|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
केही झडपका बाबजुद देश भर
उत्साहबर्धक मतदान हुँदै नेपालकै सबैभन्दा जेठा मतदाता १ सय ३२ बर्शिय बृद्धले पनि भोट हाले बल्खूस्थित परीक्षा नियन्त्रण कार्यालयमा रहेको मतदान केन्द्रमा लामबद्ध मतदाता Photo: Sitaram Baral Sitaram Baral in Kathmandu, संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 10, 2008-केही जिल्लामा झडपका बाबजुद देशैभरि शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भैरहको छ । प्रत्यक्ष निर्वाचन अन्तर्गत निर्वाचित हुने २ सय ४० मध्ये २ सय ३९ वटा निर्वाचन क्षेत्रहरुमा मतदान भैरहेको छ । सुर्खेतमा एमाले उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या भएकाले सो क्षेत्रमा भने आगामी बैशाख ७ गते निर्वाचन हुने भएको छ । त्यस क्षेत्रमा चैत्र ३० गते नेकपा एमाले का नयाँ उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि नयाँ निर्वाचन कार्यक्रम सुरु हुनेछ । निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्न देशैभरि कडा सुरक्षा व्यवस्था गरिएको दावी गृह मन्त्रालयले गरेको छ । विहान १२ बजेसम्म रामेछाप, सर्लाही, महोत्तरी, चितवन र रौतहटका गरी ६ वटा मतदान केन्द्रमा आपसी झडपका कारण निर्वाचन स्थगित भएको जानकारी गृहमन्त्रालयले दिएको छ । जिल्ला-जिल्लामा प्रमुख प्रतिस्पर्धी दलहरु एमाले, माओवादी र नेपाली कांग्रेसबीच झडप भैरहेका समाचार प्राप्त भैरहेका छन् । जसले जहाँसक्यो त्यहाँ बुथ क्याप्चर गर्ने प्रबृत्ति यस निर्वाचनमापनि देखिएको छ । बुथ क्याप्चर गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी नै सबैभन्दा अगाडि देखिएका छन् । महोत्तरी- ३ का नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र तिवारीले गोली चलाउँदा एक जना घाइते भएको समाचार प्राप्त भएको छ । घटनाबारे थप जानकारी प्राप्त भएको छैन । रौतहट- ३ का माओवादी उम्मेदवार प्रभु शाहमाथि मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रत्यासी रहेको सर्लाहीको एक मतदान केन्द्रमा अहिलेपनि आपसी विवादका कारण मतदान हुन सकेको छैन । यी सबैका बाबजुद निर्वाचनमा मतदाताहरु उत्साहवर्धकरुपले भाग लिईरहेका छन् । मतदानमा भाग लिने महिलाहरुको संख्या अधिक देखिएको छ । बृद्धबृद्धाहरुमापनि हर्षित मुद्रामा मतदान गरिरहेका छन् । राजधानी काठमाडौंका सबैजसो मतदान केन्द्र वरिपरि ठूलो संख्यामा मतदाताहरु ओइरिएका छन् । सैनिक व्यारेक र माओवादी शिविरकालागिपनि मतदान केन्द्रको व्यवस्था गरिएको छ । उनीहरुले समानुपातिकतर्फको मतमात्र दिन पाउँछन् । काठमाडौंमा सैनिककालागि व्यवस्था गरिएका मतदान केन्द्रमा अधिकांस मतदाता सैनिकहरुले बार्हबजेसम्म मतदान गरिसकेको श्रोतले बताएको छ । उनीहरु पालैपालो गरी मतदानमा सरिक भैरहेका छन् । सेनाको हकमा व्यारेकहरु बाहिर र माओवादी सेनाको हकमा शिविर बाहिर मतदान केन्द्र स्थापना गरिएको छ । सेनाकोलागि व्यवस्था गरिएको मतदान केन्द्रमा माओवादी बुथ प्रतिनिधि बसेका छन् भने माओवादी सेनाकालागि व्यवस्था गरिएको मतदान केन्द्रमा माओवादीका अलवा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका प्रतिनिधिहरु बसेका छन् । जानकारी अनुसार हिमालपारिको जिल्ला मनाङ्गको नार गाविसका मतदाताहरु मतदानकालागि नभएपछि त्यहाँपनि मतदान हुन सकेको छैन । कांग्रेस, माओवादी र एमालेका उम्मेदवारमात्र रहेकॊ जिल्लाको सो गाविसमा उम्मेदवारहरु मत माग्न नपुगेको भन्दै मतदान बहिस्कार गरेका हुन् । सो जिल्लामा माओवादीको तर्फबाट स्थानीय विकास मन्त्री देव गुरुङ्गले र नेपाली कांग्रेसका पाल्तेन गुरुङ्गले उम्मेदवारी दिएका छन् । एमालेका उम्मेदवार मंगलबहादुर गुरुङ्गले भने माओवादीका देव गुरुङ्गलाई समर्थन गरी आफ्नो उम्मेदवारी निस्कृय बनाएका थिए । मनाङ्गका कांग्रेस उम्मेदवार गुरुङ्ग ०५६ को निर्वाचनमा निर्विरोध भएकाले १३ वर्ष ०५१ पछि त्यहाँ पहिलो पटक मतदान हुँदैछ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विराटनगरको आदर्श उच्च माविको केन्द्रमा मतदान गर्नुभएको छ । उहाँ सो मतदान केन्द्रको पहिलो मतदाता बन्नुभएको बताइएको छ । सो केन्द्र मोरङ्ग- ५ मा पर्छ जहाँ नेपाली कांग्रेसको तर्फबाट अमृत अर्याल प्रत्यासी छन् । विहान ७:५ मा उहाँले मतदान गर्नुभएको थियो । एमाले महासचिव माधव नेपालले काठमाडौं- २ को कोटेश्वरबाट मतदान गर्नुभयो । उहाँ सो क्षेत्रमा प्रत्यासी हुनुहुन्छ । उहाँले गृहजिल्ला रौतहट- ६ बाटपनि उम्मेदवारी दिनुभएको छ । माओवादी अध्यक्ष प्रचण्डले चितवन- ३ को भरपुरस्थित लक्ष्मी उच्चमावि केन्द्रमा विहानै मतदान गर्नुभएको छ । सो क्षेत्रमा नेकपा माओवादी बाट नारायणप्रसाद दाहाल प्रत्यासी छन् । मतदानपछि सम्बाददाताहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू अत्यन्त हर्षित भएको बताउनु भयो । ३२ वर्षपछि पहिलो पटक मतदान गरेको बताउँदै प्रचण्डले संविधान सभा निर्वाचनले जनयुद्ध र जनआन्दोलनको शहीदहरुको सपना पुरा गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले गृहजिल्ला धनकुटाको मुगा गाविसस्थित राम मावि केन्द्रमा मतदान गर्नुभएको बताइएको छ । यो निर्वाचनमा मतदान गर्ने सबैभन्दा बृद्ध सिन्धुली- १ का मेदिनीप्रसाद अधिकारी भएको निर्वाचन आयोगले बताएको छ । विसं १९३२ पुष २७ गते जन्मेका उनी हाल १ सय ३२ वर्ष पुगेको आयोगको भनाई छ । यसैगरी पर्वतको छैरिङ्ग गाविसको पस्रे छैरिङ्ग निमाविमा १ सय २९ वर्षीय मोहनबहादुर विकले मतदान गरेका छन् भने संखुवासभा खाँदवारीको मंगलादेवी प्रावि केन्द्रमा १ सय १३ वर्षीय डम्बर बहादुर गुरुङ्गले मतदान गरेका छन् । सिन्धुलीको रानीश्वरी मतदान केन्द्रबाट दुवै हात खुट्टा नभएका केशव श्रेष्ठ घरबाट २ घण्टा घिसि्रएर मतदान केन्द्रसम्म आई मतदान गरेको समाचार प्राप्त भएको छ । कडा सुरक्षाबीच नेपालको इतिहासमै पहिलो पटक हुन लागेको संविधान सभा निर्वाचनमा देशभरि कूल १ करोड ७६ लाख मतदाता, प्रत्यक्ष र समानुपातिक गरी ५५ दलका ९ हजार ६ सय उम्मेदवार प्रत्यासी छन् । ६ सय १ सदस्यीय संविधान सभाका बाँकी २६ जना मन्त्री परिषद्ले मनोनित गर्नेछ । निर्वाचन सम्पन्न गर्न २ लाख ३४ हजार कर्मचारी र १ लाख ३५ हजार सुरक्षाकर्मी खटिएका छन् भने राजनीतिक दलहरुलेपनि लाखौंको संख्यामा स्वयंसेवकहरु खटाएका छन् । देशभरि २० हजार ८ सय २० मतदान केन्द्र रहेको बताइएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®