व्यवस्थापिकाको हैसियतमा बसेको संविधान सभाको वैठक ५ मिनेट मात्रै बसेर
सकिएको छ । मंसिर १० गतेको वैठक माओवादीको विशेष अनुरोधमा छोट्याइएको
काँग्रेस सचेतक लक्ष्मण घिमिरेले जानकारी दिए।
आजको वैठकमा कानुन, न्याय तथा संविधान सभा व्यवस्था मन्त्री देवप्रसाद
गुरुङ्गले 'गणतन्त्री सुदुढीकरण सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्ने
विधेयक २०६५' प्रस्तुत गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीराजमणी पोखरेलले 'स्वाथ्यकर्मी तथा
स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक २०६५' प्रस्तुत गरेका थिए ।
वैठकमा विशेष समय र शुन्य दुबै हटाइएको सभामुख सुवासचन्द्र नेम्वाङ्गले
जानकारी गराएका थिए । व्यवस्थापिकाको अर्को वैठक मंसिर १३ गते दिनको २ बजे
बस्ने भएको छ ।