Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

राजाको ट्लाइलेटमासमेत बुलेटप्रुफ सिसा प्रयोग



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


परराष्ट्र मन्त्रीको कार्यकक्ष जुन कार्यकक्षलाई पहिले राजा ज्ञानेन्द्रले प्रयोग गरेका थिए । Photo: Sitaram

काठमाण्डौ, 23 Jan, 09-
युवराज दीपेन्द्रले राजदरवारभित्रको शुक्रबारे रात्रिभोजमा चलाएको गोलीका कारण राजा बीरेन्द्रको बंशनास भएपछि बीरेन्द्रका माहिला भाई ज्ञानेन्द्र राजा हुन पाएका थिए । राजा भएपछि उनलेपनि राजदरवारभित्र गोली चलाएका रहेछन् । उनले चलाएको गोलीको प्रमाण नारायणहिटी दरवारको एउटा भवनमा अहिलेपनि देख्न सकिन्छ ।

नारायणहिटीको पश्चिममा रहेको प्रशासनिक भवनमा राजा ज्ञानेन्द्रको कार्यालय स्थापना गरिएको थियो । उनको कार्यालयलाई बढिभन्दा बढि सुरक्षित बनाउन झ्यालहरुमा बुलेटप्रुफ गोली प्रतिरोधक सिसा हालिएको थियो । 'बुलेट प्रुफ' सिसाले साँच्चिकै गोली छेक्न सक्छ कि सक्दैन भनेर उनी आफैले सिसाको झ्यालमा गोली हानेको श्रोतको भनाई छ ।

परराष्ट्र मन्त्रालय अहिले नारायणहिटीको त्यही भवनमा साएिको छ । पूर्व राजाले प्रयोग गर्ने गरेको सो सुविधा सम्पन्न र सुरक्षित कोठालाई परराष्ट्र मन्त्रीको कार्यकक्ष बनाइएको छ । त्यो कोठामा रहेको 'बुलेट प्रुफ' सिसामा सानो चोट लागेको देखिएपछि र यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले जिज्ञाशा राखेपछि त्यहाँ पूर्व राजा ज्ञानेन्द्रले गोली चलाएको रहस्य खुलेको हो ।

'सबै सिसा जस्ताको तस्तै छन् तर एउटा सिसामा चोट देखिएपछि बुलेट प्रुफ सिसामा कसरी चोट लाग्यो भनेर जिज्ञाशा राखियो' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने- 'पछि थाहा भयो यो सिसाले गोली छेक्छ कि छेक्दैन भनेर राजा ज्ञानेन्द्र आफैले एके- ४७ राईफलबाट गोली हानी परीक्षण गरेका रहेछन् गोली चलाउँदा गोलीले सिसा नछेडेपछि साँच्चिकै बुलेटप्रुफ सिसा रहेछ भन्दै राजा कोठा सुरक्षित रहेछ भन्दै सुरक्षाप्रति विश्वस्त बनेका थिए रे ।'
 
थप जानकारी अनुसार सोही कोठामा दरवारका शक्तिशाली प्रमुख सचिव पशुपतिभक्त महर्जन प्रवेश गर्नुपरेमा समेत शरीर खानतलासी गरी प्रवेश गर्न दिइने गरिएको थियो । अत्यन्त सुविधासम्पन्न सोही कोठाको ट्लाइलेटमासमेत बुलेटप्रुफ सिसा प्रयोग गरिएको छ । कोठाबाट बाहिर हेर्दा बाहिरका सबैथोक देखिन्छ भने बाहिरबाट कोठाभित्र केहीपनि देख्न सकिन्न।

-Sitaram Baral in Kathmandu



फोटो- गोली लागेको सिसा र सिसा बाहिरको दृष्य । Photo: Sitaram
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®