|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सेना समायोजनकालागि प्राविधिक समिति गठन दलहरुले नाम शिफारिस
गरे काठमाण्डौं, 26 Mar, 09- शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण मानिएको सेना समायोजनकालागि गठन गरिएको विशेष समिति अन्तर्गतको सबैभन्दा महत्वपूर्ण अंग प्राविधिक समितिले बल्ल पूर्णता पाउने भएको छ । सत्तामा रहेका चारवटै दलहरुले सो समितिकालागि आ-आफ्नो पार्टीका तर्फबाट नामहरु प्रस्ताव गरेका छन्। प्राविधिक समितिले नयाँ गठन हुने राष्ट्रिय सेना र त्यसमा सामेल हुने दर्तावाल माओवादी लडाकूको योग्यता निर्धारण गर्नेछ । प्राविधिक समितिले निर्धारण गरेको योग्यतामा फिट हुने माओवादी लडाकूहरु नयाँ राष्ट्रिय सेनाकालागि योग्य हुने भएकाले प्राविधिक समितिलाई सबैभन्दा बढि महत्व दिइएको छ । अब बन्ने प्राविधिक समितिमा एमाले र नेपाली कांग्रेसले सेनाका पूर्व जनरलहरुको नामसमेत प्रस्तावित गरेका छन् । एमालेले संविधान सभा सदस्यसमेत रहेका नेपाली सेनाका पूर्व सहायकरथी गोपालिसंह बोहोरा र सैन्य मामिलामा विद्याबारिधी गरिरहेका दीपकप्रकाश भट्टको नाम प्रस्तावित गरेको छ । नेपाली कांग्रेसले चािहं नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा र विदेश विभाग सदस्य शम्भुराम िसंखडाको नाम प्रस्ताव गरेको छ । रथी शर्मा संयुक्त राष्ट्रसंघको लाइबेरियामा रहेको फोस्रका कमाण्डर रहिसकेका व्यक्ति हुन् । दूई बर्ष अघि प्रधानसेनापति बनाउन उनलाई फिर्ता बोलाइएपनि पछि रुक्माङ्गद कटवाललाई नै प्रधान सेनापति बनाइएको थियो । माओवादीले भने पार्टीका सचिवालय सदस्य र जनमुक्ति सेनाका डेपुटी कमाण्डर रहिसकेका बर्षमान पुन 'अनन्त' लाई पठाएको छ । उनी ललितपुर- १ का सभासद्समेत हुन् । अर्का सदस्यको रुपमा माओवादीले नेपाली सेनाको सैनिक प्रतिष्ठान खरिपाटीमा प्राध्यापकसमेत रहेका संविधान सभा सदस्य डा. इन्द्रजीत राईलाई पठाएको छ । संविधान सभामा चौंथो ठूलो दल मधेश जनअधिकार फोरमले रामानन्द मिश्र र सदानन्द कुर्मीको नाम प्रस्ताव गरेको छ । स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी चार महिना भित्र सेना समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाउने कुरा बताइसकेका छन् । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||