|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'हामी सबै एउटै जहाजमा छौं, दुर्घटना भए आफै
डुब्नेछौं ।'-गगन थापा काठमाण्डौं, November 9, 2008- सेना समायोजन तथा यसकालागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्र सम्बन्धी विवाद उत्कर्षमा पगेको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले सेना समायोजनको विशेष समितिमा समान सहभागिता हुनुपर्ने बताएका छन् भने माओवादी केन्द्रीय सचिवालय सदस्य पोष्टबहादुर बोगटीले सेना समायोजनको विशेष समितिलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको उच्च नेतृत्वसंग छलफल गर्ने र त्यसपछि यो विवादको अन्त्य हुने बताएका छन् । एमाले नेता अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई समान सहभागिताको विषयमा आफूहरुले प्रस्ताव राख्दा सकारात्मक जवाफ पाएको खुलासापनि बताएका छन् । 'सेना समायोजनको विशेष समितिमा समान सहभागिता रहनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छौं' अधिकारीले भने 'प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएका छौं ।' समिति सहमतिमै बन्नुपर्ने उल्लेख गर्दै नेपाली कांग्रेसले उठाएको समान सहभागिताको सवाललाई एमाले अधिकारीले जायज ठहरायाएका छन् । समितिमा प्रमुख चार दलको दुई दुई जना प्रतिनिधि राखेर आठ जना राख्नुपर्नेमा जोड दिएका एमाले नेता अधिकारीले नेपाली कांग्रेसविनाको सेना समायोजन समितिको कल्पनासम्म नगरेको बताए । शान्ति प्रकृयामा कांग्रेसलाई पनि सहभागी गराएर जानुपर्नेमा प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्रीले नेपाली कांग्रेसको उच्च नेतृत्वसंग छिटोभन्दा छिटो छलफल गर्ने जानकारी दिएको बताउदै चार दल प्रमुख भन्ने संवैधानिक आधार के भन्ने प्रश्नमा उनले भने 'सर्वोच्च अदालतले त्यसको टुंगो लगाओस् हामीले संविधानसभामा ८० प्रतिशत स्थान ओगटेकाले चार दललाई प्रमुख भनेका हौं ।' नेकपा माओवादीका सचिवालय सदस्य पोष्टबहादुर बोगटी 'दिवाकर' ले सेना समायोजनको विशेष समितिलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको उच्च नेतृत्वसंग छलफल गर्ने खुलासा गर्दै माओवादीपनि समितिमा समान सहभागिताको विपक्षमा नरहेको जनाउ दिए । उनले भने 'समितिलाई पूर्णता दिने हुने छलफलले यस सम्बन्धी टुंगो लगाउने बोगटीको कथन छ । प्रमुख दलहरुको सहभागिता रहने विशेष समिति भनिएपनि संविधानमा प्रमुख दलको व्याख्या नभएकाले त्यसबारे पनि प्रकृया थालिने बताए । उनले सहमतिबाटै अगाडि बढ्नुपर्नेमा जोड दिदै कांग्रेसले सहमतिको राजनीतिलाई तोडेको आरोप लगाए । मधेशी जनअधिकार फोरमका नेता शरदिसंह भण्डारीलेपनि सेना समायोजनको विशेष समितिमा समान सहभागितामा जोड िदंदै सहमतिबाट अगाडि बढ्ने भनिएबमोजिम समान सहभागिताबाट शान्ति प्रकृया अगाडि बढाउनुपर्ने बताएका छन् । चार दलले मात्र शान्ति प्रकृयामा आफ्नो सहभागिता देखाएर तार्किक निष्कर्षमा पुग्न कठिन हुने तर्क गर्दै फोरम नेता भण्डारीले समितिमा चार दलमात्र सहभागी हुने र एउटा दलको बढी प्रतिनिधि रहनु जायज नहुने तर्कपनि गरेका छन् । सबैको सहभागिता र सहयोगबाट मात्र शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्न सक्ने उनको भनाई छ । |
|
|
सेना समायोजन गर्दा राजनीतिक चरित्र बोकेको सेनालाई नेपाली सेनामा समायोजन गर्न नहुने बताउंदै माओवादी छापामारलाई सेनामा समायोजन गर्न खोजे कडा कदम चाल्ने चेतावनीपनि दिएका छन् । संयुक्त मधेशी मोर्चासंग विगतमा भएको २२ बुंदे समझदारी कार्यान्वयन नगरिए सरकारबाट हट्ने चेतावनी दिएका उनले आफूहरु समझदारी कार्यान्वयनका लागिनै सरकारमा गएको बताए । उनले भने 'हामी अन्तिम समयसम्म समझदारी कार्यान्वयको पहल गर्छौं । हैन भने छिट्टै सरकारबाट बाहिरिनेछौं ।' उनले छिटोभन्दा छिटो गर्न भनेको नगरे तत्काल सरकार छाड्नेपनि बताए । नेपाली कांग्रेसका युवा नेता गगन थापाले दलहरुबीच विश्वासको संकट भएकाले शान्ति प्रकृयामा जटिलता बढेको तर्क गरे । सेना समायोजन सम्बन्ध मूल सवाल नभएको बताउदै उनले थापाले भने 'समितिमा सहभागिता र कसले नेतृत्व गर्ने मूल सवाल हैन मूल सवाल भनेको विश्वास हो ।' विश्वासको वातावरण बनाउन माओवादी जिम्मेवार नदेखिएको उनको आरोप थियो । सरकारको नेतृत्वकर्ताको हैसियतले माओवादीले जिम्मेवारीपूर्वक सबैलाई सहमतिमा ल्याउन सक्नुपर्ने बताएका उनले शान्ति प्रकृया र विगतको सम्झौताबाट कोही भाग्न नमिल्नेमा उनको जोड थियो । उनले भने 'हामी सबै एउटै जहाजमा छौं, दुर्घटना भए आफै डुब्नेछौं ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||