|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व मन्त्री बुद्धिमान तामाङ्गको लडाकू संगठन निर्माण गर्नॆ
चेतावनी काठमाण्डौ, 6 Feb, 09- यसैहप्ता पूर्व राजा ज्ञानेन्द्रसँग एकैदिन दुई-दुई पटक भेटेका एक पूर्व मन्त्रीले आफूलेपनि माओवादीका विरुद्ध लडाकू युवा संगठन बनाउने चेतावनी दिएका छन् । शाही शाशन कालमा राजाको मन्त्री परिषद्को सदस्य बनेका बुद्धिमान तामाङ्गले एक महिनाभित्र आफूलेपनि यस्तो लडाकू संगठन निर्माण गर्नॆ चेतावनी दिएका हुन् । राष्ट्रिय जनशक्ति पार्टीबाट विहीबार औपचारिक रुपमा राप्रपा प्रवेश गरेका तामाङ्गले गत आइतबार दुई दुई पटक पूर्व राजा ज्ञानेन्द्रलाई भेटेका थिए । 'विहान एक पटक भेटेका थिए' निर्मल निवासस्थित श्रोतले भन्यो- 'तर उनी बेलुकीपनि फेरि भेट गर्न आए, यसरी एकै दिन दुई पटक कसैलेपनि भेटेका छैनन् ।' 'सत्तामा रहेका माओवादी र एमालेले आ- आफ्ना लडाकू संगठन बनाएका छन्, माओवादीका विरुद्ध रोल्पामा भूमिगत रुपले सशस्त्र युद्ध सुरु भैसकेको छ' पूर्व मन्त्री तामाङ्गले राप्रपा प्रवेश कार्यक्रममा भने- 'एक महिनाभित्र माओवादीले वाइसीएल र एमालेले युथ फोस्र विघटन नगरे रोल्पामा झैं धादिङ्गमापनि सशस्त्र युद्धको सुरुवात हुनेछ ।' माओवादी जनयुद्धको उद्गम मानिने रोल्पाको गाम गाविसमा गत एक बर्ष यता भूमिगत संगठनले स्थानीयवासीलाई आतंकित पार्दै आएको छ । नेपाली सेनाले प्रयोग गर्ने एम- १६ र इन्सासलगायतका अत्याधुनिक हतियार बोकेको सो समूहले चुनावका बेला दुई माओवादी कार्यकर्ताको हत्या गरेकॊ थियो । तर सो समूहको पहिचान हुन सकेको छैन । तर शाही शासनकालमा मन्त्री बनेका तामाङ्गले धादिङ्गमापनि त्यस्तै समूहको गठन गर्ने चेतावनी दिएपछि रोल्पाको घटनामा तामाङ्गलगायतका व्यक्तिको हात त छैन भन्ने शंका उब्जिएको छ । रोल्पामा आधुनिक हतियार बोकेर आतंक मच्चाउने समूहको पहिचान सुरक्षा निकायहरुले अहिलेसम्म गर्न सकेका छैनन् । सो कार्यक्रममा राप्रपामा जनशक्ति पार्टीका बुद्धिमान तामाङ्गसहित, केशब भट्टराई, सिर्जना बर्मा, अणबहादुर प्याकुरेलसहित नौजना केन्द्रीय सदस्य र सयौं कार्यकर्ताहरु प्रवेश गरेका थिए । यसैगरी एमालेका पूर्व सांसद २०५६ मा डोल्पाबाट निर्वाचित नरबहादुर बुढाथोकीपनि राप्रपा प्रवेश गरेका थिए । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||