
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
बेलायत, अमेरिका र जर्मनीकालागि प्रस्तावित राजदूतहरुको संसदीय
सुनुवाईको प्रकृया सुरु
काठमाण्डौं, 29 Mar, 09-
सरकारले तीन देशकालागि प्रस्तावित गरेका राजदूतहरुको संसदीय सुनुवाईको
प्रकृया सुरु भएको छ ।
संसदीय सुनुवाईकालागि उनीहरुबारे उजुरी गर्न संसदीय सुनुवाई विशेष समितिले
सार्वजनिक सूचना जारीसमेत गरेको छ ।
माघ अन्तिम हप्ता सरकारले बेलायतकालागि डा. रामस्वार्थ राय, अमेरिकाकालागि
डा. सुकदेव शाह र जर्मनीकालागि सुरेश प्रधानको नाम प्रस्ताव गरेको थियो ।
डा. शाह अमेरिकामा लामो समय प्राध्यापन गरेका व्यक्तित्व हुन् भने राय
जनकपुरमा प्राध्यापन गदैै आएका छन् । प्रधान भने परराष्ट्र मन्त्रालयका
सहसचिव हुन् ।
उनीहरुको नियुक्ति अनुपयुक्त लागेमा त्यसबारे सूचना दिन समितिले सार्वजनिक
सूचना जारी गरेको छ । यसकालागि सम्बन्धित व्यक्तिले इमेल फोन वा
फ्याक्सद्धारा जानकारी दिन सकिने समितिले बताएको छ । गुनासा वा उजुरी
प्रमाणित भएमा संसदीय सुनुवाई विशेष समितिले उनीहरुलाई राजदूत हुन अयोग्य
सावित गर्नेछ ।
उनीहरुबारेको गरिने गुनासाहरुको स्पष्ट आधार वा प्रमाण हुनुपर्ने शर्त
समितिले राखेको छ । संसदीय सुनुवाईका नाममा सरकारले राजदूतमा नियुक्त गरेका
व्यक्तिका बारेमा गलत सूचना दिई चरित्र हत्या गर्ने क्रमपनि बढेकाले
समितिले यस्तो प्रावधान राखेको हो ।
-Sitaram Baral in Kathmandu
|
|