|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
उपत्यका बन्दको आन्दोलनरत संघर्ष समिति र सरकारबीच वार्ता काठमाण्डौं, November 20, 2008- आन्दोलनरत संघर्ष समिति र सरकारबीच सशस्त्र प्रहरी कार्यालय हलचोकमा भएको वार्तामा धादिङ हत्याकाण्डबारे छानबीन आयोग गठन गर्न र पीडित परिवारलाई उचित राहत दिन दिन सरकार तयार भएको छ । आन्दोलनरत संघर्ष समिति र सरकारबीच सशस्त्र प्रहरी कार्यालय हलचोकमा भएको वार्तामा गृहमन्त्री वामदेव गौतमले पीडितलाई उचित राहत दिने बताए । वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीको राजिनामा, हत्यारालाई गिरफ्तार गरी कारवाही, पीडितका परिवारलाई रोजगारी लगायत पाँच बुँदे माग राखेको छ । वार्तामा संघर्ष समितिका संयोजक किशोर के.सी. लगायत १२ जना र सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र सुरक्षा निकायका प्रमुख तथा काठमाण्डूका प्रमुख जिल्ला अधिकारी सहभागी थिए । गृहमन्त्री गौतमले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरी समाधान गर्ने बताएको संघर्ष समितिका संयोजक किशोर के.सीले बताए । युवक हत्याको विरोधमा भएको उपत्यका बन्दको क्रममा प्रदर्शनकारी र बन्द अवज्ञा गर्ने समुहबीच ठाउँठाउँमा झडप भएको छ । झडपमा ७ जना प्रदर्शनकारी घाइते भएका छन् । बन्दका कारण काठमाण्डू उपत्यका र धादिङको जनजीवन कष्टकर बनेको छ । काठमाण्डूमा मुख्य बजार, यातायात र शिक्षण संस्था बन्द छन् । धादिङमा पर्ने पृथ्वी राजमार्ग त्रिभुवन राजपथ र कालुपाँडे मार्गमा पनि गाडी चलेनन् । बन्द आव्हानकर्ताले उपत्यकाका ठाउँठाउँमा गाडी तोडफोड गरेका छन् । हत्यामा संलग्न दोषीलाई कार्वाहीको माग गर्दै काठमाण्डु स्यूचाटारका स्थानीय वासिन्दाले गठन गरेको नागरिक सघर्ष समितिले बन्द आह्वान गरेको हो । वाईसीएल र युथफोर्सका कार्यकर्ताबीच तनाव भएको बेला एक महिनाअघि वाईसीएल कार्यकर्ताले काठमाण्डूका डंगोल र पन्तलाई अपहरण गरेका थिए । उनीहरुको शव गाडिएको अवस्थामा अस्ति धादिङको पिडामा भेटिएको हो । यसैबीच नेकपा एकता केन्द्र मसालले घटनाको अधिकार सम्पन्न आयोग गठन गरी घटनाको छानविन, दोषीमाथि कारवाही र पीडित परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गर्न माग गरेको छ । महासचिव नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले विज्ञप्ति निकाल्दै शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याई जनतालाई सुरक्षाको प्रत्याभूति दिन सरकारसित आग्रह गरे । युवक हत्याको विषयमा उच्चस्तरीय छानवीन आयोग गठन दोषीलाई कारवाही र पीडितलाई राहत दिन युवा तथा विद्यार्थी नेताहरुले माग गरेका छन् । रिपोर्टस क्लबको कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले हत्यारालाई कानुनी दायरामा ल्याउनुको विकल्प नभएको बताए । उनले कांग्रेस र तरुण दलले उत्तेजना फैलाएको आरोपसमेत लगाए । |
|
|
तरुण दलका अध्यक्ष महेन्द्र यादबले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा
दिनुपर्ने, नभए सरकार र वाईसीएल विरोधी आन्दोलन थाल्ने चेतावनी दिए ।
यादवले माओवादी संविधान लेख्न नदिने, प्रतिगमन फर्काउने र शान्ति
सम्झौतालाई पालना गर्न नदिन लागिपरेको आरोप लगाए । प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष अजम्बर काङमाङले हत्यामा वाईसीएल कार्यकर्ता दोषी भएको भन्दै वाईसीएल विघटन गर्न माग गरे । अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्री मगरले हत्याको माओवादीले जिम्मा लिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने उल्लेख गरिन् । वाईसीएलका अध्यक्ष गणेशमान पुनले हत्याकाण्डमा आफूहरुको संलग्नता नभएको दावी गर्दै छानवीन गरेर दोषीलाई कारवाही धारणा राखे । अध्यक्ष पुनले घटना जसले घटाएको भए पनि आपराधिक भएको टिप्पणी गरे । सुकुम्बासी र युथ फोस्रबीच विवाद भएको र त्यतीबेला वाईसीएल त्यहाँ हुँदै नभएको बताए । राजीतिक पूर्वाग्रहका कारण वाइसीएलको नाम जोडिएको अध्यक्ष पुनको भनाई छ । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||