|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तीन पटक रोस्टम घेरेर वैठक अवरुद्ध काठमाडौँ, September 26, 2008- 'के निहुँ पाउँ कनिका केलाउँ' भन्ने उखान चरितार्थ भएको छ नेपाली काँग्रेसको व्यवहारमा । नेताहरुले पटक पटक रचनात्मक प्रतिपक्षको भूमिका खेलिने प्रतिबद्धता जनाउँदै आएपनि असोज १० गते व्यवस्थापिकाको वैठक तीन पटक अवरुद्ध पारिए । लगातार रोस्टम घेरेर वैठक चल्न नदिएपछि भोलि विहान ११ बजेलाई सरेको छ । रोस्टम घेराउ गर्न तराई मधेश लोकतान्त्रिक पार्टीले पनि काँग्रेसलाई साथ दिएको थियो । निर्धारित समयभन्दा झण्डै साढे तीन घण्टा पछाडि अर्थात ११:२५ बजे वैठक प्रारम्भ भएपछि काँग्रेस सभासद विमलेन्द्र निधिले संविधानसभा परिसरमा कुनै किसिमको हातहतियार ल्याउन नपाउने बताए । नीधिले माओवादी सभासदहरु हतियारसहित प्रवेश गर्ने गरेको आरोप लगाए । माओवादी नेतृत्वको सरकारका साझेदार एमालेका अग्नि खरेलले कसैको पनि सुरक्षा राज्यले वाहेक अरुले दिन नमिल्ने धारणा राखे । तमलोपाका वृजेशकुमार गूप्ताले माओवादीमा अझै पनि हतियार मोह रहेको दाबी गरे । अन्य सभासदहरु चित्रबहादुर केसी, सुनील प्रजापति, लक्ष्मण घिमिरे, यदुवंश झा, मैथिल वाहुन, हरिनारायण यादव, यमलाल कँडेल लगायतले सभासदहरुले नै हतियार लिएर हिड्न थाल्दा जनताले आफूहरु असुरक्षित भएको महशुस गर्ने बताउँदै कसैलाई पनि सरकारी वाहेक अन्य निकायबाट सुरक्षा नलिन आग्रह गरे । सभामुख नेम्वाङ्गले संविधान सभा परिसर हतियार निषेधित क्षेत्र भएको बताउँदै यस सम्बन्धमा सरकारको तर्फबाट जवाफ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई निर्देशन दिए । यसपछि वैठक पुन: शूरु हुन लागेको मात्र के थियो काँग्रेसका माननीयहरुले अर्को निहुँ झिकी हाले । उनीहरुले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट माथिको छलफलमा उठेका कुरा समेटिने ग्यारेन्टी भए मात्रै वैठक चल्न दिने बताए । सभामुखको पटक पटकको आग्रह पश्चात पनि वैठक सुचारु नभएपछि विनियिोजन विद्येयक माथिको वैठक भोलिसम्मलाई स्थिगित गरिएको हो । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||