|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
आर्थिक वियेधक २०६५ बहुमतबाट पारित |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संबिधान सभामा बोल्नेहरुको भाँती काठमाण्डौं, November 14, 2008- आर्थिक वियेधक २०६५ व्यवस्थापिका संसदबाट बहुमतबाट पारित भएको छ । कार्तिक २९ गते बसेको वैठकमा सभा बैठकले अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पेश गरेको आर्थिक वियधेकलाई बहुमतले पारित गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री भट्टराईले गत असोज ३ गते आर्थिक वर्ष २०६५/०६६ को लागि २ सय ३६ अब एक लाख ५ हजार ८ सय ९७ रुपियाँ बरबारको अनुमानित आयव्याय प्रस्तुत गरेका थिए। यसैबीच अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले लक्ष्यअनुसारको कर संकलन गरेको बताएका छन् । आर्थिक विधयेक माथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्रीले दुई महिनाको अनुभव सकारात्मक भएको उल्लेख गरे । उनले शिक्षामा दोहोरो करभन्दा पनि सम्पन्न नीजि विद्यालयले विपन्न विद्यालयलाई सहयोग गर्ने मान्यता अनुरुप शिक्षामा सेवा शुल्क लगाएको स्पष्ट पारे । अर्थमन्त्री डाक्टर भट्टराईले करको दायरामा परिवर्तन गर्न आवश्यक नरहेको धारणासमेत वैठकमा राखे । अन्तराष्टिय बजारमा आएको आर्थिक मन्दीले नेपालको राजश्व संकलनमा खासै प्रभाव नपार्ने उनको भनाई थियॊ । यसै बिच कानून, न्याय तथा संविधान सभा व्यवस्था मन्त्री देव गुरुङ्गले नेपालको अन्तरिम संविधान छैठौ संसोधन विधयेक प्रस्तुत गरेका छन् । साथै बैठकले केही सार्वजनिक लिखत प्रमाणिकरण कार्यविधि पहिलो संसोधन विधयेकलाई सर्वसम्मतीले पारित गरेको छ । वैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै काग्रेस वरिष्ठ नेता तथा सभासद् शेरवहादुर देउवाले सुदूरपश्चिमका बाढी पिडितलाई राहत प्रदान गर्ने सरकारी प्रतिवद्धता पुरा हुन नसकेको बताएका छन् । सभासद देउवाले सात दिन भित्र पुरा हुनु पर्ने प्रतिबद्धता सरकारले अझै पुरा नगरेको उल्लेख गरे । व्यवस्थापिकाको कार्तिक ७ गतेको वैठकले सुदुरपश्चिममा राहत वितरण सम्बन्धी राहत प्रश्ताव पारित गरेको थियो । उनले राहत वितरणमा अझै ढिलाई भईरहे आफूहरुले कडा कदम चाल्ने चेतावनी दिए । राष्ट्रिय जनमुक्ति पार्टीका सभासद मालवरिसं थापाले नेपालीहरुलाई भारतीय सेनामा भर्ती बन्द गरेको भन्दै आपक्ति प्रकट गरे । उनले यस्तो गर्नु १९४७ को त्रिपक्षीय सन्धि विपरीत रहेको बताए । सभासद थापाले यसबारेमा आफूले भारतीय राजदुतावासलाई पत्रचार गरेको तथा सोको जवाफ संविधान सभा सचिवालयमा दर्ता गराए । राप्रपा नेपालकी सभासद वबिना मोक्तानले शिक्षा क्षेत्रमा कर लगाउने नहुने धारणा राखिन् । चुरे भावर राष्ट्रिय एकता पार्टीका सभासद केशवप्रसाद मैनालीले आफ्नो पार्टीको केन्द्रीय सदस्य माथि सांघातिक आक्रमण हुँदा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्याकर्षण गराए । वैठकमा विशेष समय लिएर सभासदहरु सरिता गिरी, बुद्धरत्न मानन्धर, मङ्गल विक, डोलबहादुर कार्की, चन्द्रदेव जोशी, अर्जुन राई, राजकुमार लिम्बु नाल्बो, अविन्द्र शाह, लक्ष्मणप्रसाद घिमिरे, केशवप्रसाद मैनाली, प्रेमबहादुर िसह, गायत्री साह लगायतले बोलिरहेका छन् । व्यवस्थापिकाको अर्को बैठक मंसिर १ गते बस्ने भएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||