|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बर्डफ्लु नियन्त्रणका लागि राष्ट्रिय अन्तराष्ट्रिय सहयोगको आग्रह, नेपाल
६६ औं देश काठमाण्डौ, January 19, 2009- कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बर्डफ्लु नियन्त्रणका लागि राष्ट्रिय अन्तराष्ट्रिय सहयोगको आग्रह गरेका छन् । मन्त्री गुप्ताले रोगविरुद्ध लड्न रकम आवश्यक परेकाले दातृ निकायलाई सहयोगका लागि आग्रह गरेका हुन् । 'बर्डफ्लु डरलाग्दो अन्तराष्ट्रिय समस्या हो यसको नियन्त्रणका लागि सरकारले चालेको अभियानमा सबैको सहयोग आवश्यक छ' मन्त्री गुप्ताले भने- 'संकटग्रस्त घोषित क्षेत्रका बासिन्दालाई पंक्षी नष्ट गर्ने अभियानमा अवरोध नगर्न समेत मेरो आग्रह छ ।' उनले बर्डफ्लुविरुद्धको अभियानमा अवरोध खडा गर्न खोजिए कारबाही हुने चेतावनी िदंदै चारदिनभित्र काडकभिट्टा क्षेत्रको तीन किलोमिटर वरपरका पंक्षीलाई नष्ट गरिने समेत बताए । नष्ट गरिएका कुखुरा हांसलगायत पंक्षीवापत् सरकारले उचित क्षतिपूर्ति दिने जानकारी िदंदै गुप्ताले बर्डफ्लु नियन्त्रणका लागि सशस्त्र प्रहरी, पशुसेवा विभागका कर्मचारी, स्वास्थ्यकर्मी, विशेषज्ञलाई परिचालन गरिसकिएको दावी गरे । बर्डफ्लु विश्वकै समस्या भएको उल्लेख गर्दै रोग देखिने मुलुकहरुमा नेपाल ६६ औं भएको जानकारीपनि दिएका छन् । यूरोपमा जाडोका कारण बसाईं सरेर नेपाल आएका पंक्षीहरुबाट या खुला सीमानाबाट ओसारपसार हुने पंक्षीबाट रोग भित्रिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताए । उनले बर्डफुलु भित्रिन नदिन सीमाक्षेत्रमा कडाईका साथ अनुगमन र नियन्त्रणका लागि निर्देशन दिइसकिएको बताए । पूर्व सन्चारमन्त्रीसमेत रहेका गुप्ताले एक अर्को प्रसंगमा पत्रकार उमा िसंहको हत्यामा संलग्नहरु केही दिनभित्रै पक्राउ पर्ने दावी गरे । प्रहरी अपराधीको नजिक पुगिसकेको बताउँदै २-३ दिनभित्रै परिणाम आउने बताएका उनले उनले भने- 'हत्यारा उम्कन पाउनेछैन ।' पत्रकारहरु सशस्त्र र निसशस्त्र समूहहरुबाट असुरक्षित भएको भन्दै सरकारले विशेष कार्यक्रम ल्याएर भएपनि पत्रकारको सुरक्षा गर्ने नीति बनाएको बताए । प्रेस स्वतन्त्रतामाथि प्रहार गर्न खोज्ने जोकोहीलाई नछाडिने उनको कथन छ । मधेशी जनअधिकार फोरमको तर्फबाट सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका गुप्ताले समायोजनका लागि आवश्यक मापदण्ड छिट्टै बनाइने बताएका छन् । उनले माओवादीका लडाकूहरु सेनामा जानसक्ने धारणा राखेका छन् । उनको कथन छ- 'कुनैपनि छापामार सेनामा प्रवेश गराउनुहुन्न पनि भन्नुहुदैन सबैलाई प्रवेश गराउनुपर्छ पनि भन्न मिल्दैन ।' मापदण्ड पुगेकाहरुले सेनामा प्रवेश पाउने स्पष्ट पारेका उनले माओवादी लडाकूहरुलाई औद्योगिक सुरक्षा बल, सीमाबलमा समायोजन गर्ने पक्षमा आफू नरहेको बताए । मधेशी जनअधिकार फोरमको दोश्रो महाधिवेशन बीरगन्जमा भैरहेको छ । फोरमको सहसंयोजकसमेत रहेका गुप्ताले महाधिवेशन एकताको महाधिवेशन हुने बताउँदै महाधिवेशनले पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लैजाने दावी गरेका छन् । 'महाधिवेशनले पार्टीलाई सामूहिक नेतृत्वमा लान्छ' उनले भने- 'पार्टीको अध्यक्षमा वर्तमान अध्यक्ष उपेन्द्र यादवलाई सर्वसम्मत चयन गर्ने सम्भावना छ ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||