|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
विपत्तिकी खिरमायालाई सहयोग जुटाउदै वेलायती गोर्खा सैनिकहरु |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Khirmaya Saru Magar. Photos courtesy: Nagendra Rai वेलायत 14 Mar, 09- विएफविएस गोर्खा रेडियोका धनकुटा संवाददाता नगेन्द्र राईले धनकुटाको त्रिशुलेमा पुगेर ३० बर्षिया खिरमाया सारुमगरको अवस्था बर्णन गरेपछि रेडियो सुनेर बसेकाहरु वेलायती गोर्खा सैनिकहरु अत्यन्तै भावुक बने। आज भन्दा ८ बर्षअघि खिरमाया मोरङबाट महिनाको ५ सय ज्याला लिने शर्तमा त्रिशुले आईपुगेकि थिइन्। एकदिन जंगलमा घाँस काट्न जाँदा अचानक उनको आँखामा काँडाले घोच्यो र अस्पताल गई सामान्य उपचार पछि घर पर्किइन्। केही समय पछि पुनः जचाउन ल्याउनु भन्ने डाक्टरको सल्लाह अनुसार पैसा अभावको कारण सम्भव भएन। अन्तत उनको जवानीमै दुवै आँखा बन्द सरह भएका छन्। उनको काखमा ५ बर्षे छोरो छ तर उनको कुनै घरछैन, जग्गा छैन र उनलाई लोग्नेले पनि केही बर्ष अघिनै छोडि सकेको छ। त्रिशुलेको अत्यन्तै जाडोमा भोकभोकै बस्नु बाध्य खिरमायाको विकल्प बाटोमा मागि खानु नै हो। साइत परेको दिन बाटा हिड्नेले केही दिन्छन र उनको पेट अनि सानो छोरोको पेट उक्सन्छ नत्र सधै भोकै हुने गर्छ। खिरमाया डाक्टर कहाँ जान सकेमा उनको आँखाले काम गर्न सक्ने बताईएको छ र त्यसको लागि डेढ लाख रुपैया लाग्ने अनुमान गरिएको समाचार सुनेपछि वेलायतको सर्नकिल्फमा रहेका ब्रिटिस गोर्खा सैनिक दाजुभाईहरुको एक समुह खुलेरै सहयोग जुटाउन लागेका छन्। उक्त समुहमा दिलिप लिम्बू- धनकुटा, सल गुरुङ- संखुवासभा, उत्तम राई- गाइघाट, उदयपुर्, सन्तोष मगर- सोलुखुम्बु, सोलमान रानामगर- बाग्लुङ र विश्वास दीप तिगेला- धनकुटा रहेका छन्। |
|
![]() Khirmaya Saru Magar. Photos courtesy: Nagendra Rai हाम्रो एक-दुई पाउन्डको सहयोगबाट खिरमायाले उनको आधा भन्दा बढि जिबन आँखाले हेरेर जिउन सक्दछ भने त्यो नै हाम्रो धर्म हुने कुरा उल्लेख गर्दै सबैलाई यथासम्भव आर्थिक सहयोग गर्न आग्रह गरिएको छ। सहयोग स्वरुप संकलित रकम सहि तवरले सदुपयोग गरिने र सहयोग दाताहरुको नाम पत्रिका र वेभपेजमा प्रकाशित गरिने पनि उल्लेख गरिएको छ। इच्छुक ब्यक्तिले 07828155706 मा वा direct.letter@gmail.com मा सम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ। -Bishwadip Tigela in UK |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||