Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

सेनाले 'कू' गर्छ भन्नु जनआन्दोलनको भावना र शहीदको रगतको मूल्य नबुझेकाहरुको लाछी कुरा


कार्यक्रममा बोल्दै जनमोर्चा अध्यक्ष अमिक शेरचन । पछाडि एमाले नेता भरतमोहन अधिकारी दायाँ र नागरिक समाजका निलाम्बर आचार्य Nilamber Acharya, Bharatmohan Adhikari and Amik Sherchan. Photo: Sitaram

काठमाडौं, May  21, 2008-नागरिक समाजका अगुवा एबं २०४७ को आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्री निलाम्बर आचार्यले माओवादीले गणतन्त्र कार्यान्वयनका लागि राजासंग भेट्न लागेकोमा आश्चर्य प्रकट गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने- 'गणतन्त्र कार्यान्वयनकालागि माओवादीले जनताबाट म्याण्डेट पाइसकेपछि गणतन्त्र कार्यान्वयनका लागि राजासंग किन भेट्नुपरेको हो यस्तो कामले राजाको महत्व बढाउँछ कि बढाउन्न ?' जेठ १५ मै गणतन्त्र कार्यान्वयन हुनुपर्नेमा जोड दिएका आचार्यले मुलुक गणतन्त्रमा जानबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे।

सो कार्यक्रममा बोल्दै जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले सरकार गठनकालागि पदीय भागबण्डाभन्दा गणतन्त्र घोषणा महत्वपूर्ण विषय रहेको बताए 'अरु कुरा सहमति बमोजिम ऐन नियम बनाएर गर्दै गरौंला जेठ १५ आउनै लाग्यो त्यसैले राजनीतिक दलहरु गणतन्त्रको घोषणा गरी त्यसलाई संस्थागत गर्नतिर लाग्नुपर्छ' उनले भने- 'सबैभन्दा पहिले गणतन्त्रको घोषणा गरौं' उनले भने- 'त्यसपछि को राष्ट्रपति, को प्रधानमन्त्री भन्ने कुराको बारेमा छलफल गरेर टुङ्ग्याउँला । अहिले नै राष्ट्रपति र प्रधानमन्त्रीबारे बहस गर्न थालियो भने गणतन्त्रको मुद्दा ओझेलमा पर्छ ।'

केही राजनीतिक दलले 'गणतन्त्र घोषणा गरे राजा र सेनाले कू गर्छ' भन्ने कुरा गर्न थालेको खुलाशा गर्दै शेरचनले जनआन्दोलनको भावना र शहीदको रगतको मूल्य नबुझेकाहरुले यस्तो लाछी कुरा गरेको बताए । 'बरु गणतन्त्रको घोषणा नगर्ने हो भने राजाले खेल्ने मौका पाउनेछन्' उनले दाबी गरे- 'गणतन्त्र घोषणा गर्दा कू हुने होइन बरु नगर्दा करोडौं जनता सडकमा आउनेछन् । र जनताले गणतन्त्र कार्यान्वयन गरेर ती नेता र दलहरुलाई देखाइदिनेछन् ।'

एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गर्ने दिन सबै दलका प्रमुख, सेना-प्रहरीका उच्च अधिकृतका अलावा विदेशी राजदूत समेतलाई निम्तो गरिनुपर्ने बताए । उनको भनाई थियो- 'यसो गरियो भने विदेशीहरुलेसमेत गणतन्त्रको स्वागत गर्नेछन् । गणतन्त्रमा उनीहरुको पनि समर्थन छ भन्ने देखिनेछ ।' गणतन्त्र कार्यान्वयनमा कुनै कठिनाई नभएका बताएका एमाले नेता अधिकारीले संयुक्त सरकार गठनकालागि छलफल अघि बढिरहेको बताए । 'संविधान सभामा ठूलो दल हुनुको नाताले माओवादीलाई सरकारको नेतृत्व गर्ने अधिकार छ' उनले भने- 'तर उसले सहमतिको वातावरण बनाउनुपर्छ । र सैन्यवादी सोच त्याग्नुपर्छ ।'

साक्षात्कार कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एबं सभासद् जनार्दन शर्मा 'प्रभाकर' पनि उपस्थित थिए । सरकार गठनका लागि माओवादीले औपचारिक प्रस्ताव ल्याउन लागेको खुलासा गर्दै माओवादी नेता 'प्रभाकर' ले नेकपा माओवादी एक्लै सरकार गठनको पक्षमा नरहेको बताए । 'जनताले सबै दललाई मिलेर जाने म्याण्डेट दिएका छन्' उनले भने- 'यसैकालागि संयुक्त सरकार र जिम्मेवारी बाँडफांडको प्रस्ताव ल्याउँदैछौं ।'

-Vivek Baral in Kathmandu














तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®