले दावी गरेको छ । ती मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । उनी कुन पार्टीका तर्फबाट मन्त्री बनेका हुन् त्यसबारेपनि जानकारी दिइएको छैन ।

श्रोतका अनुसार भिन्दा भिन्दै कोठामा यौन सम्पर्क गरिरहेको अवस्थामा प्रहरी प्रवेश गरी सभासद् यादवलाई पक्राउ गरेको थाहा पाएपछि अरु कोठामा यौन सम्पर्कमा लिप्त मन्त्री उनका पिए र नेपाली सेनाका उच्च अधिकृत झ्यालबाट हाम्फालेर भागेका थिए । भागेका उनीहरुलाई प्रहरीले केही समय पछ्याएपनि उनीहरु अर्कै गाडी चढेर भागेकाले पक्राउ गर्न नसकेको बताइएको छ । यौन कार्यमा संलग्न तीनजना केटीहरुपनि पक्राउ परेका छन् ।

भाग्न सफल भएका भनिएका मन्त्री आफ्नो गाडी त्यहीं छाडेर भागेका थिए । 'बेहुली' नामक चलचित्रकी अभिनेत्री सुनिता खड्काले साचालन गरेको सो कोठीमा नेपाली सेनाका एकजना उच्च अधिकृतपनि यौन कार्यकालागि पुगेका र उनीपनि भाग्न सफल भएको जानकारी प्रहरीले दिएको छ । यो कोठीमा यौन सम्पर्ककालागि उच्च पदस्थहरुको भीड लाग्ने गरेको थियो । कतिपय यौन ग्राहकहरु कपडै नलगाई भागेको प्रहरी श्रोतको दावी छ ।

संविधान सभामा निर्वाचित सभासद्हरु संविधान निर्माणकालागि जनताको घरदैलो जाने क्रममा रहेका बेला सभासद् यादव पक्राउ परेका हुन् । मधेशी जनअधिकार फोरमका सभासद् प्रमोदकुमार गुप्ताले नेतृत्व गरेको १२ नं टोलीमा रहेका सभासद् यादव शनिवार वारा, पर्सा, रौतहटमा सुझाव संकलनकालागि जाँदै थिए । यादव पक्राउ परेपनि टोली भने शनिवार त्यसतर्फ िहंडिसकेको छ ।

CA Member Krishna Prasad Yadav. Photo archived: Sitaram
  सोही टोलमा लामो समयदेखि अबैध यौन धन्दा भैरहेकाले टोलको इज्जत नै गएको भन्दै केही स्थानीयबासीले प्रहरीलाई खवर गरेपछि लामो तैयारीका साथ प्रहरी छापा मार्न पुगेको थियो । तर प्रहरीलाई के थाहा- मन्त्री र संविधान सभाका सदस्यसमेत सोही कोठीका ग्राहक रहेछन् भन्ने कुरा ! पक्राउ परेकाले सभासद्को पहिचान भएपनि मन्त्रीको नाम थाहा पाउन भने केही समय कुर्नुपर्ने भएको छ । अभिनेत्री खड्काले मसाज पार्लरको आवरणमा कोठी सन्चालन गर्दै आएकी थिइन् ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®