|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
उपनिर्वाचनका ६ वटा निर्वाचन क्षेत्रहरुमा को को भिड्दैछन्? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौ, 15 Mar, 09- खालि रहेका संविधान सभाका ६ वटा निर्वाचन
क्षेत्रहरुमा यही चैत्र २८ गते हुने उपनिर्वाचनकालागि संविधान सभामा
प्रतिनिधित्व गर्ने सबै ठूला दलहरु सहितले उम्मेदवारी दर्ता गराएका छन् । ठूला दलहरुसहित उप निर्वाचनकालागि उम्मेदवारी दिनेहरुको संख्या १ सय ४९ पुगेको निर्वाचन आयोगले जनाएको छ । रोल्पा र कास्कीमा बाहेक सबै निर्वाचन क्षेत्रमा मधेशवादी दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । ठूला दलहरु सबै निर्वाचन क्षेत्रहरुमा बाजागाजा सहित उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगका कार्यालयहरुमा पुगेका थिए । खालि रहेको मोरङ्ग- ५ एकिकृत नेकपा माओवादीका तर्फबाट जिल्ला इचार्ज शिबकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट मोरङ्ग जिल्ला सचिव बिनोद ढकाल उठेका छन् भने नेपाली कांग्रेसले जगन्नाथ िसंह गनगाईंलाई उम्मेदवारको रुपमा उठाएको छ । संविधान सभा निर्वाचननमा यसअघि सो निर्वाचन क्षेत्रमा विजय हासिल गरेको मधेशी जनअधिकार फॊरमले जिल्ला अध्यक्ष जयराम यादवलाई उठाएको छ । सो निर्वाचन क्षेत्रबाट यसअघि फोरम अध्यक्ष उपेन्द्र यादवले विजय हासिल गरेका थिए । खालिमध्येकै मोरङ्ग ७ मा यसअघि विजय हासिल गरेको मधेशी जनअधिकार फोरमले चुमनारायण तवदार थारुलाई निर्वाचनमा खडा गरॆको छ । माओवादीलेपनि थारु उम्मेदवारलाई नै प्रत्यासी बनाएको छ । सो क्षेत्रमा माओवादीका तर्फबाट विजयकुमार विश्वास चौधरी प्रत्यासी बनेका छन् । नेपाली कांग्रेसले संविधान सभा निर्वाचनमा सोही क्षेत्रमा फोरमका बरिष्ठ नेता विजयकुमार गच्छेदारबाट पराजित केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई उठाएको छ । एमालेको तर्फबाट कोशी अचल सदस्य जीवन घिमिरेले उम्मेदवारी दिएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि डा. रामबरण यादवले छाड्नु भएको धनुषा- ५ मा तराई मधेश लोकतान्त्रिक पार्टीले डा. यादबबाट झिनो मतले पराजित ई. श्रीकृष्ण यादबलाई नै उम्मेदवार बनाएर विजय ग्यारेन्टी गर्न खोजेको छ । सो क्षेत्रमा यसअघि विजयी नेपाली कांग्रेसले राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाएको छ । मधेशी जनअधिकार फोरमले सियाराम यादवलाई उठाएको छ भने एकिकृत नेकपा माओवादीले पूर्व उम्मेदवार महादेव यादवलाई नै उम्मेदवार बनाएको छ । माओवादी नेता एबं न्याय, कानून तथा संविधान सभा मन्त्री देब गुरुङ्ग यसअघि विजयी कास्की- १ मा माओवादीले कृष्ण गुरुङ्गलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले भूतपूर्व सैनिक संघका अध्यक्ष दीपक गुरुङ्गलाई चुनावी मैदानमा उतारेको छ । एमालेले लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेललाई उठाएको छ । रोल्पा- २ मा माओवादीले मगराँत राष्ट्रिय मोर्चाका अध्यक्ष एबं पार्टी केन्द्रीय सदस्य सन्तोष बुढामगर, एमालेले जिल्ला उपसचिव हरि घर्तिमगर, नेकाले गंगाराम डाँगीलाई उम्मेदवार बनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले छाडेपछि सो क्षेत्र खालि भएको हो । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले विजय हासिल गरेको कचनपुर- ४ मा माओवादीले देउवाबाट झिनो मतान्तरले पराजित उम्मेदवार हरिष ठगुल्ला कमल क्षेत्री लाई नै उम्मेदवार बनाएको छ । सो क्षेत्रमा नेकाले यज्ञराज जोशीलाई नै उम्मेदवारी दिएको छ भने एमालेले चािहं महिला नेत्री निरु पाललाई उम्मेदवार बनाएको छ । मधेशी जनअधिकार फोरमले सो क्षेत्रमा हरि टेलरलाई उम्मेदवार बनाएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||