Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Baharain

बहराइनमा नेपाली पत्रकारहरुको पहिलो पत्रकार संघ गठन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepalese journalists in Baharain. Photos: Gokul

बहराइन, 21 Feb, 09- नेपाल बहराइन पत्रकार संघ बहराइनको २० फेब्रुवरीमा भएको प्रथम साधारण भेलाले ११ सदस्यीय पत्रकार समिति गठन गरेकोछ ।

उक्त संघको नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सन्तोष दाहाल, उपाध्यक्ष जुही अनिरुद्र, सचिव प्रनिश गिरी, उपसचिव नारायण थापा, कोषाध्यक्ष दिपक नेपाल र सदस्यहरुमा गोकुल बर्देवा, चन्द्र गुरुङ्ग, अमर परियार, महेन्द्र खड्का, बिक्रम चुडाल र यमलाल पराजुली रहनु भएको छ ।

त्यसैगरी, सल्लाहकारहरुमा प्रमुख सल्लाहकार बासुदेव भट्टराई र सल्लाहकारहरुमा दिपराज खड्का, बीरध्वज सिवा, अबदुल्ला नेपाली, अनिरुद्र प्रसाद र कृष्ण मगर हुनुहुन्छ ।

नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न साधारण सभामा उल्लेखनीय संख्यामा परदेशवासी नेपालीहरुको सहभागीता रहेको थियो । नेपाल बहराइन पत्रकार संघका कार्यक्रम संयोजक सन्तोष दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी, बुद्धिजीवी, बहराइनमा कार्यरत व्यवसायी, स्वतन्त्र नागरिकहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुने नेपाली क्लब बहराइनका अध्यक्ष टंक बस्नेतले बहराइनमा गठन हुन गइरहेको पत्रकार संघलाई स्वागत गर्दै यसले परदेशवासी नेपालीहरुको समस्या र असजिला कुराहरुलाई बाहिर ल्याउन सक्नुपर्ने बताउनु भयो । अर्का वक्ता एकता समाजका महासचिव एलबी रानाले बहराइनमा कार्यरत संघ संस्थालाई एकसुत्रमा बाँधेर उनीहरुलाई जागरुक राख्न नेपाल बहराइन पत्रकार संघ सहयोगी हुन सक्नुपर्छ भन्नु भयो।
 


त्यस्तै अर्का वक्ता मगर संघका महासचिव भगेन्द्र पुलामी मगरले पत्रकारिता जगत राज्यको चौथो अंग भएको हुंदा यसको जिम्मेवारी गहन भएको हँदा सोही अनुसार पत्रकार पनि निर्भिक भई हिड्न सन्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा अन्य वक्ताहरुमा नेपाली हाउस बहराइनका अमर परियार, भोजपुर हातेमालो समितिका दीपक राई, मेचीकाली जनसेवा मन्‍चका उपाध्यक्ष हरि सुवेदी, नेपाली चर्च मण्डलीका प्रतिनिधी बीनोद सेन, तमु समाजका प्रतिनिधी चन्द्र गुरुङ्ग, यूनिटी लाइफ एसुरेन्सका अध्यक्ष प्रकाश दर्नाल हुनुहुन्थ्यो।


Photos: Gokul

त्यसैगरी कार्यक्रममा खोटाङ्ग जनकल्याण समितिका अध्यक्ष श्याम कुमार राई, तमु समाजका संस्थापक अध्यक्ष गम बहादुर गुरुङ्ग, बहराइनबाट प्रकाशित अंग्रजी पत्रिका Bahrain Tribune का प्रतिनिधी अनिरुद्र प्रसाद, IME का प्रतिनिधी दिपक नेपाल आदीको उपस्थित थियो ।

शुक्रबारका दिन सम्पन्न उक्त्त साधारण सभाको सन्‍चालन nepalibahrain.com का प्रधान सम्पादक प्रनिश गिरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य Gulf Daily News का सहसम्पादक श्रीमती जुही अनिरुद्रले दिनु भएको थियो ।

-Gokul Bardewa in Baharain
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®