|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संविधान सभाको हिजोको बैठकमा कांग्रेस र तराई
मधेस पार्टीको बखेडा काठमाण्डौं, November 8, 2008- अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले छ महिना भित्र सेना समायोजन गरिसक्नु पर्ने भएकोले व्यवहारिक रुपमा काम नरोकियोस् भनेर सेना समायोजन विशेष समिति गठन गरिएको जानकारी दिएका छन् । व्यवस्थापिका संविधान सभाको हिजोको बैठकमा नेपाली कांग्रेस र तराई मधेस लोकतान्त्रिक पार्टीले सेना समायोजन विशेष समिति अबैधानिक भएको भन्दै समिति विघटन नगरिए आजको बैठक चल्न नदिने बताएपछि अर्थमन्त्री डाक्टर भट्टराईले यस्तो जानकारी गराएका हुन् । मन्त्री भट्टराईले संविधानमा यसबारेमा स्पष्ट व्यवस्था नभएकोले सामान्य असमझदारी भएको बताए । उनले समितिमा कुनै पार्टीलाई बाहिर राख्ने पक्षमा आफूहरु नरहेको भन्दै राजनीतिक सहमतिबाट जे निष्कर्ष आउँछ त्यसलाई मान्न र विशेष समितिलाई परिमार्जन गर्न सरकार तयार रहेको जानकारी दिए। कपिल्बस्तु घटनामा पक्राउ परि मुद्दा लागेकाहरुलाई प्रकृया पुर्याएर छोड्न प्रधानमन्त्रीले निर्देशन दिएको सदनलाई जानकारी गराए । अर्थमन्त्रीको जवाफ पछि तमलोपाका सभासद हृदयेश त्रिपाठीले आजको बैठक चल्न दिने बताए । यसैबीच संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठका हत्यारालाई कारवाही नभएको भन्ने सभासद्हरुको प्रश्नको भोली जवाफ दिन गृह मन्त्री र रक्षा मन्त्रीलाई रुलिङ्ग गरेका छन् । आजको वैठकमा शिक्षा वाणिज्य तथा आपूर्ति स्वास्थ्य तथा जनसंख्या पर्यटनसामान्य प्रशासन र युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शिर्षक माथि उठेका प्रश्नको सम्बन्धीत मन्त्रीहरुले जवाफ दिएका थिए। व्यवस्थापिकाको अर्को वैठक कार्तिक २४ गते दिनको १ बजे बस्ने भएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||