|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पुर्बी नेपालबाट बर्ड फ्लु भित्रिदै छ, सरकार के
गर्दै छ? दमक, May 16, 2008-नेपालको पूर्वी नाका काँकडभिट्टाबाट १० किलोमिटर मात्र टाढाको दुरीमा रहेका भारतीय बजारहरुमा प्राणघातक रोग बर्डफ्लुको प्रकोप फैलिएको पूष्टि भइसक्दापनि नेपालको प्रशासन त्यसबारे मौन बसेको आरोप सिमावर्ती झापा र इलामका बासिन्दाले लगाएका छन् । प्रकोप नेपाल भित्रने खतरा बढेको भन्दै उनीहरुले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । भारतको पश्चिम बंगाल प्रान्तका १६ वटै जिल्लाहरुमा बर्डफ्लु फैलिसकेको र नेपालसँग नजिक रहेका दार्जिलिङ जिल्लाका पानिघट्टा, मतिगाडा, अपर बाघडुगरा, दुधेलगायतका बजारहरुमासमेत बर्डफ्लु देखिन थालेको दाजिैलिङ जिल्लाका प्रमुख प्रशासक राजेन्द्र पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार प्रकोप रोक्न बुधवारसम्ममा जिल्ला भरीका २० हजार बढी संख्यामा कुखुरा मार्ने काम भएको छ । यता झापाका जिल्ला पशु सेवा कार्यालय प्रमुख डा. दिलीप सापकोटाले भने बर्डफ्लु नेपाल भित्रन नदिन उच्च शतर्कता अपनाइएको दावी गर्नु हुन्छ । उहाँ भन्नु हुन्छ- 'झापा र इलामका सिमावर्ती क्षेत्रहरु हुँदै बर्डफ्लु छिर्न सक्ने भएकाले हामीले पशु सेवा कार्यालय, सशस्त्र प्रहरी, पशु क्वारेन्टाइन, खाद्य क्वारेन्टाइन र जनस्वास्थ्य कार्यालय मिलेर लागिपरेका छौं ।' सापकोटाका अनुसार बर्डफ्लुले प्रकोप क्षेत्र भन्दा ३ किलोमिटर वरपरसम्म असर गर्ने र H5N1 यसको सबभन्दा बढी खतरा भाइरस हो । सिमावर्ती नेपाली वासिन्दाले भने भारतीय बजारहरुबाट रातारात तस्करका माध्यमबाट कुखुरा, चल्ला, अण्डा भित्रने काम भइरहेको बताएका छन् । इलाम पशुपतिनगरका एक व्यापारीले भने- 'आजकल कुखुरा ल्याउन सजिलो नभएकाले पारीनै कुखुरा मारेर मासु प्याक गरेर ल्याइन्छ ।' यसरी भारतबाट कुखुरा र कुखुराजन्य वस्तुको निर्यात चोरबाटाहरु हुँदै हुनेगरेको पूर्व मेची कुखुरापालक संघका अध्यक्ष गणेश श्रेष्ठले बताउनु भयो । सरकारतर्फ इंकित गर्दै श्रेष्ठले भन्नुभयो- 'जिम्मेवार निकाय मौन छ, हाम्रो एकल प्रयासले सकेनौँ । बर्डफ्लुको हल्लाले हाम्रो दैनिक व्यापारमा ५० प्रतिशत नोक्सान छ ।' पशु चोरी निकासी तथा पशुजन्य रोग एवं प्रकोप नियन्त्रणका लागी पूर्वी नाका काँकडभिट्टामा स्थापित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. उदयप्रताप िसंह भने हाल भारत भ्रमणमा रहेको बुझिएको छ । कार्यालय स्रोतका अनुसार िसंह बर्ड फ्लु प्रकोप बारे अवलोकनका नाउँमा त्यहा पुगेका हुन् । स्थानियवासी केदार शर्माले भने- 'प्रकोप देश भित्रने खतरा छ हाकिम विदेश भ्रमणमा मस्त छन् ।' नेपालमा भारतीय कुखुरा, चल्ला र अण्डा निर्यातमा स्थानिय प्रशासनले ६ महिना अघि देखि प्रतिवन्ध लगाएको भएता पनि सो को पूर्ण कार्यान्वयन हालसम्म नहुँदा बर्डफ्लु नेपाल भित्रने थप खतरा बढेको हो । -Kaman Dewan in Damak, Jhapa |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®