|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
वेल्जियममा माओवादी नेताहरुको उपस्थितिमा नेपाली
जनप्रगतिशील मंचको आर्ठौ वार्षिक भेला Photos courtesy: Krishna बेल्जियम, 22 Mar, 09- नेपाली जनप्रगतिशील मंच वेल्जियमको आर्ठौ वार्षिक भेला बेल्जियमको आन्तवयरपेन शहरमा 'नयां नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ' भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट वेल्जियममा प्रमुख अतिथिको रुपमा आउनु भएका एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्द, 'विप्लव' ले गर्नुभएको थियो । उक्त कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ४ दर्जन भन्दा बढी नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन भन्दा वढि संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख चन्द्र प्रकाश गजुरेल, 'गौरब'ले पठाउनु भएको भेलाको शुभकामना पत्र सहित अन्य करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट प्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्दले एकिकृत नेकपा माओवादी नेपालको लागि मात्र नभै विश्वका लागि पनि नयाँ सभ्यता र विचारको खोजीमा अगाडि बढिरहेकोछ । जसको विचार वैज्ञानिक र बस्तुबादी रहन्छ त्यहि विचारले नै नेपाली जनताको लागि मुक्ति दिन सक्दछ । अहिले नेपालमा एकिकृत नेकपा माओवादीको कांधमा संविधान लेखन सेना समायोजनआर्थिक रुपान्तर र राज्यको पुनस्रंरचना जस्ता मुल मुद्धामा केन्द्रित छ तर यथास्थितिवादी राजनैतिक शक्तिहरु र अन्र्तराष्ट्रिय शक्तिहरुको इशारा र चलखेल कारणले माओबादीलाई घेरावन्दी गरियो भने वाध्यात्मक अबश्थामा परिवर्तनकामी नेपाली जनताको अर्को शसक्त नयां जस्तो सुकै संघर्ष हुन सक्दछ । नेपाली जनतालाई निराशा तर्फ धकेल्ने प्रयात्न गरेका छन त्यसमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुले नयां नेपालको हरेक क्षेत्रमा सहयोग र समर्थन गर्न आव्हान गर्नु भयो । |
|
|
Photos courtesy: Krishna उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मंचबेल्जियमका अध्यक्ष विष्णु भुजेल, संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष नविन सापकोटा, नेपाली जनजाति सरोकार मंच युरोपका अध्यक्ष राम बहादुर गुरुङ, नेपाली संविधान सुझाब समिति युरोपका संयोजक सुरेन्द्र भुसाल, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका अध्यक्ष कृष्ण तिवारी, नेपाली जनजाति सरोकार मंच बेल्जियमका अध्यक्ष गम बहादुर गुरुङ, नेपाली प्रगतिशील महिला मंच बेल्जियमकी अध्यक्ष कल्पना मगर, मगरात मुक्ति मोर्चा युरोपका विरमान घर्तिमगर, नेपाली थारु समाज युरोपका संयोजक सोम नारायण थनेत, नेपाली जन सम्पर्क समितिका अध्यक्ष गंगाधर गौतम, एन डि एफ का अध्यक्ष तुलसीनाथ सुवेदी लगायतका बक्ताहरुले जनप्रगतिशील मंच बेल्जियमको विगतका गतिविधि र भुमिकाको बारेमा नेपालमा बन्न गैरहेको संविधानमा प्रवाशी नेपाली र समस्त नेपाली जनताको पक्षमा बन्नु पर्ने, राष्ट्रिय राजनितिको बारेमा प्रबाशबाट सबैले सहयोग गर्नु पर्ने, नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र राज्य घोषणा गर्नमा एकिकृत नेकपा माओबादीकै जगमा १९ दिने जनआन्दोलन सम्पन्न भएको थियो र नेपालका तत्कालिन ७ राजनैतिक पार्टीहरुलाई गणतन्त्रको पक्षमा ल्याउने काम माओवादीको पहलबाट भएको, नेपाली जनताको लागि जन संविधान बन्नु पर्ने, जाति, भाषा, धर्म र लिङ्गका आधारमा कुनै जाति र वर्गको सिमाङकन नहोस, प्रवाशी नेपालीहरुले नेपालको लागि खेल्नुपर्ने भुमिका लगायतका समसामयिक विषयहरुको बैचारिक एवं शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा एन आर एन आई सी सी बेल्जियमका सद स्य रविन्द्रमान श्रेष्ठ, नेपाली समुदाय संघर्ष समितिका संयोजक तथा एन आर एन बेल्जियमका उपाध्यक्ष लिला धर पन्त, म्याग्दी समाजका अध्यक्ष शिव बरुवाल, तमु समाज बेल्जियमका महासचिब होम गुरुङ, विश्व मगर महा संघ बेल्जियमका अध्यक्ष मार्के मगर, नेपाली राजदुताबास बेल्जियमकी प्रतिनिधि प्रथमा उप्रेति, इन्द्रधनुष स्पोट्स्र क्लबका अध्यक्ष मीन बहादुर गुरुङ, चितवन सहायता कोष बेल्जियमका महासचिब टिका पौडेल, नेपाली व्यापारी व्यावसायी संघ बेल्जियमका अध्यक्ष अर्जुन श्रेष्ठ, एन आर एन बेल्जियमकी प्रतिनिधि अनुजा प्रधान, पासापुच बेल्जियमकी अध्यक्ष रजनी श्रेष्ठ लगायतका महानुभाबहरुले मंचको भेलाको बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली एकता मंच बेल्जियमका अध्यक्ष जितबहादुर लामाले मन्तव्यका क्रममा प्रवाशमा रहेको नेपाली एकता मंच विचार र नितिगत कुराहरु सबै नेपाली जनप्रगतिशील मंचसंग एउटै भएकोले आजका मितिबाट नै एकता मंच विघटन गरि नेपाली जनप्रगतिशील मंच बेल्जियममा समाहित भै एकिकरण भएको घोषणा गर्नु भएको थियो भने डव्लु पि आर बि्रटेनका प्रतिनिधिले एकिकृत नेकपा माओबादीको हरेक गतिविधिमा सहयोग रहने र मंचको भेलाको सफलताको कामना गर्नु भएको थियो । उक्त भेलाको खुला शत्रमा नेपाली जनप्रगतिशील मंचको सांस्कृतिक टोली -जिवन श्रेष्ठ, रमेश कार्की, कुलबहादुर मगर, निशा आले, कल्पना मगर, इन्द्र न्यौपाने, सोनिया थनेत, गंगा शर्मा, जमुना शर्मा, मिलन गुरुङ, मेरिना र बालकलाकारमा चांदनी भुजेल, सुरुची सुवेदी, सन्ध्या सुवेदी, लेना वजगांई, अप्सरा रिमाल, तारा रिमाल, अनुष्का आचार्यबाट जनताको भावनासंग गांसिएका प्रगतिशील गित तथा बालकलाकारहरुबाट रोचक नृत्यहरु प्रदर्शनी गरिएका थिए । उक्त आठौं ऐतिहासिक वार्षिक भेला कार्यक्रमको उपश्थित महानुभाबहरुलाई स्वागत मन्तव्य मंचका उपाध्यक्ष चित्र सुवेदीले गर्नुभएको थियो भने अतिथिहरुलाई मंचका सदस्यहरु तथा स्वयम सेवक मित्रहरुबाट व्याच तथा खानपिनकोसमेत वितरण गरिएको थियो । उक्त खुला शत्र कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष विष्णु भुजेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव दधिराज घिमिरेले गर्नुभएको थियो । -Krishna Tiwari in Belgium |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||