Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सैन्य भर्ना सम्बन्धी सर्बोच्चमा कुरा बाझ्यो, माओवादी सेनाको ७ नं डिभिजनमा भर्ना जारी

काठमाण्डौ, 13 Mar, 09- सत्तारुढ पाँच दलको सरकार सन्‍चालनसम्बन्धी संयन्त्रले नेपाली सेनाले गरेको सैन्य भर्नालाई मान्यता दिने निर्णय गरेपनि यो विषय अरु पेचिलो बन्न पुगेको छ ।

यस सम्बन्धमा सर्वाेच्च अदालतमा परेको मुद्धामा नेपाल सरकारका महान्यायाधिबक्ताले सैन्य भर्नाको विरुद्धमा राय दिएका छन् भने जनमुक्ति सेनाको हेडक्वार्टरले आफ्नो सेनामा खोलिएको सैन्य भर्ना रोक्न निर्देशन जारी गरेपनि नेपाली सेनाले सरकार र अदालतले दिएको निर्देशन र आदेश नमानेको भन्दै जनमुक्ति सेनाको सातौं डिभिजनले आफ्नो सेनामा भर्ति रोक्न अस्वीकार गरेको छ ।

सैन्य भर्ना रोक्न माग गर्दै सर्वाेच्च अदालतमा परेको मुद्धाका सम्बन्धमा महान्यायाधिबक्ताको कार्यालयबाट भर्नाकै पक्षमा बहस गर्न सत्तँरुढ ५ दलीय संयन्त्रको गत फागुन १७ गतेको बैठकले निर्णय गरेको थियो । तर विहीबार भएको यससम्बन्धी बहसमा महान्यायाधिबक्ता राघबलाल बैद्यले सैन्य भर्नाको विपक्षमा बहस गरिदिएका छन् । 'रक्षा मन्त्रालय र सर्वाेच्च अदालतले आदेश दिइसकेपछि त्यसलाई मानेर सेनाले भर्ना रोक्नुपर्ने हो' विहीबार सरकारको तर्फबाट बहस गर्दै बैद्यले भने- 'भर्ना शान्ति सम्झौताको भावना अनुकूल छैन त्यसैले भर्ना रोकिनुपर्छ ।'

महान्यायाधिबक्ता बैद्यले भर्ना नरोकिए यसको परिणाम भयंकर हुनसक्ने चेतावनीसमेत दिएका छन् । 'यसले नेपाली सेना र जनमुक्ति सेनाबीच टकरावको स्थिति सिर्जना गर्नपनि सक्छ' उनले भने- 'किनभने नेपाली सेनाको भर्नालाई आधार बनाएर जनमुक्ति सेनालेपनि भर्ना जारी राख्न सक्छ किनभने विस्तृत शान्ति सम्झौतामा दुबै सेनाले थप भर्ना गर्न नपाउने कुरा उल्लेख छ एउटा सेनाले भर्ति जारी राखेपछि अर्का सेनालाई भर्ति रोक भन्न मिल्दैन ।' सर्वाेच्चका न्यायाधिसद्धय बलराम केसी र अवधेश यादवबीच राय बाझिएपछि यो मुद्धा सर्वाच्चको पूर्ण इजलासमा पुगेको थियो ।

महान्यायाधिबक्ता बैद्यले भनेजस्तै जनमुक्ति सेनाको सातौं डिभिजन कैलाली तालाबन्दले भर्ना जारी राखेको छ जबकि जनमुक्ति सेनाका प्रमुख कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' ले सेना समायोजन सम्बन्धी विशेष समिति र सर्वाेच्च अदालतको आदेशको पालना गर्दै यसैहप्ता भर्ना स्थगन गरिएको जनाएका थिए । तर नेपाली सेनाले रक्षा मन्त्रालय र सर्वाेच्चको आदेशलाई पालना नगरेकाले आफूले पनि पालना गर्नु जरुरी नरहेको बताउँदै ७ नं डिभिजनलेपनि भर्ना जारी राखेको हो । सो डिभिजनका १ हजार ९ सय रिक्त दरवन्दीमा भर्ना जारी राखिएको डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही 'प्रज्वल्ल' ले बताएका छन् ।

जानकारी अनुसार सो डिभिजनमा कम्पनी सहायक कमाण्डर ५, प्लाटुन कमाण्डर ११, प्लाटुन सहायक कमाण्डर १३, सेक्सन कमाण्डर ३१, सेक्सन सहकमाण्डर ४५, फ्रन्ट ग्रुप लिडर एफजीएल ४५ र जवान १ हजार ७ सय ५५ जनाको दरबन्दी रिक्त छ । 'नेपाली सेनाले भर्ना नरोकेसम्म हामीपनि रोक्दैनौं' माओवादीको केन्द्रीय सदस्यसमेत रहेका डिभिजन कमाण्डर प्रज्वल्लले यूएस नेपाल अनलाइनलाई भने- 'शान्ति सम्झौताको पालना हामीलेमात्र गर्नुपर्छ भन्ने छैन गर्ने हो भने दुबै सेनाले गर्नुपर्छ अर्कोले गर्दैन भने हामीपनि गर्दैनौं ।'
  जनमुक्ति सेनाका अन्य ६ डिभिजनहरुले भने भर्ना कार्य स्थगन गरिसकेका छन् । ७ नं डिभिजन कमाण्डरले भने हेडक्वार्टरको आदेशलाई नमानी भर्ना रोक्न अस्वीकार गर्नुको कारण भने बुझिएको छैन । उनले भर्ना सुरु गर्ने निर्णय जनमुक्ति सेनाको जनरल स्टाफ बैठकले गरेको बताउँदै रोक्ने निर्देशनपनि बैठकबाटै गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्- 'रोक्ने निर्णय गर्नकालागि जनरल स्टाफकै बैठक बस्नुपर्छ तर अहिले बैठक नै नबसी रोक्न आदेश दिइएको छ त्यसैले हामीले भर्ना कार्य नरोक्ने निर्णय गरेका हौं ।' सो डिभिजनमा ३ हजार भन्दा बढिले भर्तिकालागि निवेदन दिएको बताइएको छ ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®