|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
व्यवस्थापिका वैठक शुरु नहुँदै अवरुद्ध गर्ने
धम्की काठमाण्डौं, November 7, 2008- तिहार र छठ पर्वका कारण विगत दुई हप्तादेखि स्थगित व्यवस्थापिका संसदको वैठक शुरु हुन नपाउँदै काँग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीले अवरुद्ध गर्ने धम्की दिएका छन्। कार्तिक ७ गतेदेखि बन्द रहेको वैठक २२ गते शुरु हुना साथ समय लिएर बोलेका तमलोपा सभासद ह्रदयेश त्रिपाठी र काँग्रेस सभासद रामशरण महतले सदन चल्न नदिने चेतावनी दिएका हुन् । नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा विहान साढे एघार बजे वैठक शूरु हुने वित्तिकै सभासद त्रिपाठीले भने 'सत्तामा भएका दलहरुका मुख्य सचेतक र सचेतकलाई सुविधा उपलब्ध गराउने मन्त्री परिषदले निर्णय गरेको छ । यस बारेमा सरकारले भोलि विहानसम्ममा सरकारले जवाफ नदिए भोलिदेखि नै सदन अवरुद्ध गर्नैछौं ।' उनले सेना समायोजन विशेष समिति असंवैधानिक भएकाले तत्काल विघटन गर्न माग गरे । उपराष्ट्रपतिको अभिव्यक्ति बारे माओवादी र एमालेको संयन्त्रले गरेको निर्णयसमेत आपत्ति जनक रहेको सभासद त्रिपाठीको भनाई थियो । उक्त संयन्त्रको कार्तिक २१ गतेको वैठकले सेना समायोजन विशेष समिति असंवैधानिक छ भन्ने उपराष्ट्रपतिको भनाई नै असंवैधानिक भएको ठहर गरेको थियो । काँग्रेस सभासद महतले त्रिपाठीकै भाषामा कब्जा गरिएका सम्पत्ति क्षतीपूर्ति सहित फिर्ता नगरीए सदन चल्न नदिने बताएका थिए । महतले १५ दिन भित्र सम्पति फिर्ता नभए बजेट पास गर्न नदिने दाबीसमेत गरे । काँग्रेसको पालामा नियुक्त भएका तीन देशका सरकारले राजदुत फिर्ता बोलाएको पनि उनले गुनासो गरे । माओवादी नेताहरुले अझै पनि सम्झौता विपरीत दोहोरो सुरक्षा लिईरहेको, संविधान सभा चुनावको बेलामा भएका नोक्सानीको क्षतीपूर्ति नपाएको उल्लेख गरे । उता नेकपा माओवादीका सभासद खड्गबहादुर विश्वकर्माले उपराष्ट्रपतिले दिएको अभिव्यक्तिबारे सदनमा जवाफ दिनुपर्ने बताए । सहमती र सहकार्यको राजनीति आफ्नो पार्टीले नभई काँग्रेसले तोडेको विश्वकर्माको भनाई थियो । उनले भने 'अन्तरिम संविधान संशोधन गरेर प्रतिपक्षमा रहने व्यवस्था गरेदेखि नै काँग्रेसले सहमती र सहकार्यको राजनीति तोडेको हो ।' उनले कालीकोटको नाङीकोटमा सुक्खा पहिरोबाट पिडितहरुलाई उचित राहतको व्यवस्था गर्न आग्रह गरे । नेकपा एमाले सभासद रविन्द्र अधिकारीले दलहरु प्रतिपक्ष र सत्तापक्ष भनेर वादविवादमा अल्झिने हो भने संविधान नै बन्न नसक्ने ठोकुवा गरे । शिक्षा क्षेत्रमा सरकारको उचित ध्यान जान नसकेको उनको भनाई थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सभासद कुन्ती शाहीले सेना समायोजन विशेष समितमा रहने भनिएका 'प्रमुख दल' को को हुन् भन्ने स्पष्ट हुनु पर्ने बताइन् । |
|
|
राष्ट्रिय जनशक्ति पार्टीका सभासद डा.
प्रकाशचन्द लोहनीले सरकारले पृथ्वीनारायण नगरपालिकाको नाम गोर्खा नगरपालिका
बनाएर ठूलो गल्ती गरेको दाबी गरे । उनले कसैलाई थाहै नदिई रक्षा मन्त्री
रामबहादुर थापा मगर 'बादल' र सूचना तथा सन्चार मन्त्री कृष्णबहादुर महरा
चीनको खासा भ्रमणमा गएको भन्दै यसबारे सदनमा जवाफ दिनु पर्ने बताए । विशेष समय लिएर बोलेका राष्ट्रिय जनमोर्चा सभासद चित्रबहादुर केसीले उपराष्ट्रपतिले हैसियत नाघेर बोलेकाले सदनमा जवाफ दिनु पर्ने धारणा राखे । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||