|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संविधान सभा नियमावली नहुँदा संविधान मस्यौदा समिति बन्न सकेन काठमाडौँ, September 17, 2008- गत चैत मै संविधान सभा निर्वाचन सम्पन्न भएपनि संविधान सभा नियमावली भने अझै बन्न सकेको छैन । दुई वर्षमा नयाँ संविधान लेख्ने म्याण्डेट पाएको संविधान सभा वैठक अहिलेसम्म अन्यौलमा छ । नियमावली बन्न नसक्दा संविधान मस्यौदा समिति समेत बन्न सकेको छैन । नियमावलीलाई अन्तिम रुप दिन असोज १ गते बसेको संविधान सभा नियमाविली मस्यौदा समितिको वैठक पनि निश्कर्ष विहिन बनेको छ । संविधान सभामा प्रतिनिधित्व गर्ने २५ दल सहभागी सो समितिको वैठकमा खास गरी तीन विषयमा कुरा मिल्न सकेन । समितिका संयोजक नारायणमान विजुक्छेका अनुसार सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने/नदिने, महिलाको छुट्टै विषयगत समिति बनाउन हुने/नहुने र संविधान सभा मस्यौदा समिति कति सदस्य रहने भन्ने विषयको विवाद टुङ्गिन नसकेको हो । संविधान सभामा पार्टीगत ह्विप लाग्ने नलाग्ने भन्ने विषयमा आजको वैठकमा विवाद भएको थियो । स्रोतका अनुसार अहिले छलफल भईरहेको संसद सचिवालयले तयार गरेको मस्यौदा नियमावलीमा पार्टीगत ह्विप लगाउन नपाउने व्यवस्था छ । तर यस्तो गर्दा पार्टीगत संरचनाभन्दा पनि जातीय, क्षेत्रीय नारामा सभासदहरु लाग्न सक्ने खतरा रहेको एक सभासदको भनाई छ । उनले भने 'जनजातिको मुद्दामा सबै जनजाति सभासदहरु एक भएर मत दियो भने त पार्टीको कुनै अर्थ भएन नि ।' साना पार्टीका अर्का सभासद भने पार्टी संविधान सभामा पार्टी ह्विप लगाउनु समुदायगत मुद्दा उठ्न नदिने ठूला पार्टीको षडयन्त्र ठान्छन् । महिलाहरुको लागि छुट्टै विषयगत समिति बनाउने कि नबनाउने भन्ने विषयको पनि विवाद जारी छ । महिला सभासदहरु महिला हक, अधिकारको लागि छुट्टै विषयगत समिति अनिवार्य ठान्छन् । तर त्यसो गर्दा समितिको संख्या अनावश्यक रुपमा बढ्ने अर्का थरीको तर्क छ । यस्तो तर्क राख्नेहरुका अनुसार महिलाको विषयगत समिति बनाउँदा मधेशी, जनजाति, दलित, कर्णाली जस्ता अनेकौं समिति बनाउनु पर्ने हुन्छ । स्मरण रहोस, अहिलेको मस्यौदामा १० वटा विषयगत समिति बनाउने प्रश्ताव गरिएको छ । संविधान मस्यौदा समिति १५ सदस्यीय मात्रै बनाएर माओवादी, काँग्रेस र एमालेले साना दललाई संविधान निर्माण प्रकृयाबाट पाखा लगाउन खोजेको सभासद कुमारी मोक्तानले बताइन । उनले भनिन् 'संविधान मस्यौदा समितिमै बस्न नपाएपछि अन्य दल संविधान सभामा उपस्थित हुनुको औचित्य के ?' समितिका संयोजक विजुक्छे भने सो मस्यौदा समितिमा कम्तिमा २५ दलको प्रतिनिधित्व गराउने तयारी भइरहेको बताउँछन् । बरु ठूला दलले दलगत अनुपातमा बढी संख्यामा प्रतिनिधित्व गराउन सक्ने व्यवस्था गर्न सकिन्छ । संविधान मस्यौदा समितिमा विषेशज्ञ पनि राखिने भएकाले सबै मिलाउँदा ५०/६० जनाको रहन सक्ने विजुक्छेले बताए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||