|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सेना दिवस-२०६५ को अवसरमा राष्ट्रपतिको सन्देश |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सेना दिवस २०६५ को उपलक्ष्यमा प्रधान सेनापतिको
सन्देश सेना दिवस-२०६५ को अवसरमा सम्माननीय राष्ट्रपतिको सन्देश शुभ-कामना सेना दिवस २०६५ को अवसरमा देश, जनता र राष्ट्रिय अखण्डताका निम्ति सदा समर्पित एवं राष्ट्रिय सुरक्षाको मेरुदण्डको रुपमा स्थापित नेपाली सेनाका सकल दर्जाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु। मुलुकको हितका निम्ति ऐतिहासिक कालदेखि वर्तमानसम्म जीवन उत्सर्ग गर्ने सैनिक विभूतिहरुको स्मरण गर्दै उहाँहरुप्रति श्रद्धा अर्पण गर्दछु। विगतमा स्थापित उज्वल परम्परा इमान्दारी, स्वाभिमान, अनुशासन र अविचलित देशभक्तिका कारण नेपाली सेना राष्ट्रले भरोसा गर्न लायकको संस्थाको रुपमा स्थापित भएको उल्लेख गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । नेपाली सेनाले विगतदेखि वर्तमानसम्म कुशलतापूर्वक निर्वाह गरेका राष्ट्रिय जिम्मेवारीहरु अन्तर्गत देशको प्रतिरक्षा, सार्वभौमसत्ताको जगेर्नाका साथै विकास निर्माण प्राकृतिक प्रकोपमा राहत उद्धार तथा प्राकृतिक सम्पदा र राष्ट्रिय सम्पत्तिको संरक्षणका कार्यहरु उल्लेखनीय छन् । यसैगरी अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएको योगदानले संसारमा नेपालीको शीर उच्च बनाएको छ यस कार्यको सबै नेपालीले सह्राहना गरेका छन् । मुलुकको बदलिँदो परिस्थितिमा लोकतान्त्रिक पद्धति र संस्कारको आधार मजबूत पार्नका निम्ति नेपाली सेना नागरिकसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर तुल्याउँदै अघि बढ्ने छ भन्ने कुरामा म विश्वस्त छु । सदाझैं राष्ट्रले सुम्पेका जिम्मेवारीहरु आगामी दिनमा पनि त्यही अटल निष्ठाका साथ सम्पन्न गर्ने कुरामा विश्वस्त रहँदै यो गौरवपूर्ण दिवसका अवसरमा नेपाली सेनाका सकल दर्जा सेवा निवृत्त सैनिक र उहाँहरुका परिवारको उत्तरोत्तर प्रगति तथा सुख शान्तिको निम्ति पुनः हार्दिक शुभ-कामना व्यक्त गर्दछु । धन्यवाद हामी सबै नेपालीको जयहोस् डा रामवरण यादव १२ फाल्गुण २०६५ सेना दिवस २०६५ को उपलक्ष्यमा प्रधान सेनापतिको सन्देश सेना दिवस २०६५ को उपलक्ष्यमा नेपाली सेनाका सकल दर्जाहरुलाई प्रधान सेनापतिको सन्देश १. 'महाशिवरात्री र सेना दिवस २०६५' को सुखद उपलक्ष्यमा स्वदेशमा र विदेशका विभिन्न स्थानहरुमा कार्यरत नेपाली सेनाका बहालवाला सकल दर्जाहरु नेपाली सेनाका सबै भूतपूर्व सकल दर्जाहरु एवं नेपाली सेनासँग सम्बद्ध सबै निजामति कर्मचारीहरु र सबैका परिवार समेतको सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । |
|
|
२. यसै अवसरमा विगतमा कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका सकल दर्जाको आत्माको चीर शान्तिको कामना सहित घाइते एवं अङ्गभङ्ग भई उपचारको क्रममा रहनु भएका सकल दर्जाको शिघ्र स्वास्थ्य लाभ एवं पुनस्र्थापनाको कामना गर्दछु । ३. नेपालको स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता एवं राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाले निर्वाह गर्दै आएको छ । नेपाली सेनाले नेपाल राष्ट्रको एकीकरणकाल देखि नै इतिहासको हरेक कालखण्डमा सरकारको कानून सम्मत आदेश निर्देशन बमोजिम नेपालको सिमाना एवं स्वतन्त्रताको रक्षार्थ आफू भन्दा धेरै बलिया विदेशी मुलुकहरुसँगको युद्धदेखि लिएर नेपाल भित्र र विश्वका कुनाकाप्चामा समेत शान्ति बहाली गर्नका लागि विभिन्न किसिमका द्वन्द्वमा समेत उदाहरणीय कार्य गरी नेपाली जनता र विश्व सामु आफ्नो निष्पक्ष क्षमता र विश्वसनीयता स्थापित गरेको छ । नेपालमा राजनैतिक परिवर्तन एवं राज्य पुनसंरचना कार्य जनभावना अनुरुप सहज ढंगले सम्भव होस् भन्ने उद्देश्य अनुरुप नेपाली सेनाले विगतमा देखाएको संयमता धैर्यता र नैतिक साहस तथा वर्तमान संक्रमणकालमा गरिरहेको रचनात्मक सहयोगको स्पष्ट चित्र भविष्यमा जनताको कसीमा खरो रुपमा उजागर हुने कुरा निर्विवाद छ । ४. नेपाली सेनाको तर्फबाट आज सेना दिवसको दिनमा प्रजातान्त्रिक पद्धति नागरिक सर्वोच्चता मानव अधिकार कानूनी राज्यको अवधारणा सामाजिक सहिष्णुता साँस्कृतिक विविधता महिला जनजाति भाषाभाषी तथा पिछडिएका वर्गहरुको समावेशीकरण एवं सुशासन प्रति हाम्रो अटुट प्रतिबद्धता रहेको पुनः अभिव्यक्त गर्न चाहन्छु । ५. यसै क्रममा सेना-नागरिक सम्बन्ध सुधार एवं सुदृढ गर्नका लागि प्रजातान्त्रिक नियन्त्रणको सिद्धान्त अनुरुपका प्रकृयाहरु स्थापित गर्दै लगिनेछ । यसको अतिरिक्त नेपाली सेनाका कार्यहरुमा पारदर्शीता जवाफदेहिता र उत्तरदायीपनलाई अझ सुदृढ गर्दै लगिने छ । ६. जवानहरुलाई केन्द्रमा राखी यो वर्षलाई 'जवान वर्ष' को रुपमा घोषणा गरिएको विदितै छ । यो कार्यक्रमबाट सकलदर्जाको पेशागत दक्षता बन्दोबस्ती तथा कल्याणकारी कार्यमा केही हदसम्म सुधार गरी मनोबल अभिवृद्धि गर्ने कार्यमा मद्दत पुर्याउने छ भन्ने विश्वास लिएको छु । ७. नेपाली सेनाका बहालवाला तथा भू.पू. सैनिकका छोराछोरीहरुले स्थान विशेषमै स्तरीय शिक्षा हासिल गरुन् भन्ने लक्ष्य अनुरुप निकट भविष्यमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा पनि विद्यालयको स्थापना गर्ने कार्यलाई अघि बढाइएको छ । त्यसैगरी बहालवाला तथा भू.पू. सैनिकहरुको सुविधाको लागि विभिन्न स्थानहरुमा अस्थायी आवास निर्माण गर्ने कार्य शुरु गरिएको र यो सुविधा बढाउदै लैजाने योजना राखिएको छ । ८. नेपालबाट विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रहरुमा भाग लिइरहेका शान्ति सैनिकहरुको प्रशंसनीय कार्यबाट नेपालको प्रतिष्ठामा वृद्धि भएको छ । हाम्रो सहभागितालाई विस्तार गर्दै लैजानको लागि जम्मा ५००० पाँच हजार सैनिक पठाउन सकिने गरी नेपाल सरकारबाट प्रतिवद्धता व्यक्त गरिए अनुरुप केही द्वन्द्वरत मुलुकहरुमा राष्ट्र संघको विशेष अनुरोधमा थप शान्ति सैनिकहरु पठाउन आवश्यक गृहकार्य शुरु भएको छ। ९. नेपाली सेनाले लामो समयदेखि खेलकुद प्रतियोगिताको माध्यबाट सकल दर्जामा एकता र भ्कउचष्त मभ ऋचयउक को भावनासमेत अभिवृद्धि गर्ने परम्परालाई कायम राख्न पृतनाहरु बीच प्रतिस्पर्धा गराउने गरी 'प्रधान सेनापति ट्रफी' को थालनी गरिएको सर्वविदितै छ । यसबाट राष्ट्रिय खेलकुदमा समेत प्रत्यक्ष योगदान मिल्नेछ भन्ने मैंले विश्वास लिएको छु । १०. आज हामी नेपालीहरु शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण अवस्थामा भएकोले नेपालको राष्ट्रिय एकता भौगोलिक अखण्डता र सार्वभौमिकतालाई केन्द्रविन्दुमा राखेर नेपाली जनताले प्रजातान्त्रिक पद्धति अनुसार गरेको निर्णयलाई सदैव सहर्ष स्वीकार गर्न सक्नु नै राष्ट्रिय सेनाको मूल कर्तव्य हो । ११. नेपाली सेनाको राष्ट्रिय चरित्र अन्य प्रजातान्त्रिक मुलुकका सेना सरह दलगत राजनीतिबाट अलग रहनु पर्ने कुरा नेपाली सेनाका सकल दर्जाले छर्लङ्ग बुझेका छन् भन्ने विश्वास गर्दछु । अन्त्यमा राष्ट्र गौरव नेपाली सेना नेपाल सरकारको निर्देशन अनुसार राष्ट्रिय सेनाको रुपमा सदा झै नेपाल र नेपालीको अस्तित्व र स्वाभिमानको जगेर्ना गर्ने कार्यमा तत्पर रहनेछ भन्ने प्रतिवद्धता दोहोर्याउँदछु । धन्यवाद । रुकमाङ्गद कटवाल महारथी प्रधान सेनापित जंगी अड्डा मिति २०६५/११/१२ गते । 23 February 2009 -Santa Bagam in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||