उपराष्ट्रपति झाको काठमाडौं निवासमा बम प्रहार, झा सुरक्षित काठमाडौं, August 18, 2008- हिन्दी भाषामा शपथ लिएर विवादमा तानिएका उपराष्ट्रपति
परमानन्द झाको राजधानीस्थित निवासमा आइतबार बेलुकी बम प्रहार भएको छ ।
चावहिल गौरीघाटस्थित निजी निवासमा अज्ञात व्यक्तिले प्रहार गरेको बमका कारण
उपराष्ट्रपति झाको सुत्ने कोठाका झ्यालका सिसाहरु फुटेका छन् भने घरको
सुरक्षुर्थ खटिएका एक सैनिक घाइते भएका छन् ।
सुरक्षार्थ खटिएका सैनिक प्यूठ श्रीप्रसाद सर्बुजा मगर सामान्य घाइते भए
पनि निवास भित्रै रहेका उपराष्ट्रपति झा भने सुरक्षित रहे।
नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा उपराष्ट्रपतिको निवासमा सैनिक पल्टन
राखिएपनि बम प्रहारकर्ताले सैनिकहरुले थाहा नपाउने गरी बेलुकीको समयमा घरको
पछिल्तिरबाट बम फ्याँकेको थियो । बम प्रहार गरेको दाबी दुई समुहले लिएकाछन-
नेपाल डिफेन्स आर्मी र नेपाल मुक्ती सेनाले।
सरकारले प्रहरी नायव महानिरीक्षक रमेश श्रेष्ठको नेतृत्वमा घटनाको छानविन
गर्न एक समिति गठन गरेको छ ।