Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संविधान सभाका १४ र व्यवस्थापिकाका १० वटा समितिमा बस्ने को?

काठमाण्डौं, December 10, 2008- संविधान सभा र व्यवस्थापिकाका लागि बन्ने विभिन्न समितिमा बस्ने सदस्यको नाम बुझाउन सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले गरेको आग्रहलाई ठूला दलले वेवास्ता गरेका छन् ।

नेम्वाङले आजसम्म नाम बुझाउन आग्रह गरेकोमा माओवादी, कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमले नाम बुझाएनन् ।

संविधान सभाका १४ र व्यवस्थापिकाका १० वटा समितिमा बस्ने सदस्यका लागि नेम्वाङ्गले दलहरुलाई गएको १५ गते नै नामावाली सिफारिस गर्न आग्रह गरेपनि नबुझाए पछि फेरि आजसम्म बुझाउन आग्रह गर्नुभएको थियो ।

माओवादीले छलफल गरेर मंगलबार नै नाम बुझाउने बताए पनि बुझाएको छैन भने एमालेले बिहिबारमात्र नामावली बुझाउने जनाएको छ । नेपाली कांग्रेसले भने अझै छलफल गर्न बाँकी रहेको बताएको छ ।

संविधान सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर मसान्त भित्र विभिन्न २४ वटा समिति बनिसक्नु पर्नेछ ।

तोकिएको समयमा समिति नबने संविधान बनाउन संविधान सभा सचिवालयले तयार पारेको ८२ हप्ताको समय तालिका नै प्रभावित हुनेछ । सभाध्यक्ष नेम्वाङले बाँकी दलहरुलाई छिटो नाम बुझाउन आग्रह गर्नु भएको छ ।

-Khagendra Makhim in Kathmandu














   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®