भुटानको जेलमा १७ बर्ष बिताएका 'भूटानी नेल्सन
मण्डेला' शरणार्थी नेता बीके राई Photos: Sitaram
काठमाण्डौं, December 17, 2008- नेपालमा रहेका भुटानी शरणार्थी नेताहरुले
ससम्मान भुटाउन फर्कने वातावरण बनाउन विश्व समुदायले प्राथमिकताका साथ
सहयोग गर्ने आशा व्यक्त गरेका छन् । शरणार्थी समस्याको उचित समाधानका लागि
स्वदेश फिर्तीमात्र उत्तम विकल्प हुने उनीहरुको जिकिर छ ।
भुटानको राष्ट्रिय दिवसका अवसरमा एक पत्रकार सम्मेलनको आयोजना गरी भुटानी
मानवअधिकारवादी नेता टेकनाथ रिजालले ससम्मान भुटान फिर्तीका लागि सहयोगको
आग्रह गरेका छन् । उनले भुटानमा प्रजातन्त्र बहाली गरेरै छाड्ने दृढतापनि
व्यक्त गरेका छन् ।
'राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटान' का सभापति बलराम पौडेलले भुटानी
राजाले प्रजातान्त्रिक आचरण नदेखाएको भन्दै राजाको आलोचना गरे । आफ्नै
मुलुकका जनतालाई देश निकाला गरेर भुटानी राजाले प्रजातन्त्रकै उपहास गरेको
उनले बताए ।
भुटान सरकारले मानवअधिकारको उल्लंघन गरेको आरोप लगाएका उनले आफूहरुको
अधिकार सुनिश्चित गर्न विश्व समुदायले प्राथमिकताका साथ सहयोग गर्ने आशा
व्यक्त गरे ।
भुटानको जेलमा १७ बर्ष बिताएका 'भूटानी नेल्सन मण्डेला' शरणार्थी नेता बीके
राईले भुटानमा मानवअधिकारको अवस्था दर्दनाक रहेको बताए । आफूलाई भुटानी
जेलमा नेल लगाएर राखिएको चरम यातना दिएको सुनाउँदै राईले भने- 'पांच
महिनासम्म नुहाउननदिने, नेल लगाउनेजस्ता क्रुर व्यवहार ममाथि गरिन्थ्यो ।'