|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बाल्टिमोरका नेपालीहरुले चुने नयाँ नेता![]() Archive» Baltimore Nepalese. Photo: Gautam Dahal. Illustration: eEyeCam बाल्टिमोर, अमेरिका, 31 Mar, 09- बाल्टिमोर वरपर बसोबास गर्ने नेपालीहरुको सामाजिक संगठन बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को आगामी दुई वर्षका लागि नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । Nepalese leaders from Maryland, USA. Photos courtesy: Gautam Dahal आइतवार सम्पन्न बानाको दोश्रो साधारण सभासँगै भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो । नेतृत्व चयनका लागि भएको निर्वाचनबाट निवर्तमान उपाध्यक्ष रबिना थापा निर्वाचित हुनुभएको छ । कूल ४५१ जना साधारण सदस्य मध्ये ३४८ जनाले मतदान प्रकि्रयामा सहभागिता जनाएको र त्यसमध्ये चार मत बदर भएको जानकारी निर्वाचन समितिले दिएको थियो । खसेको मत मध्ये अध्यक्षमा निर्वाचित थापाले २०५ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिष्पर्धी बोधदीपक घिमिरेले १३९ मत प्राप्त गर्नुभएको थियो । |
|
|
यसैगरी महासचिव पदका लागि भएको निर्वाचनमा गौतम दाहाल १७५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धी मध्ये मृगेन्द्र हुमागाँईंले ९० र पर्ल रेग्मी मोती ले ७८ मत ल्याउनु भएको थियो । चार सदस्य पदका लागि भएको निर्वाचनमा विनोद उप्रेती, अनुसुया वन्त, अपला उपाध्याय र श्रीजन ताम्राकार निर्वाचित हुनुभएको छ । यसअघि संगठनको उपाध्यक्षमा रामप्रकाश भण्डारी, सचिवमा सजय घिमिरे, मेम्वरसीप डाइरेक्टरमा सुमन मल्ल र इन्फर्मेसन डाइरेक्टरमा चेतन पौड्याल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यसैबीच खाली रहेको कोषाध्यक्ष पद सहमतिबाट चाँडै मनोनयन गरिने जानकारी नवनिर्वाचित अध्यक्ष रविना थापाले दिनुभएको छ । Photos courtesy: Gautam Dahal आइतवार बिहान आठ बजेदेखि शुरु भएको मतदान कार्य साँझ ६ बजेसम्म जारी रहेको थियो । मत गणनापछि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास अमेरिकाका कार्यवाहक राजदूत कालीप्रसाद पोखरेल, एशोसियसन अफ नेपलिज इन अमेरिका एएनएका उपाध्यक्ष सिमोन ढुंगाना, बानाका निवर्तमान अध्यक्ष कृष घिमिरे लगायतले नवनिर्वाचित नेतृत्वको कार्यकालको सफलताको लागि शुभकामना दिनुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक डा. भीम कट्टेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने प्रजातान्त्रिक प्रकि्रयाबाट नेतृत्व चयन गर्न निर्वाचन समितिले पुर्याएको योगदान स्वरुप बानाको तर्फबाट निर्वाचन समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथिले कदर पत्र प्रदान गर्नुभएको थियो । निर्वाचन परिणामपछि अध्यक्षका प्रतिष्पर्धी दीपक घिमिरे र महासचिवका प्रतिष्पर्धीहरु मृगेन्द्र हुमागाई र पर्ल रेग्मीले आफूहरु सधैं बानाको हितका लागि कि्रयाशील रहने र निर्वाचित नेतृत्वलाई पूर्ण साथ दिने वचनबद्धता व्यक्त गर्नुभएको थियो । यसैगरी आफूलाई नेतृत्वमा पुर्याउनका लागि सहयोग गर्ने बाल्टिमोरका सम्पूर्ण नेपालीहरुलाई नवनिर्वाचित अध्यक्ष थापा र महासचिव दाहालले आभार व्यक्त गर्दै दुई वर्षे कार्यकालमा सम्पूर्ण नेपाली समुदायको हितका लागि कि्रयाशील रहने प्रतिवद्धता जनाउँदै नयाँ नेतृत्वलाई सहयोग पुर्याउन सबै शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ । विस्तृत जानकारीका लागि बानाको आधिकारिक वेभ पेज www.banaonline.org सर्च गर्न नयाँ नेतृत्वले आग्रह गरेको छ । -Gautam Dahal in Maryland Photos courtesy: Gautam Dahal |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||