चैत १६ गते (April 29) देखि शुरु हुने गरी व्यवस्थापिका संसदको
हिउँदे अधिवेशन आह्वान
काठमाण्डौ, 14 Mar, 09- राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारीसमा आगामी चैत १६ गतेदेखि शुरु हुने
गरीव्यवस्थापिका संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
व्यवस्थापिका संसदको कार्यतालिकामा फागुन मसान्तभित्र अधिवेशन आव्हान गरेर
चैत मसान्तभित्र सम्पन्न गरीसक्नु पर्ने उल्लेख छ ।
हिउँदे अधिवेशनको बारेमा आजै प्रधानमन्त्री दाहाल र संविधान सभा अध्यक्ष
सुभासचन्द्र नेम्वाङ्गवीच परामर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड शितल
निवास पुगेर राष्ट्रपति यादवलाई अधिवेशन बोलाउन सिफारिस गरेका थिए ।
राष्ट्रपति कार्यालयले प्रस्ताव पास गरी व्यवस्थापिका संसद सचिवालयलाई
पठाएको छ।