|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा ९५ औं वि.पि. जयन्ती सम्पन्न |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली जनसम्पर्क समिति
अमेरिकाको प्रथम वार्षिक उत्सव सम्पन्न![]() Former Minister Bhimbahadur Tamang at the BP Jayanti in New York. Photos courtesy: Nepali Public Relation Committee, New York Chapter न्यू योर्क, September 15, 2008- ९५ औं वि.पि. जयन्तीको उपलक्ष्यमा नेपाली जन सम्पर्क समिति न्यूयोर्क च्याप्टरले आयोजना गरेको नेपाली जन सम्पर्क समिति अमेरिकाको प्रथम वार्षिकोत्सव न्यूयोर्क च्याप्टरले प्रकाशित गरेको 'जय नेपाल' पुस्तक एवं विविध नेपाली लोक सांस्कृतिक कार्यक्रमको डि.भि.डि. को विमोचन कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व कानुन मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिमबहादुर तामाङ्गले गर्नु हुँदै नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरका पदाधिकारीहरु एवं सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि तामाङ्गले वि.पि. कोइरालाले अगाल्नु भएको समाजवाद एवं राष्ट्रवाद तथा मेलमिलापलाई कसैले कहिल्यै भुल्न नहुने कुरामा जोड दिनु भएको थियो । भर्खरै नेपालमा भएको आमुल परिवर्तनलाई दीगो र बलियो बनाउन सबै सजग र एक भएर अघि बढ्नु पर्ने कुरा उहाँले व्यक्त गर्नु भयो । मुलुकमा लोकतान्त्रिक गणतन्त्र पद्धतिको विकास गर्न स्वदेशमा बस्ने नेपालीहरुको जतिको भूमिका रहन्छ त्यतिकै भूमिका विदेशमा रहने नेपालीहरुको पनि हुने हुँदा अमेरिका लगायत अन्य मुलुकमा रहेका सम्पूर्ण नेपालीलाई लोकतन्त्र र दीगो शान्तिको लागि कि्रयाशील रहन आग्रह समेत गर्नुभयो । उक्त कार्यक्रमका अन्य वक्ताहरुमा नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार संस्थापक सदस्य तथा वरिष्ठ कानुनविद खगेन्द्र जिसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति डा. सुरेन्द्रराज देवकोटा, नेपाली जनसम्पर्क समितिका संस्थापक सदस्य श्रीमती मृदुला कोइराला, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख वंशलाल तामाङ्ग, नेपाली कांग्रेसका युवा नेता आङ्गदावा शेर्पा, केन्द्रीय सदस्य मुनिन्द्र नेम्वाङ्ग, नेपाल विद्यार्थी संघका युवा नेता पिपलमुनी सिग्देल र नेपाली जनसम्र्पक समिति अमेरिका न्यू इङ्गल्याण्ड च्याप्टरका सभापति पेमनिमा शेर्पाले मन्तव्य राख्नु भएको थियो । |
|
![]() ![]() कार्यक्रमको स्वागत मन्तव्य न्यूयोर्क, च्याप्टरका उपाध्यक्ष रामचन्द्र रेग्मीले गर्नु थियो भने न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष श्रीमती माया भट्टले च्याप्टरको आयव्ययको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी सो कार्यक्रमको सभापतित्व न्यूयोर्क च्याप्टरका सभापति सोमनाथ घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन च्याप्टरका महासचिव विजयकुमार थुलुङ्गले गर्नु भएको थियो । उक्त कार्यक्रममा न्यू इङ्गल्याण्ड च्याप्टरका सभापति पेमनिमा शेर्पाले २०१ डलरको चेक कार्यालय संचालनको लागि न्यूयोर्क च्याप्टरका सभापति सोमनाथ घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो । ![]() कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका उपसभापति मिङ्गमार शेर्पा केन्द्रीय सदस्य श्रीकृष्ण पोखरेल, अर्जुन देवकोटा डलर कार्यक्रमका केन्द्रीय सल्लाहकार डा. राजन पन्त न्यूयोर्क च्याप्टरका सल्लाहकारद्वय संजय पराजुली हरिशचन्द्र हमाल लगायत अमेरिकामा बसोबास गरिरहेका थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सागि्रला रेष्टुरेष्ट ज्याक्सनहाइट न्यूयोर्कमा सम्पन्न भएको थियो भने न्यूयोर्क च्याप्टरका सभापति घिमिरेले अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण प्रजातन्त्रवादीहरुलाई एक भएर अगाडि बढ्न आग्रह गर्नुहुँदै कार्यक्रमको समापन गर्नु भएको थियो । ![]() कार्यक्रम शुरु हुनुभन्दा केही समय अगाडि प्रमुख अतिथि तामाङ्गले अमेरिकाको न्यूयोर्कस्थित सन्नीसाइडमा अवस्थित नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरको कार्यालयको निरीक्षण गर्नु भएको थियो । सोमनाथ घिमिरे अध्यक्ष नेपाली जन सम्पर्क समिति न्यूयोर्क च्याप्टर |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||