|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सभासदहरुको लठुवापनको फाईदा प्रधानसेनापति कटवालले यसरी उठाए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौ, 13 Feb, 09-
नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद कटवालले नेपाली जनताका
प्रतिनिधिहरुले सोधेका प्रश्नको जवाफ दिन अस्विकार गरेका छन् । संविधान सभा अन्तर्गत रहेको राष्ट्रिय हित संरक्षण समितिको फागुन २ गतेको वैठकमा कटवालले सेनामा नयाँ भर्ती विवादबारे आफू जवाफ दिन बाध्य नभएको बताए । उनले सेना भर्ती विवाद रक्षा मन्त्रालय र सेनावीचको भएकाले आन्तरिक रुपमा छलफल गर्न सकिने तर सार्वजनिक स्थलमा बोल्न आफू बाध्य नभएको जिकिर गरेका हुन् । कटवालले भने 'म यहाँ भर्ती विवादको जवाफ दिन आएको होइन । नेपाली सेनाले न कहिल्यै पत्रकार सम्मेलन गरेको थियो न भविष्यमा गर्छ नै ।' प्रधानसेनापति कटवालले पत्रकार सम्मेलन ठाने पनि त्यो वास्तवमा नेपाली जनताले चुनेर पठाएका संविधान सभा सदस्यहरु मात्र रहन सक्ने समितिको वैठक थियो । सरकारको नेतृत्व गरीरहेको एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य अमिक शेरचन नै समितिका सभापति थिए । उनलाई नयाँ भर्ती विवादबारे जवाफ दिनकै लागि वैठकमा डाकिएको थियो । रक्षामन्त्री रामबहादुर थापा 'बादल' समेत सो समितिले बोलाउँदा उपस्थित भएका थिए। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई समेत आवश्यक कुरा बुझ्न बोलाउने हैसियत राख्ने समितिको वैठकमा प्रधानसेनापति यसरी प्रस्तुत हुनुको रहस्य थाहा पाउन भने भविष्यलाई पर्खनुको विकल्प छैन । सिंहदरबारस्थित संविधान सभा सचिवालयमा रहेको समितिको सभा कक्षमा बसेको वैठकमा जवाफको लागि बोलाइएको भएपनि उनले सुझावको पोको बोकेर आएका रहेछन् । समितिलाई बुझाएका लिखित सुझावहरु थिए 'राष्ट्रिय हित सम्बन्धी मूलनीति' र 'सुरक्षा नीति सम्बन्धी सुझाव' । जवाफ दिन आएका प्रधानसेनापति कटवालले बास्तवमा त्यहाँ उपस्थित सभासदहरुलाई निर्देशन दिएर गएको भान हुन्थ्यो । उनले भने 'नेपाली सेनालाई विवादमा मुछ्ने हो भने राष्ट्र र सेनाको हित हुँदैन । ' नेपाली सेना जननिर्वाचित सरकारको अधिनमा भने बस्ने उनको भनाई थियो । उनले त्यहाँ बोलेका अर्को वाक्यांश यस्तो थियो 'नेपाली सेनाका जवानले पनि २, ४ कुरा जानेका छन् । कानुनी परिधिमा बसेकाले नै केही बोलेका छैनन् ।' नेपाली सेना कुनै पारिवारिक र दलगत सेना नबन्ने तर राष्ट्रिय झण्डा बचाई राख्ने उनले रुपष्ट पारे । कटवालले अखण्डीत नेपालको लागि सेना नागरिक सरकारको अधिनमा रहने प्रतिबद्धता भने जनाएका थिए । दक्षिण एसियाली अनुसन्धान केन्द्रसँग आवद्ध सैनिक विज्ञ प्रा ध्रुव कुमार नागरिक सरकारको आदेश प्रधानसेनापतिले हरहालतमा पालन गर्नु पर्ने तर्क गर्छन् । युएस नेपाल अनलाइनसँगको कुराकानीमा उनले भने 'माओवादीले नेपाली सेनालाई पार्टी नियन्त्रणमा राख्न खोजेको हो भने त्यो गलत हो । राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री र बाँकी तीन जना प्रधानमन्त्रीले चाहेका मन्त्रीहरु रहन सक्ने प्रावधान तर्फ इंकित गर्दै ध्रुव कुमारले भने '०४७ सालमा राजामा रहेको अधिकार अहिले सरकारको नेतृत्व गरेको पार्टीमा हुँदा मिसयुज हुन सक्ने संभावनालाई नकार्न मिल्दैन ।' |
|
|
विचरा हाम्रा माननीय सभासदहरु सार्वजनिक स्थानमा भाषण गर्दा होस वा सन्चार माध्यममा बोल्दा रक्षामन्त्री र प्रधानसेनापतिको विवादबारे निकै चर्का कुरा गर्ने सभासदहरु सेना प्रमुखको अगाडि भने निकै निरीह देखिए । राष्ट्रिय हित संरक्षण समितिमा रहेका कुनै पनि सभासदले प्रधानसेनापतिको एउटा शब्दको पनि प्रतिवाद गर्न सकेनन् । त्यहाँ प्रस्तुत भएका कुराहरु सबै लेखेर जनप्रतिनिधिहरुको अज्ञानता, असक्षमता र मूर्खता प्रस्तुत गर्नु कडापि उचित नहोला । तर केहि उदाहरण हेर्नुहोस् । सभासदः- सेनामा समावेशीताको कुरा छ । महिला, मधेशीलाई सेनामा प्रवेश गराउने विषय छ नि? प्रधानसेनापतिः- नेपाली सेनामा प्रतिस्पर्धा गर्न सक्ने मात्र आउँछ अरुलाई चान्स छैन । तपाई समावेशीको कुरा गर्नुहुन्छ । सेनामा तराईका वा कुनै जातिका मान्छेलाई नलिने भन्ने एउटा नमुना पेश गर्न सक्नुहुन्छ? वैठकमा लामो शुन्यता । केहि बेरपछि सभासदः- शान्ति सेनामा जाँदा जवानहरुलाई एक तिहाई मात्रै तलब दिनुहुन्छ? प्रधानसेनापतिः- कसले कति पाउँछ भन्ने कुरा सैनिक कल्याणकारी ऐनमा व्यवस्था गरिएको छ । महालेखा परिक्षकले त मलाई केही भनेको छैन त । सभासदः- नेपाली सेना त कहिल्यै पनि जनताको परिवर्तन प्रतिको चाहनामा साथ दिएको छैन नि? प्रधानसेनापतिः- मनगढन्ते कुरा नगर्नुहोस् । वनको बाघले खान्छ कि खाँदैन मनको बाघलाई खान बाध्य नपार्नुहोस् । यसरी प्रश्न गर्छू भनेर प्रधानसेनापतिलाई बोलाउने सभासदहरुले उनको एउटा प्रश्नको एउटा शब्दकोसमेत जवाफ दिन सकेनन् । जबकि त्यहाँ लामो सैनिक पृष्ठभूमिका सभासदहरुसमेत थिए । -Santa Bagam in Kathmandu |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||