माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरे देशमा अराजकता
वढ्न सक्ने
सीमा विवाद कालापानी र सुस्तामा मात्र- परराष्ट्र मन्त्री
उपेन्द्र यादव
महेन्द्रनगर, 21 Feb, 09- मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्र
मन्त्री उपेन्द्र यादवले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरे देशमा
अराजकता वढ्न सक्ने बताउनु भएको छ।
शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले माओवादी
लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नहुने बतार्नु भएको हो।
माओवादी लडाकुलाई सीमा सुरक्षा, औद्योगीक सुरक्षा र बैदेशिक रोजगारमा
व्यवस्थापन गर्न सकिने मन्त्री यादवको भनाइ छ।
सीमा विवादवारे सोधिएको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले ९८ प्रतिशत
सीमांकन कार्य पूरा भैसकेको र कालापानी र सुस्तामा मात्र बिवाद रहेको
बताउनु भएको छ।
साथै उहाँले मधेस आन्दोलनको सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै मधसी
जनअधिकार फोरमले जुनसुकै बेला पनि सरकार छोड्ने सक्ने चेतावनी समेत दिनु
भएको छ।
उहाले प्रधानसेनापति र रक्षामन्त्री बीचको तकराव व्यक्तिगत भएको पनि बताउनु
भएको छ।