Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बीपी मेमोरियल अस्पतालमा ३ दिनसम्म बेवारिसे शब सभासद्को

काठमाण्डौ, 15 Mar, 09- संविधान सभाले एक आदिवासी सभासद् गुमाएको छ । संविधान निर्माणकालागि जनमत संकलन टोलीमा संलग्न रहेका नेपाली कांग्रेसका सभासद् बोधनारायण सरदार थारु मोटर साइकल दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

उनको मृत्यु कति करुण हुन पुग्यो भने ज्यान गुमाएको ३ दिनपछिमात्र उनी संविधान सभाका सदस्य हुन् भन्ने कुरा थाहा हुन सक्यो ।

संविधान निर्माणकालागि उनलाई संविधान सभा सचिवालयले धनकुटा र सुनसरीको जिम्मा दिएको थियो । फागुन १६ गते उनी काठमाडौंबाट िहंडेका थिए । आफ्नो कार्यक्षेत्रमा पुगेपछि उनी विराटनगर जान्छु भन्दै छुट्टिएका थिए । यसैक्रममा फागुन ३० गते मोटरसाइकलमा सवार सभासद् सरदार विराटनगरतर्फ जाँदै गर्दा दुर्घटनामा परी उनको निधन भएको हो । उनको मोटर साइकल चलाएका दुहवीका लोकेश पोखरेलको पनि निधन भएको छ ।

जानकारी अनुसार विपरित दिशाबाट आइरहेको को ४ प ६७७८ नं को मोटर साइकल र सभासद् सरदार चढेको को ५ प ४११० नं को मोटरसाइकल आपसमा जुधेका थिए । तीब्र गतिमा रहेका दुबै मोटरसाइकल जुधेपछि गम्भीर घाइते सरदारलाई धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा सोही दिन उनको निधन भएको थियो । जुधेको अर्का मोटर साइकलका चालक कुशल पोखरेल चािहं गम्भीर घाइते भएका छन् ।

साथमा परिचय पत्र नरहेका कारण शुरुमा उनको परिचय खुल्न सकेन । उता ३ दिनसम्म परिवारको सम्पर्कमा नआएपछि उनको खोजी सुरु भएको थियो । बीपी मेमोरियल अस्पतालमा बेवारिसे शब रहेको थाहा पाएपछि उनका आफन्तजन अस्पताल पुगेका थिए । त्यसपछिमात्र थाहा भयो ती बेवारिसे मृतक सभासद् सरदार पो रहेछन् ! उनको शब यसरी तीन दिनसम्म गुमनाम रुपले अस्पतालमै रह्यो । सरदार संविधान सभा सदस्य रहेकै बेला ज्यान गुमाउने पहिलो सभासद् हुन् ।

नेपाली कांग्रेसले उनको मृत्युमा षडयन्त्र रहेको हुन सक्ने आशंका गर्दै स्वतन्त्र छानविनको माग गरेको छ । सुनसरी कांग्रेसका सभापति रामबहादुर बस्नेतले यस्तो माग गरेका हुन् । सभासद् स्व. सरदार एमाले नेता एबं सभासद् भीम आचार्यको टोलीमा जनमत संकलनमा संलग्न थिए । टोलीका अन्य सदस्यहरु भने अहिलेपनि जनमत संकलनमै जिल्लामा छन् ।

-Sitaram Baral in Kathmandu






   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®