Author and journalist Nabin Bibhas aka Kiran Pun
Magar. Photos: Santa
काठमाण्डौ, January 21, 2009- साहित्यकार नविन विभासलाई नेपाली प्रतिभा
प्रतिष्ठान वेलायतले 'नेपाली प्रतिभा पुरस्कार २००८' प्रदान गरेको छ ।
प्रतिष्ठानद्धारा माघ ८ गते राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार
गोविन्द भट्टराईले विभासलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् । दश हजार
रुपैयाँ राशीको सो पुरस्कार पाउने विभास चौथो साहित्यकार हुन् ।
पेशाले पत्रकार २९ वर्षीय नविन विभासको वास्तविक नाम किरण पुन मगर हो ।
रोल्पा राङकोट स्थायी घर भएका विभासलाई कथाको माध्यमबाट नेपाली साहित्यमा
पुर्याएको योगदानको कदर स्वरुप सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले
जनाएको छ । विभासले साहित्यिक यात्रा २०५२ सालबाट प्रारम्भ गरेका थिए ।