Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानसेनापति कटवाल फेरी अर्को गोटी चाल्दैछन्‌


जर्साप तपाईं माओवादीसँग नजिकिएकै हो ? एक रात्रिभोजमा मेजर जनरल प्रधान वायाँ र जनमुक्ति सेनाका डेपुटी कमाण्डर वर्षमान पुन 'अनन्त' Photo: Sitaram Baral

काठमाडौं,  July 10, 2008- माओवादीसँग सम्बन्ध भएको आशंकामा प्रधानसेनापति रुक्माङ्गद कटवालले नेपाली सेनाका एक उच्च सैनिक अधिकृतलाई सरुवा गरिदिएका छन् ।

सेनाको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन डिजिएमओ का प्रमुख शिवराम प्रधानलाई २४ घन्टे पुर्जी काटी मंगलबार पोखरास्थित पश्चिम पृतनाको पृतनापति बनाएर पठाइएको छ ।

माओवादीसँग त्रस्त प्रधानसेनापति कटवालले नै जनरल प्रधानलाई डिजिएमओ प्रमुख बनाएपनि केही सयमयता जनरल प्रधान माओवादीसँग नजिकिएको आशंका गर्न थालेका थिए । जनरल प्रधानले माओवादी सेना तथा नेपाली सेनाको अनुगमन गर्न बनेको राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गतको संयुक्त समन्वय समितिमा नेपाली सेनाको तर्फबाट नेतृत्व गर्दै आएका थिए ।

सो समितिमा माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डहरुपनि सदस्यको रुपमा रहेका छन् । सो समितिमा रहेका माओवादी कमाण्डरहरुसँग बैठकको क्रममा दिनहुँजसो भेटघाट हुने र नेवारी समुदायको भएकालेपनि प्रधान माओवादीसँग नजिकिएको आशंका प्रधानसेनापति कटवालले गरेका हुन् । माओवादी नेतृत्वको सरकार बन्नुअघि अकस्मात प्रधान पोखरा पठाइएको घटना रहस्यमय बनेको छ ।

प्रधानलाई हतारहतारमा पृतनापति बनाइएपछि मंगलवार हेलिकोप्टरबाट पोखरा पठाइएको थियो उनको स्थानमा पोखरास्थित पश्चिम पृतनापति मेजर जनरल गौरवशमशेर जबरालाई ल्याइएको छ । डिजिएमओले देशभरिका सैनिक अपरेशनसम्बन्धी गतिबिधि सन्‍चालन गर्ने गर्छ । राणा खान्दानका जनरल राणाको भारतसँग निकट सम्बन्ध रहेको मानिन्छ ।
  कुनै समय माओवादी सिध्याउन परिचालित नेपाली सेनाका तल्लोदेखि उपल्लो दर्जाका धेरैजसो सदस्यहरु यतिबेला माओवादीको नजिक पुगेको बताइन्छ । राजा महेन्द्रले ल्याएर दरवारमा हुर्किएका कटवाल भने उग्र माओवादी विरोधी मानिन्छन् । उनलाई रायमाझी आयोगले जनआन्दोलन दमनको दोषीको रुपमा किटानपनि गरेको छ । माओवादीले सत्ताको नेतृत्व गर्नासाथ आफूलाई हटाउने भय कटवालमा रहेको बताइन्छ।

त्यसैले कुनैपनि हालतमा सत्ता नछाड्न र छाड्नु परेको खण्डमापनि राष्ट्रपतिमा दावी गर्न कटवालले नै प्रम गिरिजाप्रसाद कोइरालालाई दबाव दिने गरेको आशंका गरिदै आएको छ । तर कटवालका सबै अस्त्रहरु एकपछि अर्को निस्तेज हुँदै गएका बेला सैनिक अपरेशन हेर्ने नेवार समुदायका प्रधानलाई हटाएर अभिजात्य राणा खान्दानका जनरल राणालाई ल्याइएको घटना सेनाभित्र निकै ठूलो चर्चाको बिषय बनेको छ ।

-Vivek Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®