अझै कति स्थगित हुने हो संविधान सभाको बैठक ?
काठमाडौं, July 1, 2008- हुँदा हुँदा बोलाइएको दिन संविधान सभाको बैठकसमेत हुन छाडेको छ
। मधेशवादी दलहरुले गर्ने रोष्ट्रम घेराउद्धारा संविधान सभा बैठकमा अबरोध
हुने भएपनि कम्तिमा बैठकको आयोजना हुन्थ्यो ।
मधेशवादी दलहरुले अबरोध सिर्जना गरेपछि बैठक स्थगित गरिन्थ्यो । तर मंगलबार
त्योपनि हुन सकेन । संविधान सभाका जेष्ठ सदस्य कूलबहादुर गुरुङ्गले बैठक
अगावै एक सूचना प्रकासित गरी मंगलबारकालागि बोलाइएको बैठक स्थगित गरिएको
बताउँदै बुधबार एघार बजेमात्र बैठक बस्ने जानकारी दिए ।
मधेशवादी दलहरुसँग सरकार र ठूला तीन पार्टी सहमतिको नजिक पुगेपनि समस्या
समाधानको ग्यारेन्टी भने भैसकेको छैन । मधेशी माग स्वीकार गर्दै संविधान
संसोधन गर्ने सहमति त दलहरुले गरेका छन् । तर कस्तो भाषा प्रयोग गर्ने
भन्नेमा दलहरुबीच अझै मतान्तर छ । श्रोतका अनुसार मधेशवादी दलहरुको संविधान
संसोधनद्धारा पुरा गर्नेमा तीन राजनीतिक दल सहमत भएका छन् । अब पुरक
संविधान संसोधन प्रस्ताव ल्याएर उनीहरुका मागलाई समेटिनेछ । तर संविधानमा
स्वायत्त मधेश प्रदेश नै उल्लेख गर्ने कि मधेशी जनताको स्वायत्त प्रदेश
उल्लेख गर्ने भन्ने विवाद अहिलेपनि कायमै छ ।