|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बर्डफ्लु रोग भित्रियो नेपालमा, काँकडभिट्टा वरपरको क्षेत्रलाई संकठग्रस्त
क्षेत्र घोषणा काठमाण्डौ, January 16, 2009- नेपालमा पनि बर्डफ्लु रोग भित्रिएको छ । बर्डफ्लु रोग भित्रिए पछि बसेको मन्त्री मन्त्री परिषद्को आकस्मिक बैठकले काँकडभिट्टा वरपरको क्षेत्रलाई संकठग्रस्त क्षेत्र घोषणा गरेको छ। झापाको मेचीनगर नगरपालिकाको दश नम्बर वडामा पंक्षीलाई लाग्ने बर्डफ्लु रोगको आशंकामा गरिएको ७ वटा परीक्षणमा ६ वटामा पोजिटिभ देखिएपछि माघ ३ गते मन्त्री परिषदको आकस्मीक वैठक बसेको थियो । सरकारले बर्डफलुको महामारी फैलिन नदिन दैवी प्रकोप उद्धार ऐन २०३९ को दफा ३ बमोजिम झापाको मेचीनगर नगरपालिकाको दश नम्बर वडा आसपासको ३ किलोमिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले बताए । मेची नगर नगरपालिका दश नम्बर वडामा रहेको पशु क्वारेन्टाइन कार्यालयदेखि ३ किलोमिटर क्षेत्रका हाँस, कुखुरा लगायतका सबै पंक्षी तथा पंक्षीजन्य उत्पादन, पंक्षी उत्पादन सामाग्री र सो सम्बन्धी अन्य सबै पदार्थलाई नष्ट गर्ने सरकारले निर्णय गरेको छ । सो कार्यालयदेखि १० किलोमिटर क्षेत्रमा बर्डफ्लु रोगबाट बच्न उच्चसर्तकता अपनाउने निर्णय भएको छ । यसैबीच कृषि तथा सहकारी मन्त्रालयले आजै एक पत्रकार सम्मेलन गरी बर्डफ्लु रोग नियन्त्रणका लागि तत्काल काम शुरु गर्ने जनाएको छ । साथै घोषित संकटग्रस्त क्षेत्र भित्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ उत्पादन सामाग्री नष्ट गर्दा सम्बन्धित धनीलाई बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ को दफा ४ बमोजिम क्षतिपूर्ति दिइने मन्त्रालयले स्पष्ट पारेको छ । भारतको पश्चिम बंगालमा बर्ड फ्लु रोगको संक्रमण फैलिएपछि नेपालमा पनि त्यहीबाट यो रोग भित्रिएको विज्ञहरुले बताएका छन् । एच फाइभ एन वान भाइरसको संक्रमणबाट हुने बर्डफ्लु रोगले चीन लगायत एशिया प्यासिफिक क्षेत्रका देशहरुमा महामारीको रुप लिएपछि लाखौंको संख्यामा कुखुरा, हाँस लगायतका पंक्षी र पंक्षीजन्य उत्पादन नष्ट गरिएको थियो । मेची नगरपालिकामा पंक्षीजन्य पदार्थ र भ्यािक्सनको ओसारपसार एवम् बिक्री वितरण गर्न रोक लगाइएको छ । पंक्षीमा देखिएको सङ्क्रमणको थप जाँचका लागि नमूना विदेश पठाइएकाले अन्यत्र सङ्क्रमण फैलिन नदिनका लागि प्रतिबन्ध लगाइएको जिल्ला पशुसेवा कार्यालय झापाका प्रमुख डा. दिलीप सापकोटाले जानकारी दिएका छन् । पंक्षीजन्य पदार्थमा कुखुरा, हाँसका मासु, अण्डा, अण्डा राख्ने क्रेट, कुखुराका दाना तथा पंक्षीजन्य भ्यािक्सन त्यहाँबाट अन्यत्र ओसारपसार र बिक्रीवितरण नगर्न सो कार्यालयले सवैलाई अनुरोध गरेको छ । |
|
|
काँकरभिट्टादेखि १५ किमि पूर्व भारतको पश्चिम बङगाल राज्यको दार्जिलिङ जिल्लाको मतिघडामा केही दिनअघि बर्डफ्लु रोग देखा परेकालॆ काँकरभिट्टासँग जोडिएको भारतको पानीटयाङ्की निर्वाधरुपमा कुखुरा र अण्डा विक्री हुने गरेकाले लुकिछिपी भारतीय पंक्षीहरु भित्रिन नदिनतर्फसमेत सचेत गराइएको छ । प्राप्त जानकारी अनुसार एक साताअघि झापामा गएको बर्डफ्लु केन्द्रीय अनुगमन समितिको टोलीले काँकरभिट्टाका केही पंक्षीको नमूना सङ्कलन गरेर लगेको र परीक्षणका क्रममा रोगको सङ्क्रमण देखा परेपछि केन्द्रले जिल्ला पशुसेवा कार्यालयलाई तत्काल सतर्कता अपनाउन निर्देशन दिइएको छ । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||