Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from UK

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बेलायतमा भानुलाई सम्झिदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

Kent, UK, July 14, 2008- गत १३ जुलाईका दिन वेलायतमा रहेका नेपाली साहित्यकारहरुले भानु जयन्तीको अवसर पारेर लण्डनको मेरीटाइम ग्रीनवीच कलेजस्थित एक भेला सम्पन्न गरेका छन् ।

वेलायतका लागि नेपाली राजदुत महामहिम मुरारीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झण्डै २ दर्जन स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गरेका थिए भने कवि तथा वक्ताहरुले आदिकवी भानुभक्तको योगदानबारे चर्चा गरेका थिए ।

नेपालको परराष्ट्र मन्‍त्रालयका बिशेष अथिति साहित्यकार प्रल्हाद प्रसाईले पनि आफ्नो सिर्जना पाठ गर्दै सुझाव र शुभकामना दिनु भएको थियो ।

सो भेलाले १९५ औ भानु जयन्ती मनाउनुको साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको २३ सदस्यीय नयाँ कार्य समिति पनि निर्माण गरेको छ ।

उक्त कार्य समितिको कार्यवधि २ बर्षका लागि तोकिएको छ । जसमा अध्यक्ष हरी शिवाकोटी, उपाध्यक्ष निला अधिकारी, द्धितिय उपाध्यक्ष गोपीकृष्ण प्रसाई, तृतिय उपाध्यक्ष गणेश राई, महासचिव विश्वास दीप तिगेला, सचिव नवराज राई, सहसचिव नवराज भट्टराई, कोषाध्यक्ष विदुर सिटौला र सदस्यहरुमा दुत पुन, दयाकृष्ण राई, टंक वनेम, शिवजी श्रेष्ठ, जगत नवोदित, केदार सुनुवार मन्‍जु विमली, जया राई, हरी गुरुङ, मिजास तेम्बे, जितेन्द्र चेम्जोङ, पोषणराज सत्याल, योगराज राई, रामकृष्ण सुनुवार रहनु भएको छ ।

त्यस्तैगरी कानुनी सल्लाहकार चण्डिका राई र सल्लाहकारहरुमा मिनिष्टर काउन्‍सिलर झविन्द्रप्रसाद अर्याल, डा. चन्द्र गुरुङ, धन गुरुङ, फक्स्टोन काउन्‍सिलर नरेन्द्र कँडेल, सुरेशजङ शाह, गोपाल शिवाकोटी 'चिन्तन' चयन हुनुभएको छ । संस्थाको संरक्षकमा वेलायतको लागि नेपाली राजदुत मुरारीराज शर्मा रहनु भएको छ ।

साहित्य समाजको पदेन सल्लाहकारमा हरििसंह थापा अध्यक्ष नेपाली साहित्य विकास परिषद्, ईश्वर चाम्लिङ अध्यक्ष प्रवासी नेपाली साहित्य समाज, प्रभात विनोद न्यौपाने अध्यक्ष नेपाली वाल साहित्य प्रवद्र्धन समाज, मनिष श्रेष्ठ अध्यक्ष नेपाली सांस्कृतिक केन्द्र, किसन राई अध्यक्ष नेपाली कला साहित्य माच रहनु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई वेलायतका सवै साहित्यिक संघसंस्था तथा स्रष्टा सर्जकहरुको साझा मन्‍चको रुपमा विकास गर्नुपर्ने वक्ताहरुको सुझाव छ ।

नवनिर्वाचित अध्यक्ष हरि शिवाकोटीले नेपाली साहित्यको लागि काम गर्ने सबैभन्दा ठूलो यस संस्थाको विश्वका विभिन्न चालिस भन्दा बढी देशमा शाखाहरु रहेको बताउनु भयो । स्रष्टा सर्जकको संख्याअनुसार वेलायतमा पर्याप्त साहित्यिक संघसंस्था रहे पनि विश्वभर छरिएका नेपाली स्रष्टाहरु संग सम्पर्क गर्ने पुलको आवश्यकता भएकोले यो संस्थाको पुनः निर्माण गर्नु परेको उहाँले प्रष्ट्याउनु भयो ।

त्यस्तैगरी नवनिर्वाचित उपाध्यक्ष गोपीकृष्ण प्रसाईले यस साहित्य समाजको प्रभावकारीता बढाउनको लागि संस्थालाई समावेसी बनाउने र वेलायतको विभिन्न ठाँउमा शाखाहरु पनि विस्तार गर्ने योजना रहेको बताउनु भयो ।
  वेलायत शाखाको पूर्व अध्यक्ष पोषणराज सत्यालको राजीनामालाई भेलाले ताली पिटेर स्वीकृत गरेको थियो भने अघिल्लो कार्यसमितिको योगदानको मूल्याङ्कन गर्दै धन्यवाद प्रस्ताव पारित गरेको थियॊ । साहित्यकार गणेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई विश्वास दीप तिगेलालले संचालन गर्नु भएको थियो । कार्यक्रमका सहभागिहरुलाई खाजापानीको ब्यवस्था एङ्लियन कलेज लण्डनले सहयोग गरेको थियॊ ।

-सुहिम याक्थुङ, केन्ट, बेलायत (Suhim Yakthum, Kent, UK)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®