|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मूलुकमा विधिको शासन स्थापीत हुन नसकेको आरोप काठमाण्डौं, October 21, 2008- सभामुखसंग समय लिएर बोलोकी काँग्रेस सभासद पुष्पा भूषालले मूलुकमा विधिको शासन स्थापीत हुन नसकेको आरोप लगाइन् । माओवादी सरकारमा सामेल भइसकेपछि पनि माओवादीले कव्जा गरेको घरजग्गा फिर्ता नगरेको दाबी गरिन् । भूषालले सुत्तारुढ माओवादी र एमालेका भातृ संगठनका भिडन्तवाट जनता असुरक्षीित बनेको र कर्फू लगाउनुपर्ने अवस्था आएको धारणा राखिन् । नेकपा एमालेका प्रदीप ज्ञवालीले धादिङमा संविधान सभा निर्वाचनदेखि एमाले कार्यकर्ता माथि आक्रमण जारी रहेको आरोप लगाउदै माओवादी कार्यकर्ता त्रिसुलीमा हाम फालेर भाग्नखोज्दा आफै मरेको दावी गरे । ज्ञवालीले माओवादी कार्यकर्ताले एमाले जिल्ला कार्यलयमा तोडफोड र रातो झण्डा जलाएर तनाव सृजना गरेको आरोप लगाए । उनले माओवादीले आफ्ना कार्यकर्तालाइ लगाम नलगाए यसले देशभर तनाव सृजनागर्ने चेतावनी दिए । व्यबस्थापीका संसदको आजको बैठकमा शिक्षा, स्वास्थय तथा जनसंख्या पर्यटन तथा नागरीक उडयान सामान्य प्रसाशन यूवा तथा खेलकुद र वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगत विनियोजित विभिन्न शीर्षक माथि छलफल भएको छ । छलफलमा भागलिदै एमालेका रामजीप्रसाद शर्माले सरकारले ल्याएको वजेट कार्यान्वयन भएमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउने दावी गरे । उनले शिक्षकको दरवन्दी पूरागर्न अस्थाई शिक्षकलाइ स्थाई बनाउनु पर्ने र नयाँ दरवन्दी सृजना गर्न माग गरे । सभासद यदुवंश झा मैथिल वाहुनले सरकारले लिएको साक्षरता अभियानलाइ सफल बनाउन अवसरवाट वन्चीत समूदायका बालवालिकालाई विशेष कार्यक्रम ल्याउनु धारणा राखे । सूर्यबहादुर केसीले उच्च शिक्षाकालागि युवा समूदाय पलायन हुनुपर्ने स्थितीलाइ रोक्न विशेष पहल गर्न आग्रह गरे । उनले सरकारले उपलव्ध गराएको स्वास्थ्य सेवा ग्रामीण क्षेत्रका जनताले पाउन नसकेको र दुर्गम जिल्लामा नियुक्ति लिएरपनि चिकित्सक नपुगेको तर्फ सरकारको ध्यानाकर्षण गराए । अर्की सभासद कल्पना रानाले गरिविको रेखामुनी रहेका विपन्न बर्गका जनतालाई सरकारले मृगौला र मुटु रोगको उपचार निशुल्क गर्नु पर्ने धारणा राखिन । उनले सरकारी अस्पतालको भौतीक विकास र विस्तारमा ध्यानदिन समेत आग्रह गरिन् । नवराज कोइरालाले सरकारले शिक्षालाई व्यापारीको पोल्टामा हालीदिएको आरोप लगाए । कोइरालाले खेलकूद परिषदलाइ गुण्डा उत्पादन गर्ने कारखानाको रुपमा विकास गर्न खोजीएको बताए । |
|
|
उता तराई मधेश लोकतान्त्रिक पार्टीले कपिलवस्तुमा आफ्ना कार्यकर्ता
हत्याको विरोधमा व्यबस्थापीका संसदको कार्तिक ५ गतेको बैठक लगातार तेश्रो
दिनपनि वहिस्कार गरेको छ । बैठक प्रारम्भ हुनासाथ सभामुखसंग समय लिएर बोल्दै तमलोपाका सभासद हृदयश त्रिपाठीले सरकारले कपीलवस्तु घटनाको जवाफ नदिएसम्म सदन बहिस्कार जारी राख्ने चेतावनी दिए । त्रिपाठीले भोलीसम्म पनि सरकारले जवाफ नदिए रोष्टम घेर्ने र सदन अवरुद्ध गर्ने चेतावनी समेत दिए । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||