|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
गिरफ्तार सभासदको हुङ्कार |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौ, January 19, 2009- व्यापारी हत्याको अभियोगमा गिरफतार सिंहलाई ३
दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत पर्साले
प्रहरीलाइ आदेश दिएको छ । पर्सा प्रहरीले आज सिंहलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । प्रहरीले अनुसन्धानको लागि म्याद थप्न अदालत समक्ष आग्रह गरेकोमा यस बारेमा भएको लामो बहस पछि ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो । सभासद सिंहका तर्फबाट नेपाल बार एसोसिएसन पसा्रका तर्फबाट ८ जना कानुन ब्यबसायीले बहस गरेका थिए । नेपाल बार एसोसिएसन पर्साले सभासद सिंहलाइ राजनितीक पुर्वाग्रहका कारण पक्राउ गरेको भन्दै उनको पक्षमा बहस गर्ने निर्णय बमोजिम उनको पक्षमा बहस गरेको पर्सा बाराका अध्यक्ष सुधिर कर्णले जानकारी दिएका छन् । अदालतले सिंहलाई ३ दिन हिरासतमा राख्ने आदेश दिएपछि सो निर्णयप्रति बिमत्ति जनाउदै भोली पुनराबेदन अदालत हेटौडामा रिट दिने बारले जनाएको छ । आजको बहसमा आबस्यक कारण नखुलेको भन्दै उनीहरुले म्याद थप गर्न नहुनेमा जोड दिएका थिए । प्रहरीले ब्यापारी राजेश क्याल र जटाशंकर साहको हत्यामा सिहंको पनि संलग्नता रहेको भन्दै हिजो वीरगन्जमा पक्राउ गरेको थियो । यसैबिच संबिधान सभाका सदस्य ववन सिंहलाइ पर्सा प्रहरीले हिजो पक्राउ गरेपछि सो पक्राउको बिरोधमा आज दिनभर वीरगन्ज र रौतहट आसपासका क्षेत्रको अबस्था तनावपुर्ण रह्यो । नेपाल ट्रेड युनियन महासंघ फोरम, स्वतन्त्र मधेशी युवा फोस्र र तराइ युवा मधेशी फ्रन्टका कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गर्नुका साथै बजार बन्द गराए । उनीहरुले आज दिनभरी जसो वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु चोक, पुरानो बसपार्क, घडिअर्वाचोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन पनि गरेका छन् । सभासद सिंहको पक्राउको बिरोधमा वीरगन्जको घण्टाघरमा प्रर्दशन गर्ने ७ जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारी र प्रहरीबिच केहिबेर दोहोरो ढ्रुगा हानाहान समेत भएको थियो । प्रदर्शनकारीले वीरगन्जको िलंकरोडमा जे.एच ०५ एन ४४३३ नम्बरको भारतीय टाटा सुमो तोडफोड गरेका छन् । सभासद सिंहको पक्राउको बिरोधमा बाराको कलैया र रौतहटको गौर चन्द्रनिगाहपुर खण्डमा पनि आज प्रदर्शन भएको छ । यसैबिच अदालत लैजाने क्रममा सिंहले प्रहरी कार्यालयमा उपस्थित रहेका सन्चारकर्मीहरुसित आफुलाई माओबादीको नेतृत्वको सरकारले प्रतिशोधमा फसाउन खोजेको आरोप लगाउनुभयो । उहाले प्रहरीले जसको बयानको आधारमा आफलाई पक्राउ गरेको हो उसलाई आफुले चिन्दै नचिनेको बताउदै हत्याका आफ्नो सम्लग्नता नभएको दाबी गर्नुभएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फबाट निर्वाचीत सिहं सभासद भएदेखीनै चर्चामा रहनुभयो । काठमाण्डौ बम काण्ड र गौर हत्या काण्डपछि प्रहरीको मोस्ट वाण्टेड सिंहले गोप्य रुपमै संबिधान सभा सदस्य पदको सपथ ग्रहण गरेका थिए । -Santa Bagam in Kathamndu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||