Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सेना माथिको राजिनितिक पकडको होड चर्कदो

काठमाण्डौं, 18 Mar, 09- नेपाली सेनामाथिको पकड कसले कायम गर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीचको द्धन्द अरु चर्किएको छ । आठ जना सहायक रथी -ब्रिगेडियर जनरलहरुको म्याद थप गर्ने विषयलाई दुबै पक्षले सेनामाथि पकड कायम राख्ने विषय बनाएका छन् ।

प्रधानसेनापति रुक्माङ्गद कटवाल निकटका आठ जना जनरलहरुको म्याद थप नगरेर सत्तारुढ माओवादीले सेनामाथि आफ्नो पकड कायम राख्ने योजना बनाएको छ भने उनीहरुको म्याद थप गराउन सके सेनामाथिको आफ्नो पकड कायमै रहने निष्कर्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ एमालेले निकालेका छन् । सोमबार चार बर्षे पदावधि सकिएका आठ जना सहायक रथीहरुको म्याद थप गराउन नेपाली कांग्रेस र एमालेले माओवादीलाई दबाब दिन थालेका छन् ।

रक्षामन्त्री रामबहादुर थापा बादलसँग सैन्य भर्ना सम्बन्धमा पौंठेजोरी खेल्दै आएका प्रधानसेनापति कटवालका दाहिने हात मानिने आठ जना सहायक रथीहरुको म्याद थप नगर्ने निर्णय रआ मन्त्री बादलले गरेका थिए । म्याद थप नगरिएकाहरुमा पबनबहादुर पाँडे, प्रदीपबिक्रम राणा, नरेन्द्र रावल, राजुप्रताप केसी, कुमार बुढाथोकी, शिब पौडेल, रमेश बिष्ठ र नरबहादुर कँडेल छन् । यी मध्ये उपत्यकाका कामु पृतनापति रहेका राजुप्रताप केसी प्रधानसेनापति कटवालका साला हुन् भने अन्य सबै उनी निकटका हुन् । माओवादी नेतृत्वको सरकारसँग टक्कर लिन यिनै जनरलहरुले प्रधानसेनापतिलाई उक्साउने गरेको ठहर माओवादीले गर्दै आएको थियो । उनीहरुको म्याद थप नगरिएमा कटवाल आफै कमजोर हुने विश्लेषण माओवादीको थियो ।

सैनिक ऐन- २०६३ मा सहायकरथीहरुको पदावधि ४ बर्षको हुने र उनीहरुको थप सेवाको आवस्यकता देखिएमा तथा जङ्गी अड्डाले म्याद थपकालागि सिफारिस गरी पठाएमा रक्षा मन्त्रालयले ३ बर्ष पदावधि थपिदिन सक्ने प्राबधान छ । तर जङ्गी अड्डाले म्याद थपकालागि सिफारिस गरी पठाएमा रक्षा मन्त्रालयले म्याद थप्नैपर्ने बाध्यकारी अवस्था सैनिक ऐनमा छैन । सैनिक ऐनमा भएको यही स्थितिको फाइदा उठाउँदै रक्षामन्त्री बादलले आठ जना सैनिक अधिकारीहरुको म्याद थप नगरेका हुन् । सैन्य भर्ना प्रकरणमा सेनाले रक्षा मन्त्रालयको आदेश नमानेपछि क्रुद्ध रक्षामन्त्रीले कटवाल निकटका सहायकरथीहरुको म्याद थप नगरिदिएको अनुमान गरिएको छ ।

फागुनको दोश्रो हप्ता जङ्गी अड्डाबाट ती अधिकृतहरुको म्याद थप गराउन पठाइएको फाइलका सम्बन्धमा सोमबारसम्मपनि रक्षामन्त्रीले कुनै कार्वाही अघि नबढाएपछि अप्ठेरोमा परेका कटवालले नेपाली कांग्रेसदेखि एमालेसम्मका राजनीतिक पार्टीका नेताहरुलाई माओवादीलाई दबाब दिनकालागि गुहारिसकेका छन् । नेपाली सेनाको परमाधिपति रहेका राष्ट्रपति डा. रामबरण यादवलाईपनि उनले उनीहरुको म्याद थप गराउनकालागि दबाब दिन भनिसकेका छन् । तर राष्ट्रपतिले समेत आफूले केही गर्न नसक्ने जवाफ दिएको र यस सम्बन्धमा प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्न कटवाललाई सुझाव दिएको बताइएको छ । सोमबारै कटवालले प्रधानमन्त्रीसँग यस सम्बन्धमा कुराकानी गरेपनि प्रधानमन्त्रीलेसमेत यो रक्षामन्त्रीको सरोकारको कुरा हो भनी उनलाई फितर्ँ पठाइदिएका थिए ।
 
सैन्य भर्ना प्रकरणमा रक्षा मन्त्रालयको आदेश नमानेपछि रक्षामन्त्री बादल र कटवालबीच बोलचालसमेत छैन । त्यसैले ती बि्रगेडियर जनरलहरुको म्याद थप गराउनकालागि कटवाल रक्षा मन्त्रीसँग कुराकानी गर्न जानसमेत मानेनन् । त्यसको साटो उनी राजनीतिक दलहरु तथा नेपालस्थित विदेशी राजदूतावासहरुमा धाइरहेका छन् । राजनीतिक दलका नेताहरुको घरमा प्रधानसेनापति र जनरलहरु दौडधुप गर्न थालेपछि एकातिर नेपाली सेनाको राजनीतिक निष्पक्षताबारे प्रश्न उठेको छ भने अर्कातिर जनरलहरुको म्याद थप गराउन विदेशी दूतावासहरुमा धाएको देखिएपछि सेनाको राष्ट्रिय चरित्रबारेपनि प्रश्न उठ्न थालेको छ । त्यसो त माओवादीलेपनि सैनिक जनरलहरुको सहज ढंगले म्याद थप नगरेर सेनालाई राजनीतिक विवादमा मुछ्न खोजेको देिखंदैछ ।

उता ती बि्रगेडियर जनरलहरुको म्याद रक्षा मन्त्रालयले थप नगरेपनि प्रधानसेनापति कटवालले जङ्गी अड्डामा हाजिर गर्न भनेपछि उनीहरु मंगलबारदेखि जङ्गी अड्डामा हाजिर गर्न थालेका छन् । यसले सरकार तथा सेनाबीच थप द्धन्द सिर्जना हुने देिखंदैछ । अवकास प्राप्त गरिसकेका पूर्व जनरलहरु चित्रबहादुर गुरुङ तथा बालानन्द शर्मा लगायतका जनरलहरुले रक्षामन्त्रालयले कटवालको रिसमा ती जनरलहरुको म्याद थप नगरिएपनि सरकारको निर्णय मान्न प्रधानसेनापति कटवाललाई सुझाव दिएका छन् । यस विवादको सम्बन्धमा मंगलबार जङ्गी अड्डामा सबै तहका जनरलहरुको बैठकसमेत बसेको थियो । बैठकमा कतिपय जनरलहरुले कटवालकै कारण सरकारसँग सेनाको द्धन्द अनाबश्यक ढंगले बढेको र सरकार-सेनाबीचको द्धन्द समाप्तीकालागि उनले पदबाट राजिनामा दिनुपर्ने मागसमेत गरेका थिए ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®