Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

यसरी सकियो चुनाव, अब सबैको ध्यान निर्वाचन परिणामतिर



काठमाडौं, April 10, 2008-चुनावका सम्बन्धमा नयाँ विषयको प्रतीक्षा शुरु भएको छ । हिजो बेलुकीसम्म संविधान सभा चुनावको प्रतीक्षा हुँदै थियो । तर बहुप्रतीक्षित संविधान सभाको चुनाव आज अपरान्ह पाँच बजे सम्पन्न भएपछि अब प्रतीक्षा सुरु भएको छ निर्वाचन परिणामको । सम्पूर्ण देश चुनावको परिणामलाई व्यग्रतापूर्वक कुर्न थालेको छ ।

काठमाडौंको शहरी क्षेत्रका अधिकांस मत पेटिकाहरु गणनास्थलमा लगिएका छन् भने चुनाव सम्पन्न भएका अन्य जिल्लाका मतपत्रहरुपनि जिल्ला सदरमुकामतर्फ गणनाकालागि लिगंदैछ । काठमाडौंका निर्वाचन क्षेत्र मध्ये १ देखि ४ नं क्षेत्रका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा लगिएका छन् । ती मतपेटिकाभित्रका मतपत्रहरुको गणना त्यहीं हुनेछ । काठमाडौं ५ देखि १० सम्मका मतपेटिकाहरु बानेश्वरस्थित बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लगिएका छन् । र तिनको गणना सम्मेलन केन्द्रमै हुनेछन् ।

निर्वाचन सम्पन्न भएलगत्तै प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पत्रकार सम्मेलन गरी दिनुभएको जानकारी अनुसार देशभरिका ३३ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । सबैभन्दा बढि सिरहा जिल्लाका ७ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको बताइएको छ । ती क्षेत्रमा नयाँ निर्वाचनको मिति निर्वाचन आयोगले सम्भवत शुक्रबारसम्ममा तोकिसक्नेछ ।

प्रारम्भिक जानकारी अनुसार यसपटकको निर्वाचनमा देशभरि करिव ६० प्रतिसत मतदाताले मतदान गरेका छन् । अघिल्ला निर्वाचनमा ६५-७० प्रतिसतको हाराहारीमा मतदान हुने गरेकामा यसपटक कम हुनुको कारण धेरै मतदाताहरु विदेशमा रहेको र विदेशमा मतदानको व्यवस्था नगरिनुलाई मानिएको छ । करिव १० देखि १५ प्रतिसत मतदाताहरु विदेशमा रहेको विश्वास गरिएको छ ।

चुनाव पर्यवेक्षणकालागि नेपाल आउनु भएका अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले अपरान्ह प्रमुख निर्वाचन आयुक्त पोखरेललाई भेटी चुनाव उत्साहपूर्ण रहेको भन्दै बधाई दिनुभएको छ । कार्टरले काठमाडौंका दर्जनभन्दा बढि मतदान केन्द्रहरुको पर्यवेक्षण गर्नुभएको थियो । पर्यवेक्षणकालागि नेपाल आउने उहाँ सबैभन्दा विशिष्ठ अतिथि हुनुहुन्छ ।

चुनावी पर्यवेक्षणकालागि व्यग्र काठमाडौंवासीहरुको ध्यान यतिबेला राष्ट्रिय सभागृह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा केन्द्रित भएको छ । सशस्त्र प्रहरीका गाडीहरुले मतपत्रहरु धमाधम ओसारिरहेका छन् । दुवै स्थानहरुमा साचारकर्मी लगायत परिणाम सुन्न उत्सुकहरुको भीड बढ्न थालेको छ । सबैजसो सन्‍चारकर्मीहरुपनि त्यहीं थुप्रिएका छन् ।

काठमाडौंका दुवै मतगणनास्थल अत्यन्त महत्वपूर्ण मानिएका छन् । राष्ट्रिय सभागृहमा हुने मतगणनाबाट एमाले महासचिव माधव नेपाल काठमाडौं-२, एमाले स्थायी समिति सदस्य प्रदीप नेपाल, विद्या भण्डारीको भाग्य फैसला हुँदैछ । यसैगरी कांग्रेस उपसभापति प्रकाशमान सिंह काठमाडौं-२ को भाग्य फैसलापनि यसै क्षेत्रले गर्दैछ ।

सो क्षेत्रमा विद्युतीय मतदान मेसिनको प्रयोग गरिएको छ जसकाकारण सबैभभन्दा पहिलो मतगणना परिणाम यही क्षेत्रबाट आउदैछ । निर्वाचन आयोग श्रोतले बताए अनुसार मध्यरातसम्ममा त्यस क्षेत्रको परिणाम आइसक्नेछ ।

उता देशकै सबैभन्दा चर्चित काठमाडौं- १० को मतगणना भने वानेश्वरस्थित सम्मेलन केन्द्रमा हुँदैछ । काठमाडौं- १० मा माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका कारण सारा विश्वको ध्यान सोही निर्वाचन केन्द्रले तानेको छ । सम्मेलन केन्द्रमा हुने मतगणनाले एमाले कांग्रेसका बरिष्ठ नेताहरु क्रमशः इश्वर पोखरेल र नरहरि आचार्य काठमाडौं-५ को पनि भाग्य फैसला गर्दैछ ।

यसैगरी माओवादी नेतृ हिसिला यमी र एमाले नेता राजेन्द्र श्रेष्ठ काठमाडौं-७ को भाग्य फैसलापनि सम्मेलन केन्द्रबाट हुँदैछ । अन्य चर्चित उम्मेदवारहरुमा माओवादीका हितमान शाक्य काठमाडौं- ६, एमालेकी अष्टलक्ष्मी शाक्य काठमाडौं-८ र एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं- ९ छन् ।

उत्साहपूर्णरुपले सम्पन्न भएको आजको निर्वाचनमा दिउसो एक बजेसम्म करिव पचास प्रतिसत मत खसिसकेको थियो । यसपटकको चुनावलाई पूर्व अनुमान विपरित शान्तिपूर्ण मानिएको छ । सर्लाही- ६ का स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद िसंहको अज्ञात समूहबाट गोली हानी हत्या भएको समाचार प्राप्त भएको छ भने सुनसरीमा मधेश जनअधिकार फोरमका कार्यकर्ताले कांग्रेसका एक कार्यकर्ताको घाँटी रेटी हत्या गरेका छन् ।

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®