|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एफ.एम. रेडियो चलाऊन श्रीमद् भागवत महापुराण, २६ लाख रुपैयाँ सङ्कलन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Narayani Ghimire delivering Bhagawat Mahapuran discourses. Photos: Hari पाल्पा, January 13, 2009- कालिगण्डकी सामुदायिक बिकास केन्द्रद्धारा पुर्वि पाल्पाको रामपुर गाउ विकास समितिमा संचालित सामुदायिक रेडियो रामपुरको सहयोगार्थ सन्चालित श्रीमद् भागवत महापुराण कथा प्रवचन एवं धान्यान्चल महायज्ञबाट २६ लाख ६२ हजार नगद र १ हजार ३ सय मुरी धान संकलन भएको छ । पौष २० गतेदेखि पुर्वि पाल्पाको रामपुरको बेझाड बजारमा संचालन भएको महायज्ञमा महिला भागवत बाचिका बिदुषि सुश्री नारायणी घिमिरे तथा मुल पण्डित उपेन्द्रराज ढकालको मुखारविन्दुबाट महापुराण कथा बाचन भएको महायज्ञको उदघाटन संबिधान सभा सदस्य दल बहादुर रानामगर र पाल्पाका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले गर्नु भएको थियो । उदघाटन गर्दै सभाषद रानामगरले सांसद बिकास कोषबाट रु ५० हजार सहयोग गर्ने बचन दिनुभएको थियो । महायज्ञमा सबैभन्दा बढि २ लाख ३० हजार दान दिएर उदारणीय बन्नुभएका रामपुर ४ की सिता देवी भट्टराई लगाएत अन्य दानदाताहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । २०६३ सालमा रेडियो संचालनको ईजाजत पत्र प्राप्त गरी २०६५ कार्तिक २६ गतेदेखि परिक्षण प्रसारण शुरु गरेको यो रेडियोको दिगो विकासको लागि आजिवन सदस्य र विशिष्ट सदस्यता स्वरुप ७ लाख रुपैयाभन्दा वढि रकम यस अघिनै उठिसकेको स्टेसन मेनेजर बासुदेब देवकोटाले बताउनु भयो । यस्तै रामपुर गाविसले ४ लाख ५० हजार र १० रोपनि जग्गा उपलब्ध गराएको तथा जिल्ला विकास समितिले १ लाख २५ हजार रुपैया उपलब्ध गराएको संचालक समितिका अध्यक्ष दुर्गा देवी पोखरेलले जानकारी गराउनु भयो। |
|
|
CA Member Dalbahadur Thapa Magar inaugurating the event. महायज्ञमा रामपुर ३ का फणेश्वर गौतम र सुर्य प्रसाद गौतमले स्व. पिता खेमानन्द गौतमको स्मृतिमा २ लाख ५० हजार तथा तनहँ घिसिङ सुनधारा ३ का चुरामणि ढकालले स्व. माता पिताको स्मृतिमा २ लाख ४० हजारको अक्षय कोषसमेत स्थापना गरिदिएका छन् । सामुदायिक रेडियो रामुपरको सहयोगार्थ संचालित यो महायज्ञमा रामपुरबाट अष्ट्रलिया, अमेरीका र दुवई लगाएतका देशमा गएका परदेशीहरुले समेत सहयोग रकम पढाएको रेडियोका समाचार प्रमुख बासुदेव ढकालले वताउनु भयो । सामुदायिक रेडियो रामपुर संचालनमा आए पछि एफ.एम.हरुको संख्या पाल्पामा मात्र ५ पुगेको छ भने सामुदायिक रेडियोको संख्या २ पुगेको छ । यस अघि २०५६ सालको चैत्र २३ गते दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखरा संचालनमा आएको थियो । -Haribahadur Saru Magar in Palpa Devotees listening to the Bhagwat Mahapuran discourse. Photos: Hari |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||