Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी जनसेनालाई समायोजन गरिए मुलुक बिखण्डन हुने चेतावनी

काठमाण्डौं, October 20, 2008- नेपाली कांग्रेसका नेताहरुले माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गरे बिद्रोह हुने चेतावनी दिइरहेका बेला मधेशी जनअधिकार फोरमका बरिष्ठ नेता बिजयकुमार गच्छेदारले माओवादी जन सेनालाई समायोजन गरिए मुलुक बिखण्डन हुने चेतावनी दिएका छन् ।

सेना समायोजनको चर्को शब्दमा विरोध गरेका गच्छेदार माओवादी नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्रीपनि हुन् । उनले आफ्नै दलले सरकारसँग गरेको सम्झौतामा उल्लेखित सेनामा मधेशीहरुको समूहगत प्रवेशको व्यवस्थाप्रतिपनि असहमति जनाएका छन् ।

'माओवादी जन सेनालाई नेपाली सेनामा समायोजन गरे राष्ट्र टुक्रन्छ' मधेशी जनअधिकार फोरम संसदीय दलका नेतासमेत रहेका गच्छेदारले भने- 'मुलुक टुक्रने खतरनाक काम कुनै हालतमा हुन दिदैनौं ।' जनसेनालाई सेनामा समायोजन गरे मधेशमा लाखौं सेना जन्मने बताउँदै उनले जनसेनालाई सेनामा प्रवेश गराउन छुट्टै मापदण्ड बनाउनुपर्छ भन्ने रक्षामन्त्री बादलको अभिव्यक्तिको समेत आलोचना गरे । उनले भने- 'रक्षा मन्त्री परिवर्तन भइरहन्छन् राष्ट्रिय सेनाको मापदण्ड परिवर्तन हुदैन तर सेनामा प्रवेशका लागि जुन मापदण्ड छ सोहीबमोजिम हुनुपर्छ ।'

मन्त्री बदलिएको भरमा मापदण्ड बदल्न खोजे कडा रुपमा प्रस्तुत हुने बताउँदै गच्छेदारले सेना समायोजन गरिए मधेशीहरुलाई समूहगत रुपमा सेनामा प्रवेश गराइनुपर्ने माग ब्युँतने बताए । गत फागुन ८ गते मधेशवादी पार्टी र सरकारबीच यस विषयमा सम्झौता भएको थियो । गच्छेदारले माओवादी सेना समायोजन नगरिएमा मधेशवादी दलहरुले सम्झौताको यो बुँदालाई ती दलहरुले छाड्ने संकेतसमेत गरे । उनले यो पनि भन्न चुकेनन्- 'समायोजन शब्द राखेर नेताहरु चुनेका छन् सेना समायोजन भन्ने शब्दलाई त्यो सम्झौताबाट हटाउनु पर्छ ।'

-Sitaram Baral in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®