Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पाल्पा सरर अब पैसा होइन, डेबिट र क्रेडिट कार्ड बोकेर


The guests and organizers at the first ATM launch program in Tansen, Palpa. Photos: Hari

पाल्पा, 11 Feb, 09- नेपालमा हाल १७ ब्यापारिक र २१ भन्दाबेसी बिकास बैङ्किङ सस्थाहरुले डेबिट र क्रेडिट कार्ड बितरण गरेको सरकारी तथ्याङ्क छ। साधारण एटिएम मेसिनको मूल्य झन्डै ८ लाख रुपैयाँ पर्दछ। यसै बिच, पश्चिमान्‍चल विकास बैक लिमिटेड पाल्पाले मंगलवारदेखि औटोमेटिक टेलर मशिन (ए.टि.एम) सेवा सन्‍चालनमा ल्याएको छ।

अत्याधुनिक प्रविधि मार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरुप पाल्पामा पहिलो पटक यो सेवा थप गरेको हो । कार्यक्रमको उदघाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंक सिदार्थ नगरका मुख्य व्यवस्थापक खेमनारायण ढकालले पश्चिमान्‍चल विकास बैंकले एटिएम सुविधा थपेर जनताको विश्वास जितेको भन्दै बैंकको यो सेवाले सेवाग्राहीहरुलाई पैसा लिएर हिड्दा हुने असुरक्षा र झन्झटलाई मुक्त गरि दिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा हुनु पर्ने बताउदै जुन बैंकले निक्षेप कर्तालाई व्याजदर बढी दिन्छ त्यही बैंकमा नागरिकहरुले निक्षेप संकलन गर्नु पर्ने स्पष्ट पानुभयो । उहाँलॆ विश्वमा आएको आर्थिक मन्दिले नेपालको वित्तिय क्षेत्रमा खासै प्रभाव नपार्ने भन्दै बैंकिङ क्षेत्रमा आएको प्रतिस्पर्धाले बैंकहरुको संख्या वृद्धिले स्थानिय दक्ष जनशक्तिले स्थानिय तहमा नै रोजगार पाउने विचार राख्नुभयो । उहाले भन्नुभयो प्रतिस्पर्धात्मक रुपमा बैंक शहरमुखी मात्रै नभई ग्रामिणमुखि हुनु पर्छ ।
 


कार्यक्रममा बोल्दै सेवाग्राहीलाई नगद रकम लिएर हिडदा असुरक्षाको महसुश हुने हुदाँ यस सेवाले ग्राहकहरुलाई यस बैकको कुनैपनि शाखामा पैसा निकाल्न एकदमै सजिलो बनाईदिएको बैकका प्रवन्धक सन्‍चालक लक्ष्मण ज्ञावलीले बताए । उनले भने 'यस सेवासंग आवद्ध मुलुक भरि १७० एटिएम मंशिनबाट पैसा निकाल्न सक्ने व्यवस्था छ ।

प्रवन्धक ज्ञवालीले वाणिज्य बैक विकास बैंक र वित्तिय संस्था गरि ४० वटा संस्था यसमा आवद्ध भएको भन्दै पश्चिमान्‍चल विकास बैंक लि. का ग्राहकहरुले बैंकको एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क तिर्नु नपर्नेसमेत जानकारी गराए ।

वि.स. २०५९ साल चैत्र १८ गते नेपाल राष्ट्र बैकबाट पश्चिमान्‍चल विकास बैक लि. नेपालले ईजाजत प्राप्त गरि सोही वर्ष चैत्र २० गते बुटवलमा केन्द्रिय कार्यलयको रुपमा स्थापित भई कारोवार गर्दै आएको र हाल लुम्विनि अंचलको मणिग्राम, रुपन्देही; तानसेन, पाल्पा; सुनवल, नवलपरासी; कावासोती, नवलपरासी गरि चार स्थानमा शाखा स्थापना भई काम गर्दै आएको पाल्पा पश्चिमान्‍चल विकास बैकका शाखा प्रमुख विष्णु पौड्यालले बताउनुभयो ।

उहाँले पाल्पा जिल्लाको हकमा २०६३ साल फागुन २८ गते स्थापना भई साधारण वचत, विद्यार्थी वचत, सुपर वचत, बाल वचत लगायतका बैंकिङ सेवा दिएको भन्दै बैंकले निक्षेपकर्तालाई उचित प्रतिफलको रुपमा दैनिक व्याज स्वरुप व्यक्तिगत तथा संस्थागत वचत खाता तर्फ दैनिक मौज्दातमा ७ प्रतिशत र मुद्दतीमा ९.९० प्रतिशत सम्म व्याजदर उपलब्ध गराएको जानकारी गराउनुभयो ।

पाल्पा शाखाले छोटो समयमै निक्षेप तथा कर्जामा ३ हजार सेवाग्राहीलाई प्रत्यक्ष रुपमा बैंकिङ सेवा उपलब्ध गराएको र हाल निक्षेप तर्फ २२ करोड र कर्जा लगानी तर्फ १० करोडको कारोवार भएकोसमेत उहाँले जानकारी गराउनुभयो ।

-Haribahadur Saru Magar in Palpa
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®