Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानसेनापति कटवालले रक्षा मन्त्री थापालाई नेता मात्र मानेको खुलासा

काठमाण्डौ, 3 Feb, 09- सरकारले सैन्य भर्ना रोक्न दिएको आदेश नमानेपछि रक्षा मन्त्री रामबहादुर थापा 'बादल' ले प्रधानसेनापति रुक्माङ्गद कटवालसँग बयान लिदा कटवालले भनेको खतराजनक कुराको खुलाशा माओवादी जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन 'पासाङ्ग' ले गरेका छन् ।

स्पष्टिकरण लिने क्रममा प्रधानसेनापति कटवालले रक्षामन्त्री बादल 'रक्षामन्त्री नभई एउटा पार्टीको नेतामात्र मानेको' भन्दै रक्षामन्त्रीलाई चुनौति दिएको माओवादी सेनाका प्रमुख पासाङ्गको कथन छ । नेपाली सेना प्रमुखको यस्तो कथनले माओवादीलाई गम्भीर बनाएकोपनि पासाङ्गले बताएका छन् ।

'रक्षामन्त्री बादलले प्रधानसेनापति कटवालसँग स्पष्टिकरण िलंदा उनले रक्षामन्त्रीलाई रक्षामन्त्रीको रुपमा अस्वीकार गरी एउटा पार्टीको नेताको रुपमामात्र मानेको बताएछन्' कान्तिपुर टेलिभिजनको सरोकार कार्यक्रममा मंगलबार बोल्दै पासाङ्गले भने- 'यसले गर्दा सेना नागरिक सरकारको मातहतमा बस्न नचाहेको स्पष्ट हुन्छ ।' ०७ सालदेखि नै सेना नागरिक सरकारको मातहतमा बस्न नचाहेको बताउँदै प्रधानसेनापतिको व्यवहारबाट लोकतन्त्रमाथि सेनाबाटै खतरा रहेको माओवादी सेना प्रमुखले औंल्याएका छन् ।

शान्ति सम्झौता विपरित भएको भन्दै रक्षा मन्त्रालयले दिएको आदेश सेनाले नमानेपछि रक्षा मन्त्रीले प्रधानसेनापतिसँग स्पष्टिकरण िलंदा प्रधानसेनापति कटवालले कस्तो स्पष्टिकरण दिएका थिए भन्ने स्पष्ट जानकारी बाहिर आएको थिएन । यद्यपी रक्षामन्त्रीले त्यसबेलापनि सैन्य भर्ना रोक्न आदेश दिएको कुरा सार्वजनिक भएको थियो । यसका बाबजुद सेनाले सैन्य भर्ना प्रकृयासम्बन्धी कार्य जारी राखेको थियो । भर्ना प्रकृया अन्तर्गत प्रथम चरणको परीक्षाफल सेनाले गत विहीबार प्रकासित गरी सकेको छ ।

'रक्षामन्त्रीलाई आफूले रक्षामन्त्री नमानेको र एउटा पार्टीको नेताको रुपमामात्र मानेको' कुरा माओवादी जनमुक्ति सेनाका प्रमुखले खुलाशामात्र गरेनन् सेनाबाट हुन सक्ने कुनैपनि नाजायज कर्मको सामना गर्न जनमुक्ति सेना सक्षम रहेको चेतावनीपनि पासाङ्गले दिएका छन् । 'हामी बलिदानी भावका साथ यहाँसम्म आइपुगेका हौं, सेना समायोजन र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन के के गर्नुपर्छ त्यसकालागि फेरिपनि बलिदान दिन तैयार छौं' पासाङ्गले भनेका छन्- 'अब हाम्रो कर्तव्य सेनालाई नागरिक सरकारको मातहतमा ल्याउनु हुनुपर्छ ।'

कटवालको यस्तो भनाई आएपछि सम्बेदनशील बनेको माओवादी जनमुक्ति सेनाले आफूलेपनि खालि पदहरुमा भर्ना गर्न पाउनुपर्ने माग सरकारसँग गरेको छ । उसले आफ्नो सैन्य पंक्तिमा १२ हजार दरबन्दी खालि रहेको भन्दै सरकारसँग यस्तो माग गरेको हो । श्रोतका अनुसार आगामी फागुन १ गते मनाइने जनमुक्ति सेनाको बार्षिकोत्सबसम्मपनि सेनाले सैन्य भर्ना कार्य नरोकेमा त्यही कार्यक्रमबाट जनमुक्ति सेनापनि सैन्य भर्ना खुल्ला गरिएको घोषणा गर्ने योजनामा जनमुक्ति सेनाका कमाण्डरहरु लागेका छन् ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®