|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सेनामा बढुवाका लागि प्रकृया सुरु काठमाण्डौं, 21 Mar, 09- चार वर्षे पदावधि पुरा गरेका नेपाली सेनाका आठ सहायक रथीहरुको पदावधि नथपी अवकास पत्र दिएलगत्तै रक्षामन्त्रालयले उनीहरुको अवकासबाट रिक्त हुने स्थानहरुमा बढुवाकालागि जङ्गी अड्डाबाट फाइल माग गरेको छ । उपसेनानी (लेफ्टीनेन्ट) देखि महासेनानी (फुल कर्णेल) सम्मका सैनिक अधिकृतहरुको बढुवाकालागि रक्षा मन्त्रालयले जङ्गी अड्डासँग यसरी नाम माग गरेको हो । आठ सहायक रथीले अवकास पाएपछि खालि दरबन्दीमा पदपूर्ति गर्दै जाँदा सो पद भन्दा तलका दरबन्दीहरुमा पनि स्वत पद रिक्त हुँदै जान्छ । अब ८ जना सहायक रथी पदमा आठैजना महासेनानी बढुवा हुनेछन् भने आठ महासेनानी सहायक रथीमा बढुवा भएपछि आठै जना प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) महासेनानीमा बढुवा हुनेछन् । त्यसपछि रिक्त हुने आठ प्रमुख सेनानीमा आठ जना सेनानी मेजर पुग्नेछन् । त्यसपछि आठ जना सेनानीको स्थान आठजना सहसेनानी (क्याप्टेन) ले लिनेछन् । त्यसपछि पालो आउनेछ आठ जना उपसेनानीको । यसरी खालि रहेको आठ स्थानमा पदपूर्ति हुँदै जानेछ । यसरी ८ जना सहायक रथीको अवकासपछि ५६ जना सैनिक अधिकृतहरुले बढुवा पाउने भएका छन् । जङ्गी अड्डाको सिफारिस अनुसार रक्षा मन्त्रालयले ती खालि दरबन्दीमा बढुवा गर्नेछ । विहीबार ८ जना सहायक रथीलाई अवकास दिइएलगत्तै रक्षा मन्त्रालयले दिएको यो निर्देशनले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई अप्ठेरोमा पारेको छ । यसअघिसम्म सेनाभित्र उनको एकछत्र पकड रहेको अनुमान गरिएको थियो । तर उनी निकटका ८ जना सहायकरथीहरुलाई अवकास दिइएपछि उनी कमजोर बनेका छन् । उनी निकटका ८ जना सहायकरथीलाई अवकास दिएर उपसेनानीदेखि महासेनानीसम्मका ५६ जना अधिकृतले बढुवा पाउने भएपछि सेनाभित्र सरकारको पकडको सुरुवात हुने विश्लेषण गरिएको छ । श्रोतका अनुसार रक्षा मन्त्री रामबहादुर थापा 'बादल' ले हवल्दारदेखि प्रधानसेनापतिसम्मका सैनिकहरुको जन्ममिति, भर्नामिति लगायतको विवरणपनि माग गरेका छन् । नेपाली सेनासम्बन्धी सम्पूर्ण विवरण माग गरेर रक्षा मन्त्रालयले सेनाको सरुवा-बढुवा र म्याद थपमा हुने गरेका अनियमितताको अध्ययन गर्न खोजेको श्रोतको भनाई छ । 'सेना सरकार, रक्षा मन्त्रालयको मातहतमा हुने भएपनि सेनासम्बन्धी ज्ञान र डरकाकारण अहिलेसम्म सेनाको मातहतमा रक्षा मन्त्रालय हो कि भन्ने परेको थियो' रक्षामन्त्री बादल निकटस्थ एक श्रोतले भन्यो- 'अब साँच्चिकै सेनालाई सरकारको मातहतमा ल्याउने प्रकृया सुरु हुन्छ त्यसबाटमात्र सेनाको लोकतान्त्रिकरण सम्भब हुनेछ ।' -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||