लहान, 23 Jan, 009- सप्तकोशी नदीको बांध भत्किएको मूल ठाउं श्रीपुरको जमुवा
चोकमा यात्रीहरु आवतजावत गर्नको लागि विहिवारबाट बांसको अस्थायी पुल
प्रयोगमा ल्याइएको छ ।
स्थानीयवासीको सकि्रयतामा पूर्व पश्चिम राजमार्गको लौकही-भण्टावारीको
श्रीपुर जमुवामा बांसको पुल प्रयोगमा ल्याउन करिब ६ सय मिटर लामो बांसको
भाटा बति को पुल तयार गरिएको हो ।
उक्त बांसको अस्थायी पुल तयार पार्न करिब ६ लाख ६० हजार खर्च भएको स्थानीय
मो. जलिलले बताए।
बांसको अस्थायी पुल प्रयोगमा आएपछि विहिवारदेखि कोशी नदी तार्न प्रयोगमा
ल्याइएको र त्यहां संचालित करिब चार दर्जन डुंगा स्वतः विस्थापित हुने
सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले बताउंनुभयो ।
गत भदौं २ गते कोशी नदीले पश्चिम कुशहा ४ बाट तटबन्ध भत्काएर राजमार्ग समेत
बगाएपछि सो क्षेत्रमा यात्रु आवागमनका लागि डुंगा प्रयोगमा ल्याइएको थियो ।
बांसको पुलबाट आवगमन गरे वापत प्रति व्यक्ति रु. ५०।- का दरले शुल्क लिने
गरेको छ भने मोटर साईकल तथा साथमा मालसमान लगेमा रु.१००।- तिर्नुपर्ने
बताइएको छ । विहिवार पुल प्रयोगमा आउंदा १ लाख ६५ हजार रकम उठाइएको थियो ।
शुक्रवार २ लाख ३० हजार जति रकम उठाइएको स्रोतले जनाएको छ ।