Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नेपालमा राजतन्त्रको औचित्य समाप्त भएको हिन्दू पण्डितको ठोकुवा
बाहुन पत्रकारले 'बाहुनबाद' पुस्तक किन लेखे ?


बाहुनबाद नामक पुस्तक पढ्दै र सम्बोधन गर्दै पण्डित दीनबन्धु पोखरेल Photo: Sitaram Baral

काठमाडौं, May 10, 2008-प्रखर हिन्दू पण्डित दीनबन्धु पोखरेलले राजा राख्नकालागि सशस्त्र संघर्ष गर्ने कुरा नेपालका हिन्दूहरुकालागि मान्य र सैह्य नहुने बताएका छन् । जनआस्था साप्ताहिक सम्बद्ध पत्रकार अरुण बरालद्धारा लिखित 'बाहुनबाद' नामक पुस्तक बिमोचन समारोहमा बोल्दै पुराणबाचक पण्डित पोखरेलले उपरोक्त कुरा बताएका हुन् ।

राजधानीमा आयोजित सो कार्यक्रमा पण्डित पोखरेलले भने- 'जनतालाई दुख दिने राजालाई हिन्दू धर्मलेपनि राजा मान्दैन । बरु भागवत लगायतका हिन्दू धर्मग्रन्थहरुमा जनतालाई दुख दिने राजालाई जनता स्वयंले काटेको उल्लेख छ ।' राजा र हिन्दू धर्म फरक-फरक विषय भएको बताउँदै पण्डित पोखरेलले राजतन्त्रले जनताको शोषण गरेकाले नेपालमा राजतन्त्रको औचित्य समाप्त भएको ठोकुवापनि गरे । उनको भनाई थियो- 'यो स्थितिमा राजतन्त्र राख्नकालागि नेपाल र भारतका केही हिन्दूहरुले सशस्त्र संघर्ष गर्छौ भन्नुको कुनै औचित्य छैन ।'

केही दिन अघि भारत उत्तर प्रदेशको बलरामपुरमा आयोजित बिश्व हिन्दू महासंघको सम्मेलनबाट अध्यक्षमा निर्वाचित पूर्व कर्णेल हेमबहादुर कार्की, महासंघका निवर्तमान अध्यक्ष एबं राजा ज्ञानेन्द्रका सल्लाहकार भरकेशर िसंह लगायतले राजतन्त्र हटाइए भारतका हिन्दूहरुसमेतको सहयोग लिएर सशस्त्र संघर्ष गर्ने बताएका थिए । तर पण्डित पोखरेलले भने नेपालमा राजतन्त्रको आवश्यकता नरहेको बताए । स्मरणीय छ, हत्या गरिएका पण्डित पोखरेलका पिता बाचन शिरोमणि नारायणप्रसाद पोखरेल हत्या हुनुअघि विश्वहिन्दू महासंघका अध्यक्ष थिए । पोखरेलको हत्या माओवादीले गरेको भनिएपनि कतिपयले राजाको एडिसीसमेत रहेका भरतकेशर िसंहलाईपनि शंकाको घेरामा राखेका थिए ।

धर्मनिरपेक्षताको स्वागत गर्दै पण्डित पोखरेलले यससम्बन्धी निर्णय संविधान सभाभन्दा जनमत संग्रहद्धारा गरिनु उपयुक्त हुने सुझावपनि दिएका छन् । उनले भने- 'यस्तो सम्बेदनशील निर्णय गर्दा प्रत्यक्ष रुपले सम्पूर्ण जनताको मत बुझ्ने काम हुनुपर्थ्यो ।'
तर उनले ब्राम्हण समाजमा केही गलत धारणाहरु रहेपनि 'बाहुनबाद' को अस्तित्व नरहेको ठोकुवा गरे । उनले भने- 'बाहुनबाद कसैमा पलाएको बिचार होला तर यसको न कुनै अस्तित्व छ न त संगठन नै ।' उनले ३ हजार बर्षअघि लेखिएको मनुस्मृति त्यो समाजको संविधान भएको बताउँदै अहिलेको समाजमा त्यो असान्दर्भिक भैसकेको बताए ।

तर उपाध्याय ब्राम्हण समाजका पत्रकार अरुण बरालले ब्राम्हण समाजमैपनि छोरा-बुहारीले पकाएको खाना बाबु-आमाले नखाने चलन रहेको बताउँदै ब्राम्हण समाजमा रहेका यस्तै कुरितीले आफूलाई पुस्तक लेख्न अभिप्रेरित गरेको बताए । 'पुस्तक मेरो अभिमत र विचारमात्र हो कुनै प्राज्ञिक लेखन होइन' उनले भने- 'ब्राम्हणबाद भनेको सामन्तवादको अवशेष हो कुनै जातिलाई हेप्न बनाएको शब्द होइन । यो सामन्ती अवशेष सबै जातिमा छ ।' उनले ब्राम्हण समाजभित्रै बिद्रोहको आवस्यकता रहेकोपनि औंल्याए ।

अन्तरिम व्यवस्थापिका-संसदमा जनमोर्चाकी बिधायक अन्‍जना बिसंखेले फलाम काट्न फलाम नै प्रभावकारी भए झैं बाहुनबादको अन्त्यकालागि एक बाहुन युवक अग्रसर भएकोमा खुसी व्यक्त गरिन् । दलित समाजभित्रैपनि छुवाछुत प्रथा रहेको बताउँदै उनले भनिन्- 'दलितमाझपनि विश्वकर्माले सार्की र दमाईलाई हेप्ने प्रचलन छ । नेवारी दलितको रुपमा रहेका च्यामे-पोडेले भोग्नु परेका छुवाछुत र असमानताका समस्या अझ विकराल छन् ।' दलित समुदायलाई पहिल्यैदेखि शिक्षा र अबसरबाट बन्चित गराइएको बताउँदै बिधायक बिसंखेले भनिन्- 'दलितहरुसँग जुन सीप छ यदि दलितहरुलाई शिक्षा दिइएको भए र त्यो सीप र शिक्षाको संयोजन गर्न सकिएको भए अहिले नेपालमा आर्थिक रुपले मारवाडी समुदाय होइन दलितहरु सबैभन्दा सम्पन्न हुने थिए ।'

कार्यक्रममा माओवादीका बरिष्ठ नेता एबं संविधान सभा सदस्य दीननाथ शर्मा र माओवादीकै अर्का सभासद् प्राध्यापक पदमलाल विश्वकर्मापनि उपस्थित थिए । शर्माले भने- 'छुवाछुत प्रथा समाजमा र अन्य पार्टीमामात्र होइन सबैभन्दा प्रगतिशील भनिएको हाम्रै पार्टीभित्रपनि छ । हाम्रा योद्धाहरु युद्ध लड्दा यो जात र उ जात नभनी सँगै लड्छन् जब पार्टी कामको सिलसिलामा जनताबीच जानुपर्ने हुन्छ तब दलित साथीहरुलाई दलितकै घरमा र ब्राम्मण-क्षेत्री साथीहरु ब्राम्हण क्षेत्रीकै घरमा सेल्टर लिन पुग्छन् । योपनि पार्टीभित्र रहेको छुवाछुत संस्कारको अवशेष हो ।'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®