|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकार बनेको १५ दिनभित्रै नयां कार्यक्रम र बजेट ल्याईने काठमाडौं, July 15, 2008- स्थानीय विकासमन्त्री देव गुरुङले आफूहरुको नेतृत्वमा नयां सरकार बनेको १५ दिनभित्रै नयां कार्यक्रम र योजनासहितको बजेट ल्याउने बताएका छन् । मन्त्री गुरुङ्गले आफ्नो पार्टीको सरकारले ल्याउने बजेट विगतमा ल्याउने गरिएकोभन्दा भिन्न हुने दावीपनि गरेका छन् । उनका अनुसार नयां नेपालको मार्गचित्र कोर्ने गरी प्रचण्डको नेतृत्वमा बन्ने सरकारले बजेट ल्याउनेछ । उदारीकरण र निजीकरणका नाममा विदशी पूँजीको एकाधिकार रहन नदिने बताउँदै मन्त्री गुरुङ्गले स्वदेशी पूँजीलाई उच्च प्राथमिकतामा राखी कार्यक्रम तर्जुमा गरिने बताए । नयां सरकार गठनमा अवरोध सृजना गरिदा बजेट ल्याउन नसकिएको भन्दै मन्त्री गुरुङ्गले अन्य दलको आलोचनापनि गरे । सोमबार ल्याइएको पेश्की खर्च विधेयक राजनीतिक असहजताको परिणाम भएको उनको भनाई थियो ।' नेपाली कांग्रेसका सभासद् डा. नारायण खड्काले पेश्की खर्च विधयेक ल्याएर आर्थिक कार्यक्रम तोडिएको बताउँदै भने- 'साझा सहमति बनाएर बजेट समयमै ल्याउन नसकिएकाले गलत सन्देश गयो ।' आर्थिक मुद्दामा न्यूनतम साझा सहमति बनाएर कार्यक्रम नल्याए गम्भीर संकट भोग्नुपर्ने चेतावनी िदंदै डा. खड्काले नयाँ नेपाल निर्माणका लागि साझा आर्थिक नीति अनिवार्य भएको बताए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले पेश्की खर्च विधयेकका कारण आगामी आर्थिक वर्षको बजेटको प्रभावकारितामा कमी आउने खतरा औंल्याए । निजी क्षेत्रले आत्मविश्वासका साथ काम गर्न नसक्ने कारण लगानीमा आकर्षण हुननसक्ने उनको शंका थियो । 'तीन महिनाको लागि ल्याइएको कामचलाऊ पेश्की खर्चमा चुहावट हुनसक्छ' शर्माले भने- 'आगामी वर्षको कार्यक्रम स्पष्ट नहुदा अन्यौल उत्पन्न हुनसक्छ ।' उद्योगपति दिवाकर गोल्छाले निजी क्षेत्रले नीतिनिर्माणको सुझाव िदंदा पनि बेवास्ता गरिएको बताए । पेश्की बजेटमा निजी क्षेत्रलाई आकर्षित गर्नेतर्फ ध्यान नदिइएको भन्दै उनले गुनासोसमेत गरे । आफूहरुले आर्थिक पारदर्शिताका लागि गृहकार्य गरेर अर्थ मन्त्रालयलाई सुझाव दिएको बताए । कर प्रणाली भ्याटको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनी नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्य समेत छन् । रिपोटस्र क्लबमा पेश्की बजेटका सम्बन्धमा भएको साक्षात्कार कार्यक्रममा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख कृष्णहरि बास्कोटाले बाध्यताका कारण पेश्की खर्च विधेयक ल्याइएको स्पष्टिकरण दिएका थिए । सबैको सहमतिबाट विधयेक ल्याइएको बताउँदै बास्कोटाले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, पक्षलगायतको सुझावलाई मनन गरेर आउने बताएका छन् । अब आउने बजेट नयाँ नेपाल निर्माणको उद्येश्यबाट बजेट प्रेरित हुने उनको भनाई थियो । |
|
|
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले
बजेट समयमै नआउँदा आर्थिक गति लिन नसक्ने बताएका थिए । राजनीतिक अस्थिरताले
अर्थ क्षेत्र प्रभावित हुँदा देशले दुरगामी असर भोग्नुपर्ने बताउँदै
अध्यक्षँ मालाकारले भने- 'यस्तै परिस्थिति रहेमा निजी क्षेत्रलाई लगानीका
लागि समस्या पर्नसक्छ ।' मालाकारले सरकारलाई नयां बजेट बनाउन आफूहरुका
तर्फबाट सुझाव दिइसकिएकोपनि बताए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||